जापान । प्रवासी नेपाली मञ्च जापान क्यूसु क्षेत्रिय कमिटिको तेस्रो अधिवेशन सम्पन्न भएके छ । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रीय कमिटिका सचिवालय सदस्य तथा पुर्वी एशिया महादेशिय ईन्चार्ज भक्त गुरूङको प्रमुख आतिथ्यतामा फेवरवरी ६ तारिखमा क्यूस्यूमा सम्पन्न भएको छ ।
भेलामा ओएनएफ पुर्वि यशिया प्रान्तका अध्यक्ष डा सरोज कँडेल, जापानका अध्यक्ष सुरेश केसी, सचिवालय सदस्य कुलचन्द्र खरेल, महेश खड्का र सदस्य कृष्ण भुषालको पनि उपस्थिति रहेको थियो भने अन्य क्षेत्रिय कमिटिबाट जुमको माध्यमबाट सहभागी रहेका थिए ।
अधिवेशनले सर्वसम्मत रूपमा ६ सदस्य कमिटिले मनोनित गर्ने गरी हलबाट १९ सदस्य कमिटि निर्माण गरेको छ । अधिवेशन आयोजक कमिटिमा संयोजक पुरुसोत्तम सिग्देलको सभापतित्वमा ,सचिव बलराम उपाध्यायले कार्यक्रम संचालन गर्नु भएको थियो।
नवनिर्वाचित पदाधिकारी तथा सदस्य निम्न प्रकार रहनु भएको छ ।
१, अध्यक्ष – केशब लामीछाने
२, उपाध्यक्ष – टिकाराम ख़रेल
३, सचिव -माधव कटुवाल कुरूमे
४, उपसचिव -रोशन दहाल
५, उपसचिव -सीबी थोकर
सदस्यहरु
६, माधव पोखरेल
७, बिशाल गिरि -कीता क्युशु
८, बेग राना
९, बिनोद भण्डारी
१०, दिपक न्यौपाने
११, मदन पन्थ
१२, सुमन ढुङग़ेल
१३, प्रकाश ढुंगेल
१४, राकेश घर्ति
१५, रोशन वाइवा
१६, सागर भण्डारी
१७, मनोज जोशी
१८, जीवन चापागाइ
१९, विशाल थापा

