Nepali date


बुधबार, जेष्ठ २१, २०७७

गैरआवासीय नेपाली संघ जापानको महिला फोरम गठन

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको महिला फोरम गठन भएको छ । गत साता टोकियोमा भएको महिलाहरुको भेलाले एनआरएनए एनसीसी जापानकी महिला संयोजक संगिता अधिकारीको संयोजकत्वमा महिला फोरम गठन गरेको हो ।
जसको सचिवमा कमला कपरी र कोषाध्यक्षमा विष्णु वाँनिया (प्रज्ञा)रहनुभएको छ । त्यस्तै अन्य लाई सदस्यमा थप्दै जाने निर्णय गरेको छ ।
भेलाले फोरमको सल्लाहकारमा एनआरएनए आईसिसी सदस्य इन्दिरा सुजुकी,एनसिसी वरिष्ठ उपाध्यक्ष अनिता गरुङ,महिला उपाध्यक्ष सविता श्रेष्ठ,कोषाध्यक्ष कालिका थापा,महिला सदस्य अन्जु भण्डारी,सरिता ढकाल,चन्द्रा अधिकारी केशी,गृष्मा पौडेल,सर्मिला श्रेष्ठ र उमा ओस्तीलाई राख्ने निर्णय गरेको छ ।

भेलालाई सम्बोधन गर्दै एनआरएनए जापानकी महिला संयोजक संगिता अधिकारीले आफ्नो कार्यकालमा जापानमा रहेका महिलाका समस्यालाई समाधान गर्न पहल गर्ने बताउनुभयो । जापानमा रहेका डिपेन्नेन महिलालाई शसक्तीकरणका लागि मार्च ८ मा नारी दिवसको अवसर पारी प्रशिक्षण कार्यक्रम राख्ने बताउनुभयो ।
त्यस्तै जापानमा बच्चा जन्माउने महिलालाई जापानको निती नियम र सेवा, सुविधाको विषयमा “मात्तृशिशु र परिवार नियोजन “सम्बन्धी कार्यक्रम गर्ने उल्लेख गर्नुभयो । संयोजक अधिकारीले नेपाल सरकारको भ्रमण बर्ष २०२० सफल पार्नु जापानमा रहने नेपालीको पनि दायित्व भएकोले जापानको व्यस्त सडक तथा स्टेशनमा नेपालको पहिचान झल्कने पोशाक सहित भिजिट नेपाल २०२० लोगो सहितको पर्चा वितरण गरेर जापानीज नागरिकलाई नेपाल भ्रमणका लागि उत्साहि गर्ने लगायतका कार्यहरु गर्ने जानकारी दिनुभयो ।
प्रमुख अतिथीको आसनबाट बोल्दै एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले जापानमा घरेलु हिंसा बढेकाले त्यसको समाधानका लागि सचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।
मेलामा उपस्थित महिलाहरुले जापानका महिलाको समस्या पहिचान गरी देश, समय र माग अनुसारका कार्यक्रम र योजना ल्याउन सुझाव दिएका थिए ।
कार्यक्रम एनआरएनए जापानकी महिला संयोजक संगिता अधिकारीको अध्यक्षता महिला उपाध्यक्ष सविता श्रेष्ठको स्वागत र पत्रकार लक्ष्मी पौडेलको संचालनमा समापन भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया