बिहिबार, चैत १५, २०८०

एनआरएनएलाई अझ शसक्त र चलायमान बनाउन अध्यक्षमा मेरो उम्मेदवारी: कुल आचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन्। संघको वर्तमान उपाध्यक्ष समेत रहेका आचार्यले आगामी कार्यकालमा नेतृत्व आफ्नो पोल्टामा पार्न निकै सक्रियता बढाएका छन्।

विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकहरुमा पुगेर राय तथा सुझाव लिई संघको आगामी नेतृत्वका लागि चुनावी मैदानमा उत्रेको आचार्यले बताएका छन्।

उनको उम्मेदवारी र भावी कार्यदिशाका बारेमा डिसी नेपाल प्रतिनिधि अमृत पौडेलले गरेको अन्तर्वार्ता:-

एनआरएनएको अध्यक्षमा तपाईको उम्मेद्वारी किन ?
लामो समयसम्म गैर आवासीय नेपाली संघमा काम गरे । काम गर्दै गर्दा संस्थालाई यहाँसम्म ल्याउन सफल भएका छौँ । गैर आवासीय नेपाली संघलाई अझ सशक्त, अझै प्रभावकारी बनाउँदै सबैको अपनत्वहुनेगरी संस्थाको नेतृत्व गर्नका लागि मैले एनआरएनको नेतृत्व लिनुपर्छ भनेर अगाडि बढेको हुँ । जहाँ मैले १२ वर्षदेखि निरन्तर सफलता पूर्वक काम गरेको अनुभव पनि छ।

तपाईले अन्तिमसम्म बार्गेनिङ्का लागि उम्मेद्वारी घोषणा गरेको आरोप छ नि ?
भन्नेले के भन्छ, कसले के हल्ला फैलाउँछ भन्ने पक्षमा म जान चाहन्न । अहिलेसम्म मैले ६६ पटक निर्वाचनमा भाग लिएर मैले जुन मनले चाहेका पदमा काम गर्नसक्छु भन्ने ठाउँमा मैले उम्मेद्वारी दिए । त्यसै अनुसार १२ वर्ष कमिटीमा रहेर काम गरेँ । अब यो जसले अफवाह फैलाउनका लागि कुल आचार्यको उम्मेद्वारी बार्गेनिङ् हो भन्छ म उनीहरूलाई समय नफालिकन यो महत्वपूर्ण घडिमा सकारात्मक विचार राख्नुहुन अनुरोध गर्दछु।

एनआरएनको अध्यक्षका अध्यक्षमा उम्मेद्वारी दिँदैगर्दा तपाईका ५ मूख्य योजना के के हुन् ?
सर्वप्रथम त हामी जसरी अरु पनि नेपाली बिदेशिन नपरोस् । मातृभूमिलाई समृद्ध बनाउन सकौँ । त्यस्तैगरी वैदेशिक रोजगारमा रहेको र विभिन्न समस्या झेलेकालाई मर्यादिन बैदेशिक र सुरक्षित रोजगारको व्यवस्था गर्न सकौँ । संसारभरि रहेका प्रवासी नेपालीहरूको नागरिकता र सम्पत्तिको विषयलाई सम्बोधन गर्न। पर्यटन प्रवद्र्धनका लागि। अझ भन्नु पर्दा पर्यटन वर्ष २०२० लाई व्यवस्थित गर्नका लागि। यो सत्ता सबै नेपालको भावनात्मक सत्ता बनाउनका लागि मेरो उम्मेद्वारी हो।

एनआरएनएको अधिवेशन र पर्यटन वर्षसँगसँगै सुरु हुँदै छ ? पर्यटन वर्षलाई सफल बनाउने केही योजना छन् ?
पक्कै पनि मेरो एउटा बुँदा पर्यटन प्रवद्र्धनका लागि छ। हामीले पहिलै निर्णय पनि गरिसकेका छौँ की २०१९ लाई नै हामीले पर्यटन वर्ष भनेर गैरआवासीय नेपाली संघ मार्फत काम शुरु गरिरहेका छौँ। संसारभरि रहेका नेपालीहरुले जति विदेशी पर्यटनहरुलाई आकर्षीत गरेर लिएर आउन सक्छन्। सच्चा राजदूतका रुपमा लिएर आउन सक्छन्। त्यो भन्दा राम्रो अरु केही हुँदैन् र त्यसलाई कार्यान्वयन गर्न हामी तयार छौँ।

