Nepali date


शुक्रबार, कार्तिक २९, २०७६

जापानमा नेपालीको समस्या वारे एनआरएनए र पत्रकार महासंघविच छलफल

इन्दिरा खनाल,टोकियो । जापानका नेपालीको जिवनस्तर उकास्नु नै पहिलो प्राथामिकता भएको एनआरएनए जापानका अभियान्ताले बताएका छन् ।

आईतबार एनआरएनए जापान र नेपाल पत्रकार महासंघ जापानबीच टोकियोमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै एनआरएनए अभियान्ताले उक्त कुरा बताएका हुन ।

जापानमा नेपालीको संङख्यामा वृद्धी भएसंगै समस्या पनि बढेकाले समस्या न्युनिकरण गर्ने र जिवनस्तर उकास्नु नै नयाँ कार्यसमिlतको प्राथामिकता भएको बताएका छन् । काम गरेर देखाउने बेला आएको भन्दै कार्ययोजना बनाएरै अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् । पत्रकारका सुझाबलाई सम्बोधन गर्दै एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारीले सबैसंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भ्रमण बर्ष २०२० सफल पार्न, नेपालीका समस्या समाधान गर्न र नेपाल फेस्टिवल लगायतका महत्वपुर्ण बिषयमा सिङ्गो कार्यसमिती नै लाग्ने बताउनुभयो ।

एनआरएनए जापानका महासचिब जनक विक्रम शाहीको संचालनमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताले ९३ हजार नेपालीको प्रतिनिधित्व गर्दै अभिभावकको भूमिका निभाउन सुझाव दिएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया