शिनओकुबोमा एभरेष्ट किड्स इन्टरनेशनल स्कुलको शाखा उदघाटन

टोकियो । जापानको टोकियोमा संचालन हुँदै आएको एभरेष्ट इन्टरनेशनल स्कुलको शिनओकुबोमा एभरेष्ट किड्स इन्टरनेशनल स्कुल नाम दिएर शाखा उदघाटन भएको छ ।

बुधबार एक समारोहको बिच शिनओकुबोमा एभरेष्ट किड्स इन्टरनेशनल स्कुल शाखा उदघाटन भएको हो ।

सुगिनामी वार्डको ओगिकुबोमा रहेको सो स्कुलको तल्लो कक्षामा विद्यार्थीको चाप बढेसंगै किण्डरगार्टेन तहका लागि वैकल्पिक स्थानको रुपमा शिनओकुबोमा किड्स शाखा खोलिएको जनाएको छ ।

समारोहमा प्रमुख अतिथिको आसनबाट भर्चुअल सम्बोधन गर्दै जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले एभरेष्ट स्कुलले जापानमा रहेका नेपाली लगाएत विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिलाउने सवालमा कुनै सम्झौता नगर्न र निरन्तर अगाडि बढ्न आग्रह गर्नु भयो ।

समारोहमा एभरेष्ट स्कुलको अभिभावक शिक्षक संघका तर्फबाट सञ्जिव पोखरेल, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, एनआरएन जापानकी महिला संयोजक संगिता अधिकारी लगायतको शुभकामना मन्तब्य रहेको थियो ।

m/matrisandeshofficial/videos/310555880450774/

समारोहका सभापति भट्टले समापन मन्तब्य राख्दै एभरेष्ट इन्टरनेशनल स्कुललाई अब बिजनेश मोडलमा लगिने र आवश्यकता अनुसार अन्य सहरहरुमा पनि बिस्तार गरिने नीति अवलम्बन गरिने जानकारी गराउनुभयो ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: