सोमबार, बैशाख ०७, २०८३

एनआरएनए जापानले ४० लाख येन आपत्तकालिन राहत कोषमा जम्मा गर्ने

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले ४० लाख येन  आपतकालीन राहत कोषमा जम्मा गर्ने भएको छ ।

एनआरएनए जापानको कोषमा नगद ५० लाख १७ हजार ७ सय ५४  येन रहेको र जसमध्ये ४० लाख येन  एनआरएनए जापानको आपतकालीन राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो । साथै जापान स्थित बिभिन्न क्षेत्रका सक्रिय नेपाली तथा  जापानी व्यक्तित्त्वहरुलाई ,नेपाली समुदाय र नेपालका लागि योगदान पुर्याएको आधारमा मानर्थ सदस्यमा मनोनित गरेको छ ।

एनआरएनए जापानको रिक्त महिला सदस्यमा स्मृति आचार्यलाई मनोनित गरिएको विज्ञप्तिमा जनाएको छ। यसका साथै आईसिसी अधिवेशनमा प्रतिनिधी जानका लागि सदस्यता शुल्क बुझाएता पनि एनआरएनए जापानले तोकेको मापदण्ड नपुगी जान नपाएका  सदस्यहरूलाई कोषाध्यक्ष कालिका थापाको संयोजक्तामा पाँच सदस्य कार्यदल गठन गरी शुल्क फिर्ता  सम्पन्न गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ मानर्थ परिषद सदस्यको नामावली

एनआरएनए जापानका प्रवक्ता श्रेष्ठका अनुसार मार्च १ तारीख बसेको तेश्रो नियमित बैठकले अन्य विविध निर्णयसंगै सन २०१९ – ०२१ का लागि मानर्थ परिषद गठन गरेको छ । एनआरएनए जापानले प्रकाशित विज्ञप्तीका अनुसार मानर्थ परिषदमा –  हरी सापकोटा , राजन श्रेष्ठ ,अर्जुन अधिकारी , राजेन्द्र श्रेष्ठ ,राजबिन थापा , मुक्तीराम खरेल , टिकाराम कडेल , प्रेम आचार्य , सन्तोष थापा , दिपक देबकोटा ,सागर कंडेल , राजकुमार अधिकारी , यम खत्री , राजेन्द्र थापा , अर्जुन केसी ,माधव उप्रेती, शुसिल गिरी , महेन्द्र गिरी ,महेस रिसाल , बुद्धी शेरचन ,गोपाल सापकोटा , पुरुषोत्तम सिग्देल , नारायण कंडेल , सुनिल केसी , सागर भन्डारी , भोजेन्द्र सुबेदी , गृष्मा पौडेल , नबिन अधिकारी , गेलु शेर्पा , कृष्ण सापकोटा , दिनेस लोहनी , अम्बर गुरुङ , रत्न सिंह बस्नेत , हरी लामीछाने , सुमन लिम्बु , कृष्ण के सी , आशीष थापा , शरद राई , पुर्ण चलाउने , अर्जुन थापा , गिरीजा गैरे , बिष्णु भन्डारी , कृष्ण खरेल , राज पुरी, जापानी नागरिक , मियाजाकी कोजी , युकी आबे , कोनिसि तोसिआकी , युको सानो , सासाकी हिरो ,योसिहरु कोमियामा ,यामासिता किन्जोलाई मनोनित गरिएको जनाएको छ ।