मेरो नजरमा एनआरएनए जापान

बिनोदकुमार सापकोटा । नेपालको राजनीतिबाट वाक्क,दिक्क,थुक्क भएका हामी सोझा-साझा नेपालीहरु बिदेश पलायन भएर पनी सु:ख छैन । बिदेश आएर पनी राजनीति अखडा जमाएर सोझा-साझा नेपालीहरु माथी राजनीति गर्ने समाजसेवाको नाममा मरेको सास र लासमाथी पनी राजनीति गरेर पैसा खानेदेखी लिएर समाज सेवाको नाममा घृणित कामगर्ने टाउकेहरुको बिदेशमा पनी कमी छैन ।

गुट-उपगुट बनाएर सोझा नेपालीहरु जो आफु र आफ्न्नो परिवारलाई पाल्न दिनरात नभनी काम गरेका छन तिनिहरु माथी राजनीति गर्ने बाध्यतामा परेका नेपालीहरु माथी राजनीति गरेर लाखौ कुम्ल्याउने जुन समाजसेवीको खोल ओडेर दिन दहाडै लुटन पल्केका लुटेराहरु जापानमा पनी शहरैपिच्छे पाईन्छन ।
हालैदेखीएको एउटा सानो जापानको सहर नागोया क्षेत्रमा एनआरएनएको नाउमा दिउसै तान्डब नृत्य नाच्ने समाजसेवीको खोल ओडेर नेपालीहरु माथि जबरजस्ती राजनीति लादेर परीणाम आफ्नो पोल्टामा पार्न खोजीएको छ ।
अचम्म लाग्दो कुरा चाही के छ भने जुन ब्यक्तिको जापानमा बसाई र भिसाको ठेगानना छैन कतीबेला जापान सरकारले घोक्रेठयाक लगाएर नेपाल पठाउने हो थाहा छैन त्यस्तै ब्यक्ति समाजसेवीको नाटक गर्दै पदको लागी चाकड़ी चाप्लुसी गर्दै हिडेको देख्दा साच्चीकै समाजसेवा गर्ने ब्यक्तिहरु आज गुमनाम भयका छन ।

ब्यक्तीगत स्वार्का लागि काम गरेर खानि सोझा नेपालीलाई झुधाउने काम बन्द गरौ । बिबादै-बिबादको चरम चुलिमा पुगेको बर्तमान अबस्थामा अहिले गैरआवासीय नेपाली संघ जापानको केन्द्र र क्षेत्रिय समिति नागोया, राजनीति अबस्थाले जगडीएको हरेक क्षेत्र जस्तै एनआरएनए जापान पनी अछुतो रहेको छैन । एउटै क्षेत्रमा दुई वटा कमिटी गठन भएको छ । एक पक्षले बिधान बिपरित उम्मेद्वार खड़ा गरी सपथखुवाएको छ भने अर्कों पक्षबाट बिधान बिपरित काम भएको त्यस्तो कार्यलाई तुरन्त रोक्न आह्वान गर्दागर्दै कुनै सुनुवाई नभए पछी फेरी अर्कों कमिटी गठन गरेर सपथ खाएका छन ।

यो राजनीति खिचतानीले गर्दा साँच्चिनै नागोया बस्ने नेपालीहरु मात्र नभई झन्नै एकलाखको हाराहारीमा रहेका जापानबासी नेपालीहरु माझ एनआरएनए जापानप्रति नै बिस्वास उठेको देखिन्छ हरेक समयमा बिभिन्न कान्डै-काण्डले प्रख्यात रहेको छ । एनआरएनए जापान अन्तत गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समिति नागोयामा बिधान बिपरित काम भयको भन्दै निर्वाचन बहिस्कार गर्नेको पक्षमा बहुमत देखिएको छ भने बिधान मिच्ने भनिएको पक्षको अल्पमत देखिएको छ । जहाँ ५०% मतदान पनी खसेको छैन । अब यो कुन मोडमा मोडिने हो एनआरएनए नागोया क्षेत्रिय समिति त्यसैको पर्खाईमा रहेका छन ।

नागोयाबासी नेपालीहरु सच्चीनै भन्नुपर्दा यो राजनीति अखडाले जगडिएको हरेक क्षेत्र जस्तै एनआरएनए जापान पनी स्वच्छ निस्पक्ष बन्ला भनेर कल्पना गर्न सकिएला र ? हामीले सबैको साझा सबैले विश्वास गर्न लायक एनआरएनए बनाउन सबै एकजुट भएर जाग्नु पर्ने समय छ ।

लेखक नेपाल पत्रकार महासंघ जापानका निवर्तमान उपाध्यक्ष हुन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: