नेपालदेखि जापानसम्म यात्राको अनुभूति

बुद्धिराज घिमिरे । जापान सरकारले कोरोना भाईरस संक्रमणको पछिल्लो अवस्थालाई ध्यानमा राखेर विदेशी आगमनलाई कडाई गरेको छ । नेपालदेखि जापानसम्म आई पुग्दा मेरो छोटो अनुभव राख्ने कोसिस गरेको छु ।
कुनै पनि ब्यक्तिले आफनो साथमा हुनु पर्ने कागज पत्र : कोरोना नेगेटिभ भएको ल्याव र डाक्टरले प्रमाणित गरेको कागज।
-barcode
-पासपोट
– जाईरोकाड
– जापानको एयरपोटभित्र बिशेष गरि चेकहुने र गर्नु पर्ने तनाईको काम:
-Install OSSMA
-Install skype
-Save Lication information
-Install COVID-19,Contact-Confirming Application (COCOA)
(यि install नेपालबाटै तपाईको मोनाईलमा गर्नु भएमा तपाईको एयरपोट भित्र करिव २ घन्टाको समय बचत हुनेछ ।

-Skype install गरि सकेपछि एकाउन्ट पनि खोल्नु होला, सोहि समयमा तपाईलाई Skype मा म्यासेज हुन्छ, एकाउन्ट नखोल्दा massage आउदैन त्यसैले स्काईप install गरि एकाउन्ट खोल्नु होला।
-Email तपाईको आफ्नै हुनु पर्ने छ, ईमेल तपाईले लिनु भएको मोवाईलमा आउछ कि आउदैन हेरिने हुदा आफ्नै मेल तपाईको मोवाईलमा पनि आउने गरि तयारी रहनु होला। बारकोट अनिबार्य तपाईले लिनु भएको मोवाईलमा सेटिङगर्नु होला।

तपाईले मोवाईल बोक्नु भएको छैन भने एयरपोट भित्र १५००० येनमा भाडामा पाईन्छ, तर तपाईसंग डलर वा येन छैन भने निकै असहज हुने छ । तपाईलाई त्यो समय १५००० येन जसरी पनी आवस्यक पर्ने हुदा तयारीका र योजनाका साथ रहनु होला।

– विमानस्थलमा देखिएका हाम्रा समस्याहरु
आवस्य पर्ने system install गर्न मोवाई नहुनु, भएको मोवाईलमा पनि सिम नहुनु र सजिलै संग wifi ले साथ नदिनु।हामि धेरै जसोको Email नहुनु ले समस्या भयो, अग्रेजी र जापानी दुवै वोल्न नआउने ब्यक्तिको लागि झनै असजिलो हुने हुदा तपाई हामि सबैले त्यस्ता ब्यक्ति हरु लाई उहाहरुलाई तयारी अवस्थामा पठाउनु तपाई हाम्रो कर्तव्य हुने छ! हामिले धेरै लाई सहयोग गर्यौ तर पनि सबैलाई सहयोग गर्न समयले साथ दिदैन त्यहा जादा आत्मनिर्भर भएर जानु पहिलो बिकल्प हुने छ !
मोवाईल नहुदा कतिपयले मोवाई त्यहि भाडामा लिनु भयो तर पनि पैसा नभएकोले जापानमा रहनु भएको आफन्तलाई फोन गरी पैसा राख्न लगाई निकै सकस तरिकाले काम गर्नु भयो।हामीले एउटा सिम चेन्ज गर्दै ५/६ जनाले माथिमा system हरु install गर्यौ किनकी wifi त्यहा हुदा पनि हामिलाई समयमै साथ दिएन।जापान बाट जादा Immegration ले reintry को लागि छाप लागाएको चिट हराएमा पनि समस्या हुने हुदा त्यो पासपोटमा टासिएको पुनप्रवेश आज्ञा सुरक्षित राख्नु होला, केहि समय त्यसले पनि हामिलाई असहज बनायो।कुनै बिषयमा म कमजोर भएर मलाई असजिलो त पर्ने हैन एयरपोटमा भन्ने कौतुहलता हुन्छ !
समान नेपाल बाट जापान लिआउने हकमा नेपाल बाटै लिआउन नपाउने समान निकाल्न लगाउछ, सके सम्म बारकोड भएका र राम्रो संग प्याकिङ गरि कम्पनिको छाप लगाई स्टिकर लगाएका समान भए राम्रो तर मासुका परिकार र निशेधित बस्तुहरु ल्याउने प्रयास नगर्नु होला, मैले त काच्चो मकै पनि नेपाली एयरपोटमा फालेर आएको हो!
Immegration बाहिर आए पछि को कसका लिन आउनु भएको छ आआफै जानु भयो तर त्यहा को एथार्त दृष्य हेर्दा आफ्नो बासस्थान जान अलमल गरिरहनु भएको थियो, कोही ब्यक्ति २ जना मेरो नजर पर्यो त्यहा बार्गनिङ चलिरहेको थियो र मैले त्यहाको बिषयमा जानकारी लिन खोज्य र सोध्य उहाहरु ओकिनावा जानु पर्ने र आज जान असंभव देखियो। त्यहा २/४ जना ब्यक्ती त्यसरीनै मानिस खोज्दै हिड्नु भएको जस्तो देखिन्थ्यो, खान पिन आफ्नै लाग्ने र प्रति ब्यक्ति रुम भाडा १४ दिनको ५ मानको दरले लैजानु भयो, त्यस्ता ब्यक्ति पेशेवार नहुन भन्ने कामना गर्दछु।मैले रुम निशुल्क खोजिदिने र आवस्य सहयोग गर्ने कुरा राखेपनि म २ मिनट ढिला भैसकेको रहेछु ।

फेसबुकबाट तपाइको प्रतिक्रिया