शनिबार, बैशाख ०८, २०८१

जापानमा ५६ बर्षिय एक नेपालीको निधन

टोकियो । जापानमा एक नेपालीको असामयिक निधन भएको छ । नेपालको बाग्लुङ जिल्ला बिहुकोट ९ करलिम घर भएका बिष्णु प्रसाद न्यूउरेको जापानमा मृत्यु भएको हो ।
जापानको साईतामको ओमिया बस्ने ५६ बर्षिय न्यूउरेको उपचारको क्रममा उमेरमा मृत्यु भएको बिहुकोट समाज जापानका अध्यक्ष अशोक शर्माले जानकारी दिनु भएको हो । जुलाई १ तारिख उपचारको क्रममा न्यूउरेको हिगासी साईताम नेशनल हस्पिटलमा मृत्यु भएको थियो । न्यूउरेको अन्तिम संस्कार पनि जुलाई ४ तारिख ओमियामा नै सम्पन्न भएको छ ।
कामदार भिषामा १२ बर्ष अघि जापान आएका स्वर्गिय न्यूउरेको जापानमा श्रीमति सहित छोरा बुहारी र नातिनी सगै रहेका छन ।