शुक्रबार, बैशाख ०७, २०८१

जापानमा संक्रमण वृद्धि भएसंगै अघोषित आपतकाल, कठोर खालका उपायहरु कार्यान्वयन गर्न अनुमति

टोकियो । जापानमा कोरोना भाइरस संक्रमण वृद्धि भएपछि अघोषित आपतकाल लागू हुने भएको छ । गत मार्च २१ पछि फेरि आपतकालिन् अवस्था थप नगर्ने मनस्थितिमा पुगेको जापान सरकारले कोरोना संक्रमण अत्यधिक रुपमा बढ्दै गएपछि आपततकालिन अवस्थाको नियम लागू गर्ने भएको हो ।

पहिलाको तुलनामा अवस्था सुधार नभई झन बढ्दै गएपछि स्थानीय सरकार कडा रुपमा उत्रिएको छ  ।
जापानमा साकुरा फुल्ने समय तथा विद्यालय,विश्वविद्यालयहरुको दिक्षान्त समारोहरुको समय संगसंगै परेकाल र मानिसहरुको चहलपहल बढेसंगै कोरोना भाइरस संक्रमण दैनिक बढ्दै गएको छ ।
संक्रमण बढ्दै गएपछि जापान सरकारले आधिकारिक रुपमा आपतकालीन उपायहरु पारित गरेको छ । प्रधानमन्त्री योशिहिदे सुगाले शुक्रबार कठोर खालका उपायहरु कार्यान्वयन गर्ने अनुमति दिएका छन् । आपतकालको बेलाको जस्तै उपायहरु अप्रिल १२ तारिख सोमबार देखि लागू हुने जनाएको छ ।

टोकियो महानगर सरकारले विशेषगरि धेरै भिड्भाड हुने स्थान, बार र रेष्टुराँ लगायत स्थानहरुलाई साँझ ८ बजेभित्रै बन्द गर्न अनुरोध गर्नेछ । यस अवधिमा टोकियो महानगरको २३ वडाहरु र ६ शहरहरुमा लागू हुनेछन् । प्रतिबन्ध में ११ सम्म लागू हुनेछन् । क्योतो र ओकिनावाका ९ शहरहरु अघोष्ति आपतकालीन उपायहरु लागू हुनेछ ।

कोरोनाको अत्यधिक संक्रमण देखिएको ओसाका, ह्योगो र मियागी केनमा यस अघिनै अघोषित आपतकालको उपायहरु कार्यन्वयन भईसकेको छ । सरकारको अनुरोध स्विकार गरी सहकार्य गर्ने साना तथा मझौला व्यवसायहरुलाई दैनिक १ लाख येन तथा ठूला व्यवसायीहरुलाई २ लाख येनसम्म दैनिक अनुदान सहयोग उपलब्ध गराउने छ ।

सरकारको अनुरोध अस्विकार गरि नियम उल्लंघन गरेर रेस्टुरेन्ट तथा बारहरु ८ बजेसम्ममा बन्द नगरे २ लाख येनसम्म जरिवाना तिराईने छ । जापानमा अप्रिल १० तारिख ३,६९७ जनामा कोरोना संक्रमण देखएको थियो भने हालसम्म ५ लाख ३ हजार भन्दा बढी संक्रमित भएका छन् ।