Nepali date


सोमवार, जेष्ठ १२, २०७७

कोरोनाबाट विश्वभर नेपाली ७८ जना मृत्यु,५,५८१ जनामा संक्रमण : एनआरएनए

जापान । कोरोना भाइरसको कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ(एनआरएनए) ले जनाएको छ । एनआरएनएका अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरूको संख्या ५,५८१ जना छ ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १५ पुगेको छ । न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा एक जना नेपालीको मृत्यु भएको हो । यस्तै युएई मा ६ जना र आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन र स्वीडेनमा एक(एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनए स्वास्थ्य समिति जनाएको छ ।

कोरोना भाइरसका यो हप्ता थप ५ जना नेपालीले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेहरुको संख्या बेलायतमा २ तथा स्वीडेन, बहराइन र युएईमा एक-एक जना थपिएका छन् । नेपालबाहेक विश्वभर पाँच हजार चार सय ७२ जना गैरआवासीय नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये दुई हजारभन्दा बढी नेपालीहरू कोरोना भाइरसबाट मुक्त भएको सो समितिले जनाएको छ । विदेशमा रहेका नेपाल समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साताभन्दा कम हुँदै गएको छ । तर यो साता फिनल्याण्ड, र स्वीडेनका नेपालीहहरूमा नयाँ संक्रमण देखिएको छ । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार ९ देशमा गैरआवासीय नेपालीहरूको ज्यान गएको छ भने बाँकी २० देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार कतारमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, युके एक हजार, बहराइनमा दुई सय ४५, युएईमा १ सय ४९, कुवेतमा ७८, नेपालमा १०९, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी स्पेन र अष्ट्रेलियामा १२-१२ जना तथा जापान र क्यानडामा १०-१० जना नेपाली संक्रमित छन् । बेल्जियममा ६, स्विट्जरल्याण्डमा ५ तथा जर्मनी र फिनल्याण्डमा ४-४ जना नेपालीलाई कोरोना पुष्टि भएको छ ।

यसैगरी साइप्रस र न्युजिल्याण्डमा ३-३ जना, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा २-२ जना तथा म्यानमार र फ्रान्समा १-१ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएनएले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: