Nepali date


बुधबार, जेष्ठ २१, २०७७

सिलाएको टालो नबनि राष्ट्र र राष्ट्रियता बचाउँन एक भएर जुटोस नेकपा

सुलभ बन्धु पोखरेल । दुइबटा फाटेका टाला जतिसुकै मजबुतीकासाथ सिलाउनुहोस तेसमा सिलाईको धार देखिनै रहन्छ अहिलेको नेकपाको हाल पनि तेस्तै छ । अझ यसकोत सिलाईको धागो पनि कच्चा छ ।  दुई पार्टी सिलाईएको  दुई बर्ष बितिसक्यो तर अझै यसको धार हराउन सकेको छैन । धार मेटाउन केहिसिप नलागेपछी हिलै पोतेरभएपनी धार मेटाउने प्रयास गरेको देखिन्छ । तर हिलो पोत्दा झन धेरै धारहरु देखिन्छन भन्नेकुरा बिर्सनु भएको छ। हुनत सर्सर्ति हेर्दा दुइ ठुला नेताले सबै कार्यकर्तालाइ एउटै खोलभित्र अटाउन आग्रह गरेको देखिन्छ । कार्यकर्ताहरु एउटा खोल भित्र बसेपनि दुइतिर फर्किए झै लाग्दछ्।

पूर्व एमाले र पूर्व माओबादि भित्रको गुटले तत्कालीन समयमा पाटिभित्र द्वान्द शृजना गरिरहेको हुन्थ्यो त्यो प्रबृति अहिले नेकपा बनिसक्दा पनि एथावत रहेको छनक पाइन्छ् । पूर्व एमालेमा गुट शृजना गर्नेमा केपि ओली अग्रपंतिमा पर्दथे तल देखि माथि सम्म सिमित ब्यक्तिलाइ आफ्नो बनाउने र त्यहि नै पार्टी र कार्यकर्ता हुन भन्ने सोच देखिथ्यो । अर्का नेता बामदेब सधै शक्तिमा बस्न खोज्ने र त्यसको लबिङका लागी छुट्टै झुण्डमा बसेको पाइथ्यो । त्यो अलबा सानामसिना समुह भए पनि प्रभाबकारि थिएनन र गुट बेगर एमाले हुँ भन्ने कार्यकर्ताले माधब नेपाल , झलनाथ , सुबास नेम्वाङ ,भिम रावल ,प्रदिप ज्ञावाली , गोकर्ण विष्ट, घनश्याम भुसालहरुलाइ रुचाउथे । अर्कोतिर पूर्व माओबादिमा धेरै गुट उपगुट मौलाइरहेको थियो । प्रचण्ड , बैध ,बाबुराम ,बिप्लब , किराति , नारायणकाजि , मातृका लागाएतका धेरै शक्ति थिए तर धेरै गुटका नेतृत्वकर्ताले पार्टी नै अलग गराएर बाहिरिएका छन । प्रचण्डको एकल गुट माओबादि केन्द्रको रुपमा थियो र त्यसमा नारायणकाजिको सानो झुण्ड अस्तित्व बिहिन जस्तै रहेर पनि साथ दिइरहेको देखिन्थ्यो। तल्कालिन समयमा गुट भन्दा बाहिर बस्न रुचाउने कार्यकर्ताले नारायणकाजि , जनार्दन , आहुति , टोपबहादुर हरुलाइ असल नेताका रुपमा हेर्ने गर्दथे । अहिले नेकपा भित्र पनि तिनै गुटहरु बाहिरि रुपमै देखिन्छन । ओली, प्रचण्ड , बामदेबको गुट प्रस्ट देखिन्छ भने भने नेकपा नै रहनुपर्छ भन्ने हरुले माधब , झलनाथ , जनार्दन , भिमरावल , नारायणकाजि लगाएत हरुलाइ रुचाएको देखिन्छ्।

चुनाबको पूर्व सन्ध्यामा मिल्तिको सुरुवात संगै फरक माहोल बनाएर अगाडी बढेका पार्टीलाइ एकताको सन्देशले निकै फाइदा पनि दियो । जनताले रामै मत पनि दिए तर त्यसपछि सरकारको काम र पार्टीको काम कछुवाको गतिमा हिड्न थाल्यो यसले कार्यकर्तालाइ निराश बनायो । तल्ला कार्यकर्ता देखि एकता हुँदै केन्द्रीय स्तरसम्म जानु पर्नेमा केन्द्र देखि स्थानिय स्तर सम्म नेतृत्व तोकेर जाने परिपाटिले इमान्दार कार्यकर्ता पछाडी परे । अझै सम्म बिभागहरुले पुर्णता नपाउनु नेतृत्वको कमजोरी हो । सत्ता र शक्तिको छिनाझप्टि र पार्टी एकतालाइ धिमा गतिमा अगाडी बनाउनुले फाइदा दिदैन । पार्टी भित्रको समस्या महाधिवेशनबाट हल गरेर छटो नेतृत्व देखि कार्यदिशा र बिचारलाइ कार्यकर्ता माझ ल्याउनु टक्टारो आवस्यकता देखिन्छ । अन्यथा नेकपा पाटिलाइ सिमित स्वार्थका लागी जबर्जस्ति दुइ पाटि सिलाएर राखिएको जस्तो भान पर्न जाने छ्।

जबसम्म पाटि एकताको मर्म ,आवस्यकता र एउटै बिचार बोकेर नेतृत्वले काम गर्दैन तबसम्म पुर्वबत गुट उपगुट देखिइ रहने छन । अझै सम्म पनि पूर्व एमालेका नेताले गरेका राम्रा काम लाइ पूर्व माओबादीका कार्यकर्ताले राम्रो हो भन्न सकेका छैनन र प्रचण्डले गरेका राम्रा कुराका प्रचारमा पूर्व एमालेका कार्यकर्ताले सघाएको देखिदैन । सहयोगको ठिक उल्टो माओबादी नेताले गरेका गल्ति एमालेका कार्यकर्ताले भाइरल बनाउने र एमाले नेताले गरेका गरेका गल्ति माओबादी कार्यकर्ताले सामाजिक सन्जाल भरि छरपस्ट पार्ने काम रोकिन सकेको छैन यो कार्यले नेकपालाइ नै बेफाइदा हो । यस्तो हर्कतले दुइ पार्टीलाइ चिनि पानी जस्तो घुलित नगरि दुइ कपडाका टुक्रालाइ सिलाएर एउटा रुमाल बनाएको जस्तो मात्रै देखिन्छ् ।

पदको पछिपछि लागेर नेता बन्ने होडबाजि को दौडमा मात्र हिडेको देख्दा दुइ पार्टी मिलेको छनक देखिदैन बरु शक्तिको लागी लुछाचुँडी गरेको भान पर्न सक्छ् । एमलेले जितेको स्थानिय सरकारमा माओबादिलाइ सामेल नगराउनु र माओबादीले जितेको ठाउँमा एमालेका कार्यकर्तालाइ अगाडी आउनै दिनु हुदैन भन्ने मानसिकताले हिड्नु घातक बन्ने छ्। तेसैले नेकपा सिलाइएको होइन घुलाएको हो भन्ने छनक दिनको लागे सहमति र सहकार्य गर्नु टक्टारो आवश्यकता हो । यतिबेला छिमेकी देश भारतले मिचिएको सीमा नेपालले फर्काउने काममा सरकार लागेको छ यो बेलामा सबै शक्ति एक भएर नेपालको भूमि लिपुलेख,कालापानी लगाएर फिर्ता ल्याउन एक् हौं राष्ट्र र राष्ट्रियता बचाउँन अझ एक भएर जुटोस नेकपा शुभकामना ।

@माडि चितवन

फेसबुकबाट तपाइको प्रतिक्रिया