Nepali date


शुक्रबार, कार्तिक २९, २०७६

एनआरएनएको नवौं विश्व सम्मेलनबाट अध्यक्षमा कुमार पन्त विजयी

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनबाट अध्यक्षमा कुमार पन्त विजयी भएका छन् ।

एनआरएनएको आगामी २ वर्षे कायकालका लागि शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा पन्त विजयी भएका हुन । उनले अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गरेका हुन् । पन्तले एक हजार २ सय १७ मत ल्याए भने आचार्यले एक हजार ७० मत ल्याए ।

५ उपाध्यक्षमा भने मिश्रति परिणाम आएको छ । खुलातर्फ पन्त समूहका बद्री केसी ११६३, अर्जुनकुमार श्रेष्ठ १०२७, सोनाम लामा ८९८ र आचार्य समूहका मन केसी ९६१ विजयी भएका छन् ।  महिला उपाध्यक्षमा पनि आचार्य समूहकै रविना थापा १२२१ मतका साथ विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी पन्त समूहकी सपिला राजभण्डारीले ८६३ मत ल्याएकी छन् ।

यस्तै २ सचिवमा गौरीराज जोशी ९१६ र आरकेशर्मा ८६८ विजयी भएका छन् ।

कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ १६५३ मतका साथ विजयी भएका छन् भने सह-कोषाध्यक्षमा लोकप्रसाद दहाल ११८४ विजयी भएका छन् । महिला संयोजकमा भोमादेवी लिम्बु ७०२) युवा संयोजकमा हिमाल गुरुङ ७६८ विजयी भएका छन् ।

एसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ

यसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ २१७ विजयी भएका छन् । दुई उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपाने १९८ र पारसमणि पोखरेल १९५ विजयी भए ।

महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कंडेल निर्बिरोध निर्वाचित भएका छन् ।

अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी

अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी १५४ विजयी भएका छन् । उपसंयोजकमा राम सी पोखरेल १५० विजयी भए । महिला संयोजकमा उमा कार्की थापा १४४ विजयी भइन् भने युवा संयोजकमा विमला सापकोटा निर्बिरोध भइन् ।

ओेसेनियाको संयोजकमा होमनाथ पाण्डे

ओसेनिया क्षेत्रको संयोजकमा होमनाथ पाण्डे १०५ विजयी भएका छन् । उनी ३ मतान्तरले मात्रै विजयी भए । उनका प्रतिस्पर्धी दिनेशराज जोशीले १०२ मत ल्याएका छन् । उप-संयोजकमा नवीन कंडेल १०७ विजयी भएका छन् । उनका प्रतिस्पर्धी हरि राम्जालीले १०० मत ल्याए ।

महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया भने निर्बिरोध चयन भएका छन् ।

युरोप क्षेत्रको संयोजकमा नारायणप्रसाद आचार्य

युरोप क्षेत्रको संयोजकमा नारायणप्रसाद आचार्य (२७४) विजयी भएका छन् ।

मध्यपूर्व र अफ्रिका क्षेत्रमा निर्बिरोध

मध्यपूर्व र अफि्रका क्षेत्रका भने सबै निर्बिरोध निर्वाचित भएका छन् । मध्यपूर्व क्षेत्रको संयोजकमा प्रवीन गुरुङ, दुई उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्बिरोध चयन भएका हुन् ।

महिला संयोजकमा सुमित्रादेवी पौडेर र युवो संयोजकमा राजु रेग्मी पनि निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रीय उपसंयोजक र युवा संयोजकमा भने उम्मेदवारी नै नपरेको निर्वाचन समितिले जनाएको छ ।तस्विर : संजिव दाहाल,काठमाडौं

 

 

फेसबुकबाट तपाइको प्रतिक्रिया