सोमबार, बैशाख ०७, २०८३

एनआरएनए जापानको प्रवक्तामा सिद्धार्थ श्रेष्ठ चयन (विज्ञप्तिसहित)

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रवक्तामा सिद्धार्थ श्रेष्ठ चयन हुनु भएका छ ।

टोक्योमा आइतवार बसेको कार्य समितिको बैठकले श्रेष्ठलाई एनआरएनए जापानको २०१९-०२१ को लागी प्रवक्तामा चयन गरेको हो ।

बिगत एक दशकअघि बाट व्यवसायी गर्दै आउनु भएका श्रेष्ठलाई अध्यक्ष देवीलाल भण्डारीको प्रस्तावबाट प्रवक्तामा चयन गरिएको महासचिब जनकबिक्रम शाहीले जानकारी दिनु भयो । पछिल्लो समय एनआरएनएप्रति बढ़ी समय दिएको र जापानमा निसर्त निडर भएर खटाईको आधारमा श्रेष्ठलाई प्रवक्तामा चयन गरिएको अध्यक्ष भण्डारीले बताउनु भयो ।

एनआरएनए जापान २०१९-०२१ को लागी प्रवक्तामा चयनसंगै श्रेष्ठले सबैसंग सहकार्य गरेर अघि बढ़ने बताउनु भयो । यस अघि मनोनित सदस्यहरुलाई सफत ग्रहण पनि गराईएको छ ।

एनआरएनए जापानको नियमित  बैठकको मिति तय,क्षेत्रिय समिति भेला,आइसीसी महाधिवेसनमा जाने प्रतिनिधि हरुको लागि परिषदको खातामा जम्मा भएको बाँकी रकम फिर्ताको लागि कोषाध्यक्ष कालिका थापाको संयोजकत्त्वमा, नारायण खडका तथा नबिन निउरे सहितको २ सदस्यीय समिति गठन,पंजिकृत सदस्यहरुको परिचय वितरण लगायतका विषयहरुमा महत्वपूर्ण निर्णयहरु भएका छन् ।

पुर्ण निर्णयहरु