घृना गरिगरी ति आँखाले हेर्न नखोज मलाई ।
छुन नचाहने ति हातहरुले केर्न नखोज मलाई ।।
छुन नचाहने ति हातहरुले केर्न नखोज मलाई ।।
म आफ्नै गह भरिएर भेलसरि बगेको देख्दा ।
तिरस्कार रुपि खुसि दिई वेर्न नखोज मलाई ।।
शुन्यतामा जन्जिर जीवन आँसुको रुवाईमा ।
घरि सपनिमा अटेरी गरि टेर्न नखोज मलाई ।।
जीवनरुपि सपनाका महलहरु भत्किदा खेरि ।
तिमी उठाउन आएर सितै घेर्न नखोज मलाई ।।
लागेहुन्छ आफ्नै गन्तव्य मेरो बाटो नआईदेउ ।
बर्ष र महिनाको ऋतुझै फेर्न नखोज मलाई ।।
स्मृति मोक्तान – जापान