विदेशी लगानी नेपालमा भित्र्याउने तपाईको योजना के छ ?
हामीले अहिले हाम्रो डायसपोरा के छ भनेर हेर्नुपर्छ । र कति सक्षम छ र कति लगानी गर्न सक्छ भनेर हेर्नुपर्छ। त्यसमा म भन्दा बुझेको अरु छैनन् जस्तो मलाई लाग्छ। त्यो क्षमतालाई मुल्याङ्कन गर्दै हामीले राम्रो लगानी क्षेत्रको छनौट गरेर लगानी आभाह्वान गरौँ भने पहिला लगानी सुरु गर्दा पनि म बेलायत अध्यक्ष हुँदै गर्दा पहिलो कार्यक्रम शुरु गरेर एनआरएनएमा लगानी गरेको व्यक्ति हुनाले फेरि हामीले नेपाल सरकारसँग जुन सम्झौता गरेका छौँ। त्यो सम्झौताका आधारमा १० अर्ब बराबरको लगानी ल्याउने भन्ने छ । यसमा मेरो आग्रह के भन्दा नेपाल सरकारले पनि त्यसमा स्वामित्व रहने गरी केही प्रतिशत राखिदिओस्। र संसारभर रहेका नेपालीले सानादेखि देशमा काम गर्ने श्रमजिवीहरुले पनि त्यसमा लगानी गर्न सकुन र ठूला ठूला पुँजीपति हरुले पनि लगानी गर्न सकुन। र त्यो कम्पनी यस्तो होओस् की जुन कम्पनीले छिटो भन्दा छिटो मुनाफा दिएर गैरआवासियका साथीहरुले हाम्रो लागनीले हामीले मुनाफा लिन सफल भएका छौँ भन्ने खाले कम्पनी, जुन कम्पनी आइपीओमा छिधै जाने र पारदर्शी हुने कम्पनी र त्यो कम्पनीको पनि नेतृत्व गर्ने विज्ञ, जसले कम्पनीलाई माथि पुर्याउँछ। त्यसलाई लान म आतुर छु। मेरो नेतृत्व आइसकेपछि अझ यसलाई मजबुत बनाएर अगाडि जाने योजना छ।

ब्रिटिश गोर्खाहरुको समालमा लपाईका योजना के छन् ?
एनआरएनमा गोरखाका मुद्धामा सबैभन्दा बढी आवाज उठाउने व्यक्ति कुल आचार्य नै हो । गैर आवासीय नेपाली संघमा बेला बेलामा उहाँहरुलाई आफ्नो प्रस्तुती गर्न लगाउने र हाम्रा विभिन्न गोर्खाहरुले पहलहरुमा ऐकेबद्धता जनाउँदै हामीले गैर आवासीय नेपाली संघ मार्फत सहयोग गरेर भूपू गोर्खाहरुका समस्या समाधान गर्न सँधै पहल गरिरहेका छौँ र अहिलेको परिस्थितीमा जुन बालबालिकाहरुको सवाल जोडिएको छ त्यो समस्यालाई पनि हामी नेपाल सरकार र बेलायत सरकारको बीचमा कुटनीतिक रुपमा सम्झौता गर्न नेपाल सरकारले पहल गरोस् भन्दै मैले मेरो क्षेत्रबाट नेपाली गोर्खालीहरुको पक्षमा काम गरिरहेको छु र अझै गरिरहने छु ।

गैर आवासीय नेपालीका लागि दिईने भनिएको नागरिकताका सवालमा के योजना छन् ?
मो समयदेखि गैर आवासीय नेपालीलाई अधिकारसहितको नागरिकता दिनपर्छ भनेर जोडदार माग गर्नेहरुमा सम्भवत कुल आचार्यको नाम पहिलो नम्बरमा पर्छ होला । गैर आवासीयले सरल, सुलभ तरिकाले पाउने व्यवस्था हुनुपर्छ भनेर हामीले भन्दै आईरहेका छौँ र संविधानले व्यवस्था गरेको गैर आवासीय नागरिकता छिटो भन्दा छिटो कानुनी व्यवस्था गर्नुपर्नेछ । त्यसमा मेरो बढी समय खर्चेको हुनाले यसलाई अझै व्यवस्थित बनाउनका लागि म सँधै अग्रपंतिमा रहेर काम गर्नेछु ।

