बिहिबार, बैशाख १०, २०८३

जनजाति महासंघ जापानको समन्वयमा जापानीमाँझ कला संस्कृतिले नेपाल चिनाउँदै

जापान । नेपाललाई नागानो केनमा जाईकाको विशेष सहयोगमा नेपालको आदिवासी जनजाति राईहरूको साकेलाको बारेमा जानकारी दिने र जापानिज नागरिकहरूलाई साकेला उपस्थित भएर र जुमको माध्यमबाट सिकाउने काम सम्पन्न भएको छ । नेपालको साकेलाको बारेमा र थारू जातिहरूको बारेमा उपस्थित जापानिज नागरीकहरूलाई सरिता चौधरी, रजन्ति राई लगाएतले जापानिज भाषामा जानकारी दिनु भएको थियो ।

जापानमा नेपाल र नेपालीको पहिचान झल्कने गरी नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान अन्तर्गत रहेको सदस्य संस्थाहरूको समन्वयमा विभिन्न जातजातीको कला, संस्कृति र नाचलाई यसरी नै जापानिज नागरिकहरू माझ चिनाउदै जाने जनजाति महासंघ जापानका अध्यक्ष संजीब राईले जानकारी दिनुभयो ।

यस पटकको नागानो केनको कार्यक्रमलाई नेफिन जापानका उपाध्यक्ष शान्त पहरी, महासचिव शिशिर लिम्बु र सचिब डा. कनैलाल चौधरी लगाएतले समन्वयकारी भूमिका निर्वाह गर्नु भएको थियो ।