आइतबार, बैशाख ०६, २०८३

एनआरएनए अध्यक्ष पन्त आफैँ खटेर लाप्राक नमुना बस्ती मंसिरभित्रै सम्पन्न गर्दै

गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मेगा प्रोजेक्टको रुपमा सञ्चालीत लाप्राक नमूना बस्तीको निर्माण कार्य मंसिर महिनाभित्रै सम्पन्न हुने भएको छ ।

प्रोजेक्ट मंसिर महिनाभित्रै सम्पन्न गर्न एनआरएनएका अध्यक्ष कुमार पन्त लाप्राकमै बसेर निर्माण कार्यलाई तीब्रता दिइरहनु भएको छ ।

लाप्राकमा एनआरएनएको तर्फबाट गर्नुपर्ने निर्माणको सम्पूर्ण कार्य पूरा भएको छ । यद्यपी स्थानीयले सम्झौता अनुसार काम नगर्दा निर्माण कार्य लब्बिएको हो । सो प्रोजेक्टको विषयमा शूरु देखि नै नजिकबाट बुझनु भएको पन्त एनआरएनएको अध्यक्षमा निर्वाचीत भएसँगै पहिलो मिसनका साथ लाप्राक नमूना बस्तीको निर्माण कार्य चाँडो भन्दा चाँडो सम्पन्न गर्न लाप्राकमा खटिरहनु भएको हो । पन्तले एनआरएनएले लाप्राक नमुना बस्तीलाई अलपत्र छाड्यो भन्ने चर्चा चलिरहँदा हल्लालाई वेवास्था गर्नुहुँदै लाप्राक बस्ती हस्तान्तरणमा भइरहेको ढिलाई, उठेको प्रश्न र गुनासोहरु तथा निर्माण कार्यको यर्थात बुझन केहि दिनदेखि लाप्राकमा ब्यस्त रहनु भएको हो ।

पन्तले सबै पक्षसँगको ब्यापक छलफल पछि दिनभर जसो स्थानीयसँग अन्र्तक्रिया गर्नुभयो । जसमा उनीहरुको वास्तावीक समस्या, अब चाल्नुपर्ने कदम र गर्नुपर्ने काम तथा विगतमा विभिन्न पक्षबाट भएका कमीकमजोरीलाई समिक्षा गर्दै स्थानीय सम्झौता अनुसार काम गर्न राजी भए । जसमा स्थानीय आफैले सम्झौता अनुसार आफूहरुले काम नगरेको र आपनो पक्षबाट पनि धेरै कमजोरी भएको भन्दै अब जंगलबाट काठ ल्याउने विषयमा सहमत हुँदै अबको १५ दिनभित्र शौचालय सहित जंगलबाट काठ ल्याएर घरको पार्टेसन गरि मंसिरभित्रै निर्माण सम्पन्न गरिने भएको छ ।

अध्यक्ष पन्तले निर्माणमा बाँकि काम मध्ये स्थानीयसँगको सम्झौताअनुसार आधा भन्दा बढी काठ काटिसकेको र दुई साताभित्र काठ ल्याएर स्थानीयले पार्टेसनको काम गरिसक्ने सहमती भएको बताउनुभयो । ‘हाम्रो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न भइसकेको छ’, पन्तले भन्नुभयो, ‘अहिले बाँकि पार्टेसन र शौचालय बनाउने काम सम्झौता बाहिरको हो, यद्यपी एनआरएनएले स्थानीयको माग अनुसार शौचालय बनाइरहेको हो । पुन: निर्माण प्राधिकरणलाई गाउँपालिकाले बुझाउनुपर्ने लाभग्राही सूची बुझाउन अझै सकिएको छैन,  कतीपयको दोहोरो घर परेकाले लाभग्राहीको यकीन सूची तयार हुन बाँकि भएको पाइयो । सो विषयमा गाउँपालीकाले एक साताभित्र यर्थात सूची पुनस् निर्माण प्राधिकरणलाई बुझाउन सहमती भएको छ’, पन्तले भन्नुभयो ।

लाभग्राहीको यर्थात विवरण एक साताभित्र तयार हुने, शौचालयको निर्माण सकिने, स्थानीयले जंगलमा काटिएको काठ ल्याएर घरको पार्टेसनको काम ढिलोमा तीन साताभित्र सम्पन्न हुने भएकाले मंसिरभित्र सम्पूर्ण निर्माणको कार्य पूरा हुने पन्तले बताउनुभयो ।

लाप्राक नमुना बस्ती निर्माणमा वर्षको पाँच महिना भन्दा बढी काम गर्न नसकिने, पहिरो र गाह्रो बाटो लगायतको प्रतिकूल समस्याले केहि ढिलाई हुन गए पनि मिडियामा आएजस्तै एनआरएनएले लाप्राक प्रोजेक्ट अलपत्र छाडेर गयो भन्ने हल्ला साँच्चो नभएको समेत स्पष्ट पार्नुभयो । अध्यक्ष पन्तले मंसिरभित्र निर्माण सम्पन्न गरि आगामी भूकम्प दिवसको दिन राष्ट्रपतीबाट हस्तान्तरण गर्ने तयारी भइरहेको समेत जानकारी गराउनुभयो ।

‘लाप्राकमा स्थानीयसँग कुराकानी गर्दा स्थानीयबासी अत्यन्तै खुसी र उत्साहीत भएको पाइयो’, पन्तले भन्नुभयो, ‘बाहिर हल्ला आएजस्तो स्थानीयबासी असन्तुष्टि भन्ने कुरा गलत रहेछ ।