बिहिबार, मङि्सर ०६, २०८१

स्थानीय निर्वाचन : कस्तो ब्यक्तिलाई चुनेर श्रीपेज लगाईदिने ?

अनुज खत्री,
आउदै गरेको बैशाख ३० को स्थानीय निर्वाचनमा कसलाई जिताउने ?
कसलाई सम्पूर्ण जनताको अधिकारको चाबि सुम्पने ? कसलाई सर्वशक्तिमान बनाउने वा कस्तो ब्यक्तिलाई वडा अध्यक्ष पदको श्रीपेच लगाईदिने ? यी र यस्तै प्रश्नको जिज्ञासामा आधारित केहि निजी बिचार राख्ने कोसिस गरेको छु :
अघिल्लो पटकको निर्वाचनमा जनता खासै उत्साहित थिएनन् र एक किसिमको अन्यौलता जस्तै थियो कारण लामो समय पछिको स्थानीय निकायको निर्वाचन र संघीयता पछिको यसको कार्यान्वयनको पहिलो अभ्यास, अधिकांश जनमानसमा स्थानीय निकायको अधिकार र कर्तव्य राम्रो संग थाहा थिएन भने जनतामा एक किसिमको गाउँ बिकास होला भन्ने ठुलै अपेक्षा थियो। बाचा गरेका आधाउधि कुरा पनि पुरा नभएपछि जनतामा एक किसिमको नैराश्यता उत्पन्न भएको कुरा सत्य हो जस्तै लाग्छ मलाई र यो पटकको निर्वाचन नजिकिँदै गर्दा धेरैको मुखमा “जुन जोगी आए पनि कानै चिरिएको” भन्ने उखान प्रतिबिम्बित हुने खालका अभिव्यक्ति छ्यापछ्याप्ती सुन्न पाईन्छ।
गएको ५ बर्षमा देशभरिका जनप्रतिनिधिले गरेका अराजक कुकर्मको लेखाजोखा गर्ने हो भने गिनिज बुक को केहि हिस्सा यिनै कार्यले ओगट्ने कुरामा विश्वस्त हुने धेरै प्रमाणहरु हामी माझ छरपस्टै छन। यस्ता घटनाहरुको फ्रिक्वेन्सी दिनानुदिन बढ्दै जादा आम जनमानसमा राजनिति प्रति फ्रस्टेसन बढ्दै जानुलाई मैले स्वभाविक रुपमै लिन सकिन्छ तथापी राजनिति सबै नितिहरुको मुल निति हो र यसको फिल्टरेशनबाटै हरेक छेत्रमा आमुल परिवर्तन ल्याउन सकिने तथ्यलाई भने स्विकार्नु पर्दछ। स्थानीय स्तरमा अधिकांस मान्छे राम्रो र उत्कृष्ट ब्यत्तिले नै गाउको अगुवाई गरोस भन्ने पक्षमा भए पनि राजनितिलाई ब्यवसाय बनाउने,आफ्नो स्वार्थको रोटि सेक्ने, चुनावलाई अबसरको रुपमा प्रयोग गर्ने तथा भोटको बार्गेनिङ गर्ने एउटा तप्का निर्वाचनलाई हुडल्ने र स्वस्थ निर्वाचन हुन नदिने कसरतमा तल्लीन हुन्छन।

यो तितो वास्तविकताकले गर्दा राजनितिक दलका प्रतिनिधि यस्ता तप्कासंग काध मिलाउन बाध्य हुने अवस्था कायमै छ। वर्तमान राजनितिको मुल समस्या भनेकै यहि हो। अन्तत: जतिसुकै खराब,जटिल र दर्दनाक अवस्था भएता पनि समस्याको निराकरण गर्ने एउटै मात्र उपाय असल नेतृत्व चयन गर्नु नै हो । हामीले बिगतमा जानीनजानि बिभिन्न प्रलोभन, धम्की, आश्वाशन तथा भ्रमको खेतीमा आँखा चिम्लिएर विश्वास गर्यौ र त्यसको परिणाम भोग्यौ पनि आउने निर्वाचनलाई स्वस्थ र निष्पक्ष बनाउन हरेक जिम्मेवार नागरिकका हैसियतले हामी सबैको उत्तिकै हात छ, त्येसैले यस पटक हामि आम नागरिक अलि बढि सतर्क र जिम्मेवार बन्नु जरुरी छ ।

हामीले नेतृत्व चयन गर्दा त्यस्तो ब्यत्ति गरौ जो पढेलेखेको होस, नैतिकवान होस, कमन सेन्स भएको होस,बिकास प्रेमि होस, समाजसेवि भावको होस, हरेक नागरिकको समस्या सम्बोधन गर्ने होस, विवेकी होस, उचित समयमा उचित निर्णय गर्न सकोस। यस्ता ब्यक्ति जुनकुनै समुदायको वा पाटिको हुदा पनि खासै फरक पर्दैन र समाज परिवर्तनमा हुने कुरामा बल्ल ढुक्क हुन सकिन्छ नत्र आश्वासन र प्रलोभनमा परेर भोट बेच्ने र निर्वाचनको भोलीपल्टबाटै जनप्रतिनिधि लाई गाली गर्नु बाहेक हामी संग कुनै बिकल्प बाकि रहदैन। तसर्थ कुनै पनि समाज, गाउँ वा देश नेतृत्व गर्ने कुरा सामान्य होईन,यस्तो गरिमामय ओहदामा आसिन हुने ब्यक्ति छान्ने अन्तिम अधिकार हामी आम जनतामै निहित हुने हुंदा,शिक्षित,देशभक्त, ईमान्दार,कर्तब्यनिष्ठ,भुगोल र ईतिहास बुझेको संस्कार संस्कृती बुझेको हरेक तहतप्का बर्ग र समुदायको भावना बुझेर नेतृत्व गर्न सक्ने असल खेलाडी छानौं,त्यस्ता ब्यक्तिले गांउ, समाज र समग्र देशको मुहार फेर्नेछन ।
धन्यवाद।🙏
– 🖋️लेखक अनुज खत्री रामेछाप चनखु वडा अध्यक्षका प्रत्यासी हुन ।