हामी छैटौं वर्षमा प्रवेश

मातृ सन्देश डटकम छैटौं वर्ष प्रवेशको उपलक्ष्यमा हामी यो हर्ष पाठक, दर्शकलाई बाँड्न पाउँदा खुसी भएका छौँ ।

नेपाली अनलाईन पत्रकारिताले बामे सर्दै गर्दा सन २०१५ को अप्रिल अर्थात वि.सं. २०७३ बैशाखबाट असल पत्रकारितालाई प्रवर्द्धन गर्ने व्यावसायिक सञ्चारगृह बनाउने लक्ष्य सहित मातृ सन्देश डटकम अनलाईन पत्रिका सुरुवात भएको स्मरण गराउन चाहन्छु ।

प्रवासमा रहेर पनि मातृभूमिको विशेष खबर पस्कने उद्देश्यले मातृभूमिप्रति समर्पित डिजिटल पत्रिका मातृ सन्देश डट कम हाम्रो नारा थियो र छ ।

देश तथा विदेशमा किन नहोस सही र वस्तुनिष्ठ ढंगले समाजलाई ठोस् धारणा पस्किने संस्थाहरू भने अझै अपेक्षा गरेजति बन्न सकेको छैन । हामीले परिवार छरछिमेक र आफन्त देशमैं छोडेपनि दुर्भाग्य राजनीतिक खिचातानी छोडन सकेको छैन् । देशको राजनीतिक स्थायित्वको लागि केहि साथ सपोर्ट गरेपनि प्रवासमा राजनीतिक धुर्विकरण भएर मिलेर बसेको नेपाली समाज चिडाउनु कदापि राम्रो हैन र यस्ता कार्य पनि गर्नु उचित हुँदैन ।

प्रेस जहिले पनि सक्रिय नागरिक समाजको हिस्सा हो । हामी न पक्ष, न विपक्ष सधैं निष्पक्ष र वस्तुनिष्ठ समाचार पस्किनेमा सचेत छौँ । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना अनुरूप प्राप्त उपलब्धिहरू हामीले एकदमै महत्त्वका साथ उजागर गरिरहेका छौँ र गर्ने छौं ।

हामी ५ वर्ष पुरा गरि छैटौं वर्ष प्रवेश गरिरहँदा देशको राजनीति विषयमा सीधा बहस, समसामयिक विषयबस्तुमा अन्तर-संवाद साथमा केही नयाँ कार्यक्रमको थालनी गरेका छौँ ।

सानो लगानीको संचार संस्था उद्देश्य नै पुरा नगरि बन्द हुने अबस्था नआओस भनेर हामीले १० लाखको मातृ सन्देश कोष निर्माण गरेका छौं, यसलाई बढाउँदै लाने छौं । देशमा सिकेको अनुभव अनि विदेशको अध्ययन, सिकाई, भोगाईलाई एक-अर्का बीच बाढ्ने माध्यम बनाउन हामी सदा लाग्ने छौं ।

हामीले नियमित समाचारको मात्रै पछि नलागि समाज र देशमा गहिरो दूरगामी छाप छाड्ने खोजी रिपोर्टिङहरू, देशको पर्यटन क्षेत्रको प्रचारप्रसार, नेपाली कला साहित्यको जर्गेना, युवाहरुलाई देशमैं केहि गर्न सकिन्छ भन्ने सचेतना लगाएतको काम गर्दै आएका छौँ र यस्ता कार्यक्रम निरन्तर गर्ने छौं ।

हामीले पत्रकारिताको मर्म, भावना र आचारसंहिताको पालना गरि मल्टिमिडियामा योग्य जनशक्ति निर्माण गर्दै देश र समाजको विकासमा सघाउ पुग्ने अपेक्षा गरेका छौं ।

हाम्रो ५ औं वार्षिक उत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पार्वत गुरुङ ज्यू तथा विशेष अतिथि जापानको लागि नेपाली राजदूत महामहिम प्रतिभा राणा ज्यू लगाएत हाम्रो वार्षिक उत्सवको अवसरमा आयोजित सम्मान तथा क्यालेण्डर विमोचन समारोहको भर्चुअल तथा भौतिक रूपमा उपस्थित भई कार्यक्रमको गरिमा बढाउन सहयोग गर्नु हुने सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्दछौं ।

हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी यहाँहरुले हामीप्रति दर्साउनु भएको मायालाई उच्च सम्मान गरि इतिहासको पानामा राख्दै आगामी दिनहरुमा यहाँहरुको सल्लाह, सुझाब र सहकार्यको अपेक्षासहित सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

हाम्रो न्युजडेस्क, मार्केटिङ, संचालन टीमलगाएत देश तथा विदेशका सहकर्मी पत्रकारहरू, विज्ञापनदाता, शुभेच्छुक संस्थाहरू, नेपाल तथा जापान लगाएत विभिन्न मुलुकका सहयोगी सम्पूर्णलाई एकमुस्ट कृतज्ञता व्यक्त गर्दछौं ।

धन्यवाद

शान्तकुमार पहरी
प्रधानसम्पादक/अध्यक्ष
मातृ सन्देश डट कम तथा मिडिया पहिचान प्रा.लि.
ग्लोबल मल्टीमिडिया परिवार

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: