शनिबार, बैशाख ०८, २०८१

अनेसास जापान च्याप्टरको १२औं अधिवेशनबाट अध्यक्षमा रविन शर्मा सर्वसहमत निर्वाचित

टोकियो । प्रवासमा नेपाली साहित्यकारहरुको गर्बिलो संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)जापान च्याप्टरको १२औं अधिवेशन तथा ६० औँ नियमित साहित्य शृङ्खला सम्पन्न भएको छ ।

जापानको राजधानी टोकियोमा आईतवार सम्पन्न अधिबेशनबाट रविन शर्माको अध्यक्षतामा १८ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा अरुण पौडेल, उपाध्यक्षहरुमा सविना रेग्मि र आनन्द अधिकारी ,महासचिवमा शरद पोख्रेल, सचिवहरुमा राजेन्द्र पौडेल र अनिल कुमार निर्दोष ,सहसचिवमा प्रकृती फुयाल र कोषाध्यक्षमा दीपा घिमिरे चयन हुनुभएको छ ।

त्यसैगरि सदस्यहरुमा क्रमश केवि पारखी,बलराम उपाध्याय,मिनराज बास्तोला, सजिना मोक्तान ,मज्जु गिरी वन,बिन्दु ढकाल,बिशु भण्डारी ,नारायण पोख्रेल र मनोज मौसम केसी रहनुभएको छ ।

समाजका अध्यक्ष प्रकाश पौडेल (माइला),नेपाली दूतबास जापानका तृतीय सचिव प्रेम बराल, अनेसास जपानको मुखपत्र साकुरा फुल्दा -६ प्रायोजक तथा दिपवे फाउन्डेसनका प्रमुख दीपक सुबेदी लगाएत जापानमा क्रियासिल राजनैतीक दलका संगठनका प्रतिनिधि संघ संस्थाका प्रतिनिधि तथा साहित्य अनुरागिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

जापानलाई कर्मथलो बनाइरहनुभएका नेपाली नारी सर्जकहरू विशेष अनेसासको मुखपत्र “साकुरा फुल्दा -६” को लोकार्पण पनि गरिएको थियो । कार्यक्रममा दुई दर्जन बढी स्रष्टाहरुले बिभिन्न साहित्यिक प्रस्तुतिहरु राख्नु भएको थियो ।

कार्यक्रम अनेसास जापानका अध्यक्ष गिरीजा गैरेको सभापतित्वमा रविन शर्माले संचालनमा गरी सम्पन्न भएको थियो ।