शुक्रबार, फागुन ०२, २०८१

संकटमा तमू मातृभाषा

बहुजातिय, बहुभाषिक ,बहुधार्मिक बहुसांस्कृतिक विबिधताको अनेकतामा एकता भएको एक अखण्ड राष्ट्र हो नेपाल । विविध जातजातिहरुको बसोवास रहेको रास्ट्र नेपालको आदिम कालदेखी आफ्नो अस्तित्वमा रहिआएको एक बिशेष जाती हो गुरुङ , सपुती क्याल्सोमा उत्पती भइ विभिन्न चारणहरु पार गर्दै हजारौ वर्षदेखी तमुवान भुमी गण्डक क्षेत्रमा बसोवास गर्दै आएका तमु जातिहरु हालको तमुहरुले आफ्नो प्रमुख पहिचान स्वरुप चिनिने मातृभाषा नै विर्सिन थालेका छन ।

तमू भाषाको बिगत :- 
विश्वको धेरै भाषा समुहहरु मध्ये भोट बर्मेली भाषा समुहभित्र पर्ने एक छुट्टै र अलग पहिचान बोकेको क्याल्सोमा उत्पती भयो तब देखी नै आफ्नो मातृभाषा बोल्दै आएको बिभिन्न अध्ययनहरुबाट पनि थाहा पाउन सक्छौ । बिगतमा तमु बस्ती हरुमा तमु भाषा बोलिचालिमा कमी हुँदै र बिस्तारै लोप हुँदै जाने अवस्थामा पुगेको छ ।

तमू मातृभाषा लोप हुनुको कारण
देशको शिक्षा निति
कुनै पनि भाषा उत्थानको लागि त्यो राष्ट्रको शिक्षा नितिमा ठुलो हात रहेको हुन्छ । नेपालको शिक्षा नितिमा पनि विभिन्न जनजातिहरुको भाषालाई उत्थान गर्नुको साटो कुनै एकलजातिय खस भाषालाई मात्रै मान्यता दिएर जनजातिका मातृभाषालाई कुनै अबसर नदिनुको कारण पनि तमु मातृभाषा संकटमा पुगेको छ ।

लिपिको अभाब
लिपी बिना कुनै पनि भाषा पनि भाषा अपुर्ण हुन्छ , हाम्रो माटृभाषा पनि अहिलेसम्म मैखिक मै मात्रै सिमित रहेको छ । तमु समुदायका विभिन्न भाषाबिद हरुले आआफ्नो लिपी अघी सारे ता पनि अहिले सम्म कुनै पनि लिपिलाई तमु लिपिको आधिकारिक लिपी को मान्यता दिएको छैन । हालसम्म तमु समुदाय खेमा लिपी स्वामन लिपी लगाएत केहि लिपी हरुको जन्म भ इ सकेको पनि अहिले सम्म कुनै लिपिले आधिकारिक मान्यता नपाएको कारण तमु जन समुदाय अन्यौल परेको छ ।

बसाइसराइ
समाजको विकास क्रम र मानिसा हरुको बढ्दो चाहना अनुसार बिभिन्न् सेवा, सुविधा सम्पन्न मुक्त ठाउमा बसाइ सारी जानु सामान्य र स्वाभाबित नै मान्नुपर्छ । तमुहरु पनि यस प्रकृयबाट टाढा रहन सकेन । पछिल्लो समयमा मातृभाषामा दख्खल तमुहरु पनि बिभिन्न कारण हरुले गर्दा बसाइ सर्ने क्रम धेरै बढेको छ । यसरि बसाइसराइ क्रममा तमु मातृभाषामा पनि त्यो ठाउको भाषिक र अन्य अवस्था हरुको प्रभाब पारेको छ र त्यहाँको भाषा बोल्ने क्रममा आफ्नो मातृभाषामा पनि ठुलो प्रहार गर्ने गरेको छ । बि स्तारै बाध्यतावस तमु भाषा पनि बिर्सिदै छन ।
संरक्षण र समधानको उपाय
विगतका दिनहरुमा तमूहरु विभिन्न कार्यहरु गर्दा आफनो मातृभाषा बोलीचालीहरुमा ल्याउने इतिहासका विभिन्न कार्यखण्डहरुबाट प्रमाणित भएको देखिन्छ । जसरी हिजो विभिन्न् कारणले तमू भाषा लोप हुने अवस्थामा पुगेको थिेयो त्यसरी नै अव यसको उत्थान गर्न झनै गाह्रो बनेको छ ।
हुन त आजभोली तमूभाषा सस्कार संस्कृति र भेषभुषा संरक्षण र सर्वद्धन गर्छौ भनेर कैयौ संघसस्थाहरुको स्थापाना भएको छन् । स्वदेश मात्र नभएर बिदेशमा पनि विभिन्न नाम दिएर स्थापित संस्थाहरुको आआफनै अहमता रहेको छ तर तमू लोप हुन लागेको मातृभाषा संरक्षण र संर्वद्धन वारे एकाध औलामा गन्न सकिने तमू संघ संस्थाहरु मात्र रहेको छन् ।
केहि संस्थाहरुले नेपालका गण्डकक्षेत्र बाहिर रहेका तमूभाषाविहिन तमू बस्तीहरुमा दुई तिन महिनाको अनौपचारिक मातृभाषा कक्षाहरु पनि संचालन गरिएको छ तर अहिलेको मागको भारलाई त्यतिले मात्र पर्याप्त हुदैन ।
त्यसरी नै रुपन्देहीको देवदहस्थित देवदह मदर इंलिस स्केलले पनि निजि रुपमा तमू मातृभाषाको पठनपाठन गरिरहेको छ । तर सरकारी तवरबाट कुनै चासो र सहयोग नभएकाृले सो स्कुलको पनि अवस्था नाजुक स्थिति छ ।

तमू मातृभाषाको लागि बिभिन्न तमू ब्यक्तिहरुद्वारा लिखित तमू भाषासम्बन्धी पुस्तकहरु पनि बजारमा नआएको होईनन तर हरेक पुस्तकमा एक रुपता पाउन नसकेका कारण पनि मातृभाषा प्रती मोह हुनेहरुको लागि अन्योलता बढेको छ ।
अन्तमा नेपाल पुर्व देखी पश्चिमसम्मका तमू बस्तीहरु जहाँ तमू भाषाको आवश्यकता रहेको छ । त्यो गाउँ ठाउहरुमा निश्चित समयको लागी अनौपचारिक मातृभाषाको कक्षा सन्चालन गर्न आवश्यक देखिन्छ । त्यसरि नै सम्पुर्ण स्थापित तमू समाजहरुले पनि यसबारे गम्भिर भएर चासो र ठोस योजनाको साथ तमु भाषा लाई एक समाज एक तमु बस्ती अ नौपचारिक मातृभाषा कक्षा सन्चालन गरी तमू चलचित्र प्रदर्शन , वृत चित्र प्रर्दशनी , गर्न सकेमा तमू मातृभाषाको सन्रक्षण र सन्वदनमा ठुलो पुग्ने छ ।

जय तमुवान ।