अजय राना, जापान । जापानमा यतिबेला ओमिक्रोन भाइरसको संक्रमण बढिरहेकाले जापानले नयाँ विद्यार्थीका लागि प्रवेश कहिलेबाट खुलाउछ भन्ने निस्चित छैन ।
यतिबेला नेपालमा COE पाएर जापानको पर्खाइमा बसिरहनुभएका सम्पूर्ण विद्यार्थीहरुले सामाजिक सञ्जालमा विभिन्न समस्या, अर्थिक भार परेकाले गलत बाटो रोज्ने सम्मको सोच विकास भएको कुरा व्यक्त गरिराख्नु भएको देख्न सकिन्छ।
अब हजुरहरु सँग २ वटा विकल्प छन:
१) COE cancel गर्ने
२) Entry पर्खेर बस्ने
१) COE Cancel गरेको अवस्थामा हजुरहरुले लागत खर्च को ६०-७० प्रतिशत रकममात्र फिर्ता आउने chance रहन्छ।(Apply charge, college charge, consultancy charge, अन्य काटेर )त्यो पाउन पनि धेरै समय पर्खिनु पर्ने हुन्छ।
२) Entry पर्खेर बस्ने : संसारभरी बाट जापान आउन भनी COE पाएर बसेका विद्यार्थीको संख्या मात्र लग्भग १लाख ५० हजारको संख्यामा छ । (१०महिनाको डाटा)यदि त्यो भार थेग्न नसकेर Embassy ले interview लिने र त्यो interview पास गर्न नसकेर जापान आउन नपाएको खन्डमा फेरी आज सम्मको समय, मिहिनेत खर्च अनी हात पर्ने भनेको सबै काटेर लागतको ६०-७० प्रतिशत हो। डेढ-दुइ वर्ष सम्मको ब्याज त्यस्माथि पनि रकम काटेर हात पर्ने डबल पिडाको अवस्था सिर्जना नहोला भन्न सकिन्न ।
#त्यसैले
१) भाषा पढ्नुहोस् (कम्तिमा पनि N4 लेवेल सम्मको भाषा बनाउनुहोस्, जापान प्रवेश गरिसकेपछी दैनिक जीवनयापन, काम, उच्च अध्ययनका लागि नेपाली मात्र नभइ अन्य मुलुकका नागरिकसँग प्रतिस्प्रधा गर्नुपर्ने हुन्छ)
२) यदि भाषा राम्रो बनाउनु भयो भने JFT र SSW को परिक्षामा सामेल हुनुहोस जस्मा पास हुनुभयो भने जापान प्रवेश गरेर आर्थिक वा कुनै समस्याले पढाईलाई निरन्तरता दिन नसकेको खन्डमा सिधै जागिर गर्न सकिन्छ।
३) पढाई नछोड्नुहोस् : अझ फाईनल इयर पुगेकाले जापानको आशमा पढाई नछोड्नुहोस् त्या पढेको चिज यहाँ पनि उच्च अध्ययन गर्न र वोर्किङ गर्न काम लाग्छ।
४) अर्थिक समस्या कम गर्न आफ्नो लागि मात्रै भएपनी खर्च पुर्याउन वा आफुलाई व्यस्त राख्न पार्ट टाइम जब गर्नुहोस् जस्ले गर्दा मनमा नकारात्मक कुरा खेल्न पाउदैन ।
५) गाडी बाइकको लाइसेन्स : यदि नेपालमै छ महिना कटेको छ भने यहाँको लाइसेन्स पाउन सजिलो हुन्छ।वर्किङ गर्न लाइसेन्स निकै माहत्तोपूर्ण मानिन्छ र खर्चिलो पनि हुन्छ।
६) यहाँको संस्कृति नियमहरुको ज्ञान लिनुहोस् जस्ले गर्दा प्रवेश गरिसकेपछी जीवन यापन गर्ने केही सहज होस्
७) माइन्ड सेट गर्नुहोस् : जापान हजुरले देखेको, सुनेको र सोचेको भन्दा फरक हुन सक्छ । जुन साथीले पैसा कमाएको देखेर हजुर जापान आउन खोज्दै हुनुहुन्छ हजुरले त्यो वातावरण नपाउन पनि सक्नुहुन्छ। हजुरलाई स्वास्थले साथ नदिन पनि सक्छ, गाउँ तिर पर्यो भने भनेजस्तो काम नपाउन पनि सक्छ, काम कालेज र रूम पाएक पर्ने ठाउँमा नहुन पनि सक्छ ।आदि
अन्तत:
जापान अवसर नै अवसरले भरिपूर्ण देश हो। यहाँ बाट उच्च शिक्षा हाँसिल गरेर जापान लगायत विश्वका ठुला ठुला कम्पनीमा जागिर खाने नेपालीहरुको संख्या थुप्रो छ। त्यसैले हौसला राख्नुहोस् यो बेला हजुरसँग भएको समयको साहि सदुपयोग गर्नुहोस् । #हिम्मत_नहार्नुहोस्
यदि हजुरहरु सँग पनि केई नयाँ विद्यार्थीहरुका लागि केही सल्लाहा सुझाव छन भने कमेन्ट गर्नुहोस् धन्यवाद ।
लेखकको विचार सम्पादन नगरिएको सुझाव


