बिहिबार, बैशाख १३, २०८१

एनआरएनएको सचिवमा शिवकुमार बरुवालको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवमा शिवकुमार बरुवालले उम्मेदवारी घोषणा गरेका छन् । युरोप क्षेत्रका वर्तमान संयोजक समेत रहेका बरुवालले ११ बुँदे प्रतिबद्धताहरुसहित सचिवपदमा उम्मेदवारी दिने भएका हुन्।

दुई सातापछि काठमाडौंमा हुने संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए अभियानलाई सफल र सार्थक निस्कर्षमा पुर्‍याउन आँफूले उम्मेदवारी दिने बरुवालले बताएका छन् ।

 

एनआरएनए संजाललाई थप देशहरुमा बिस्तारगर्दै पञ्जीकृत सदस्यता लिने प्रक्रियालाई सहज बनाउने,वैदेशिक रोजगारीलाई जोखिम मुक्त र थप मर्यादित बनाउने, रेमिटेन्सलाई उत्पादन मुलक ठाउमा लगानी गर्ने बाताबरण बनाउन पहल गर्ने प्रतिवद्वताहरु उनले प्राथमकितामा राखेका छन्। एनआरएन सचिवालयलाई थप ब्यवस्थित गर्ने, एनआरएनहरुको सूचना केन्द्रको रुपमा विकास गर्ने,नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार, सामुहिक लगानी, एनआरएनए नागरिकता, भिजन २०२० एन्ड बियोण्डको कार्यान्वयन लगायतका विषयहरुलाई पनि बरुवालले जोड दिएका छन् ।

‘२८ वटा एनसीसी रहेको युरोप एनआरएनएको सबैभन्दा ठूलो क्षेत्र हो। युरोप संयोजकको रुपमा जिम्मेबारी निर्बाह गरेपछि सचिव पदकालागि मेरो स्वभाबिक उम्मेदवारी हो ।

बरुवाल बेल्जियम निबासी सफल ब्यबसायीसमेत हुन् ।