Nepali date


बुधबार, फाल्गुन १४, २०७६

क्रान्तिकारी हुँ भन्नेहरूले किन भुल्दै छौँ क्रान्तिकारीता ?

बिनोद खड्का,लिखु तामाकोसी गापा रामेछाप, 

-बास्तबमा  कम्युनिस्ट  भन्ने बितिकै क्रान्तिकारी  र परिवर्तन कारी हरू भनेर बुझिन्छ  । तर पछिल्लो  समय क्रान्तिकारी  हुँ भन्ने हरूको आचरण  जीवन  शैली  उनिहरूको उठबस् हेर्दा कतै हामी  क्रान्तिकारी  हरूको नाममा लतपतियर  सामन्ती  र पुजीवादी  हरूको जीवनयापन त जी रहेका छैनौं रु साच्चै  क्रान्तिकारी  हरू आफैमा निर्डर हुनुपर्ने  हो तर पछिल्लो  समय देखिदै गएको  क्रान्तिकारीता यहाँ  बयान  गरेर साध्य छैन्  । क्रान्तिकारी  हुँ भन्छन्  तर उ सामन्ती सोचमै रूमलिरहेको अथवा  एउटाको दास बनिरहेको  देखिन्छ । क्रान्तिकारी  भन्ने बितिकै गलतको खरो खण्डन  र सहीको बढो हार्दिकता पुर्वक  स्वागत  गर्नेलाई नै असली  क्रान्तिकारी  भनेर बुझिन्छ ।

तर पछिल्लो  समय क्रान्तिकारीको नाम बेचिरहने भजाई रहने तर उसको हरेक  गतिविधि  एउटा  ब्यक्तिमा दास वा लम्पसार  बनी रहने हरूले गर्दा साच्चै  क्रान्तिकारी  नाम मै दाग लागिरहेको  छ भन्ने अनुभुती  मज्जाले  गर्न सकिन्छ ।

क्रान्तिकारी  त्यो  हो जो  एक्लै  किन नहोस्  उसले गलतको भण्डाफोर  गर्छ आलोचना  गर्छ जनतामा सुसूचित  गर्छ उ कसैको दास बन्दैन  कसैले  छेक्दा छेकिन्न रोक्दा रोकिन्न र सदै अन्यायको  विरुद्ध आफ्ना रचनात्मक बिभिन्र माध्यम बाट आफ्ना विचार  हरू सार्वजनिक  गर्छन्  सुसूचित  गर्छन्  भन्ने त्यो  चाहिँ क्रान्तिकारीता हो । तर पछिल्लो  समय क्रान्तिकारीताको नाममा ब्यक्तिवादी  लम्पसारवादी र त जा भन्ने जान्ने नजा भन्ने नजाने खालका कथा कथित  क्रान्तिकारी  हुँ भन्ने हरूले गर्दा साच्चै  क्रान्तिकारी नाममा दखल मात्र  हैन दाग लाग्ने सम्भावना  बढेर आको प्रष्ट  देखिन्छ ।

क्रान्तिकारी  भनेको  एक बहादुर  नै हो उ एक्लै  हुदा पनि निश्चित  रूपमा आफ्ना कुराहरू  निर्धक्क  राख्न सक्नेलाई खास क्रान्तिकारी  भनिन्छ  । क्रान्तिकारी  हरू न बिक्न सक्छन्  न बिक्छन्  न अरूको एक गाँस  खाएको  भरमा उसको  गुनगान गाउछन्  न धम्काउदा वा ब्यक्तिले रोक्दा ती क्रान्तिकारी  हरू रोकिन्छन्  । तर पछिल्लो  समयका क्रान्तिकारी  हुँ भन्ने हरू साच्चै  दासी मानसिकता  बाट चल्दा साच्चै  क्रान्तिकारी  भनिने शब्दमै ठेस पुग्ने सम्भावना  प्रष्ट  सँग देख्न सकिन्छ । त्यसैले  क्रान्तिकारी यति तपाईं  हो भन्ने साच्चै  क्रान्तिकारीता पथमा हिड्न आवश्यक  छ क्रान्तिकारीता नाम त्यतिकै लेखिएको  हैन यसलाई  गहिरो  ढंगले  बुझ्दै र अन्यको दासी र सामन्ती  सोच त्यागेर अगाडि  बढ्यो  भन्ने मात्र  तपाईं  मा भएको  क्रान्तिकारीताले सार्थकता पाउला नत्र तपाईंको क्रान्तिकारीता एक दिन खोस्टा जस्तो  हुने निश्चय  छ ख्याल  गर्नु होला क्रान्तिकारी  हुँ भन्य महोदय  हरू ।

( नेकपा ) पालिका सदस्य एवम्  लिखु तामाकोसी  युवा संजाल  संयोजक

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: