Nepali date


मङ्लबार, चैत्र २५, २०७६

एनआरएनए जापानले आईसीसीमार्फत प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग गर्ने

टोकियो । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानले  ५ लाख रुपैँया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

एनआरएनए जापानले एनआरएनए आईसीसी मार्फत प्रधानमन्त्री राहत कोषमा ५ लाख रुपैँया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।

उक्त प्रतिबद्दता रकम संकलनका निम्ति एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीको  संयोजकत्त्वमा उपाध्यक्ष नबिन निउरे,सचिव टिकाराम खरेल, कोषाध्यक्ष कालिका थापा, प्रवक्ता सिद्धार्थ  श्रेष्ठ,महिला संयोजक संगीता अधिकारी, सदस्य श्याम खड्का र रामकृष्ण श्रेष्ठ तथा सबै क्षेत्रीय संयोजक सदस्य रहने गरी १७ सदस्यीय आर्थिक संकलन समितिपनि गठन गरिएको छ ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने निर्णय भएको महासचिव जनकबिक्रम शाहीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: