सोमबार, बैशाख ०७, २०८३

संघीय राजधानी काठमाडौँमा एनआरएनएले सार्वजनिक शौचालय बनाइदिने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौँका व्यस्त  चोकहरूमा सार्वजनिक शौचालय निर्माण गरिदिने भएको छ ।

महानगरपालिकासँगको सहकार्यमा संघले काठमाडौँका प्रमुख व्यस्त चोकहरूमा सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि सारेको हो।

संघका अध्यक्ष कुमार पन्तले  यसमा महानगरका तर्फबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए। उनका अनुसार केही स्थानमा महानगर र संघको संयुक्त टोलीले स्थलगत अध्ययन गरिसकेको छ । कलंकी, सुन्धारा, कोटेश्वर, माछापोखरी, चावहिललगायतका क्षेत्रमा महानगरले जग्गा उपलब्ध गराउने र एनआरएनएले शौचालय निर्माण तथा सुरुका केही वर्ष सञ्चालनको जिम्मेवारी लिने भएको हो।

मुलुकको संघीय राजधानी मात्र नभई प्रत्येक विदेशी पर्यटकलाई स्वागत गर्ने महानगर समेत भएकाले काठमाडौँलाई स्वच्छ र सफा राख्न यो पहल कदमी थालिएको अध्यक्ष पन्तले बताए ।