खाडी मुलुकमा रहेका नेपालीलाई एनआरएनमा सहभागी गराएर भोट बैँक बनाउने तर लगानी गर्ने अवसर नदिएको भन्ने गुनासो छ, यसलाई कसरी चिर्नुहुन्छ ?
यसअघिपनि हामीले सबै गैर आवासीय नेपालीलाई ध्यानमा राखेर एक लाख देखि एक करोड रुपैयाँसम्म लगानी गर्ने वातावरण गरेका थियौँ । त्यतिमात्रै नभएर एक लाख रुपैयाँ जम्मा गर्न नसक्नेले टिममा ४–५ जना मिलेर पनि एउटा शेयर लिन मिल्ने व्यवस्था गरेका थियौँ । त्यसले गर्दा अबको जुन हामी लगानी गर्ने वातावरण बनाउँछौँ त्यसमा सबैभन्दा बढी खाडी मुलुकहरुमा बस्ने ठुलो संख्यामा रहेको श्रममा गएका साथीहरुलाई अझ उत्प्रेरित हुने गरी वातावरण बनाउन तयार छौँ र गर्नका लागि अहिल्यै पनि छलफल चलाईरहेका छौँ । जहाँसम्मको कुरा छ भन्ने बेलामा र गर्नेबेलामा फरक पर्छ । कहिलेकाहीँ गर्दैगर्दाखेरी अवश्यपनि धेरै पूँजी हुनेले धेरै लगानी गरेको हुन्छ । मुनाफा धेरै कमाएको हुन्छ । तर थोरै लगानी गर्नेले थोरै पुँजी हुनेहरुलाई पछि पारेजस्तो भान मात्रै भएको हो । हामी जो समाजसेवी छौँ, एनआरएनएमा आबद्ध भएर काम गरिरहेका छौँ । हामीहरुले खाडी मुलुकहरुलाई भोट बैँकको रुपमा प्रयोग गरेको कदापी होईन र अझै पनि गर्नु हुँदैन।

विश्वभरबाट आएका प्रतिनिधिले एनआरएनएको अध्यक्षमा तपाईलाई भोट किन दिने ?
गैर आवासीय नेपाली संघको लामो सिपाही, १२ वर्षसम्म इमान्दारिताका साथ काम गरेको छु । यो समयमा अहिलेसम्म जानेर मैले जानेर यो सत्तालाई तल पारेर मैले कुनै व्यक्तिगत काम गरेको छैन । मेरो इमान्दारिता, लगावलाई हेरिदिनुहोस् मैलेअ अहिलेसम्म गरेको प्रयत्नलाई हेरिदिनुहोस् र मैले गरेका कामहरुलाई हेर्नुहोस् चाहे त्यो सुस्ता जाने काम होस्, चाहे जुम्ला गएर च्यारिटी गर्ने काम होस्, चाहे शंखमुल पार्क बनाउने काम होस्, चाहे त्यो गैर आवासीय नेपाली नागरिकताका लागि लबिङ्ग गर्ने काम होस्, चाहे सम्पतिका सवालमा जोडदार रुपमा माग गर्ने कुरा होस् ।

त्यतिमात्रै नभएर एफडिआईदेखि लिएर फ्रि रि पाटेसनका कुराहरुमा पनि बेला बेलामा लबिङ्ग गर्ने काम मैले गर्दै आएको छ । अहिले आएर गैर आवासीय नेपाली संघमा वास्तवमा भन्ने हो भने यदि हामी सबैको अथवा सच्चा गैर आवासीय नेपाली संघको सामुहिक एनआरएनए बनाउने हो भने सबैले मलाई खूशीका साथ भोट दिनुहुन्छ भन्ने मैले पूर्ण विश्वास गरेको छु ।