Nepali date


आइतवार, कार्तिक ३, २०७६

टिप्पणी : मन्त्रीलाई अपमान गर्ने राजदुत जनताको अभिभावक कसरी बन्ला ?

इन्दिरा खनाल,टोकियो जापान भ्रमणमा रहनुभएका नेपाल सरकारका ऊर्जा, जल़श्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनलाई जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले अपमान गरेको चर्चा भएको छ ।

जापानी बिकास नियोग (जाईका) को निमन्त्रणामा ४ दिने भ्रमणका लागि मन्त्री पुन मंगलबार जापान आउनुभएको थियो । ऊर्जा सम्बन्धि कार्यक्रममा सहभागि हुन जापान आउनु भएका मन्त्री पुनलाई राजदुत राणाले समन्वय गर्नुको साटो अपमान गरेको खुल्न आएको हो । मन्त्री नेपाल एयर लाईन्सबाट ओशाका बिमानस्थल आउदा समेत जानकारी छैन भन्दै कानमा तेल हालेर बसेकी राजदुत राणा लिनका लागि बिमानस्थल नआएको मन्त्रीको सचिवालयले जनाएको छ मन्त्रीको भ्रमणका विषयमा परराष्ट्रमन्त्रालय, ऊर्जा मन्त्रालय र मन्त्रीको सचिवालयबाट समेत आधिकारिक पत्र आएको मन्त्रीको सचिवालयले दावी गरेको छ । नेपाल सरकारको क्याबिनेट बैठकले भ्रमण दलमा राजदुत पनि समावेश गरिएको भएतापनि कतिपय मुख्य भेटघाटमा भने उपस्थित नभएको मन्त्री निकट श्रोतले बताएको छ । भ्रमणदलमा सहभागिता नजनाउने अडान लिएर बसेकी राजदुत राणा मन्त्रीको आग्रह पछि पहिलो दिनको दुई पक्षिय भेटघाटमा सहभागि भएपनि दोस्रो दिनको जाईकासंगको मुख्य बैठकमा भने उपस्थित नभएको मन्त्रीको सचिवालयले जनाएको छ । र यता राजदुतले पनि सहभागि हुन नसकेको स्विकार गर्नुभएको छ । सामान्य व्यक्तिको भ्रमणमा समेत बिमानस्थल पुग्ने राजदुत राणा बहालवाला मन्त्रीको भ्रमणमा जानकारी छैन भन्दै अव्यवहारीक बन्दा यतिबेला आलोचित बन्नुभएको छ । सामाजिक संजालमा समेत राजदुतको कार्यशैलि प्रति टिका टिप्पणी भएको छ । आईतबार जापानको टोकियोमा प्रवासी नेपाली एकता मन्चले आयोजना गरेको कार्यक्रमा समेत राणाले मन्त्रीको भ्रमणका बिषयमा ठाडो भाषामा जवाफ दिएको आयोजकले बताएका छन् । आफु राजदुत भएको र आफनै निर्णय नै सर्वमान्य हुने बताउनुभएको थियो । सुरुबाटै समन्वय नभएको र अपमान गरेको भन्दै ऊर्जा मन्त्री पुन रात्रीभोजमा नगएको मन्त्रीको सचिवालयले जनाएको छ ।

बिहिबार मन्त्री पुनको स्वागतका लागि नेपाली राजदुताबास टोकियोले नेपाली रेष्टुरेन्टमा रात्रीभोजको आयोजना गरेको थियो । मन्त्री नै उपस्थित नभएपछि सहभागीले समेत राजदुतको व्यवहारका कारण मन्त्री नआएको आकलन गरेका थिए । मन्त्रीको पद, मान मर्यादा र प्रतिष्ठामा ख्याल नगरी राजदुतले देखाएको व्यवहार अव्यवहारिक र अपमान भएको टिप्पणी समेत गरेका थिए । आफनो निर्णय चल्ने र आफुले आफैलाई राजदुत हु भन्दै दिएको जवाफ रात्रिभोजले घाम जस्तै छर्लङ पारिदियो । मन्त्रीसंग समझदारी भैसक्यो : राजदुत राणा यता राजदुत टेलिफोनमा कुराकानी गर्दै मन्त्रीको अपमान नभएको बताउनुभएको छ । बाहिर आएको हल्ला मात्रै हो हाम्रो समझदारी भैसक्यो राणाले भन्नुभयो । क्याबिनेटमा निर्णय भएपनि आफुलाई मन्त्री आउने जानकारी नै नभएको बताउनुभएको छ । उता मन्त्रीको सचिवालयले परराष्ट्रमन्त्रालय, ऊर्जा मन्त्रालय र मन्त्रीको सचिवालयबाट समेत आधिकारिक पत्र आएको दावी गरेको छ समन्वय नभएकै कारण राजदुतको रात्रीभोजको समयमै मन्त्री पुनको जापानी एक टोलीसंगको भेटघाट भएकोले उपस्थित नभएको मन्त्रीको सचिवालय टोलीले जनाए पनि अपमानको जवाफ दिइएको हो । यो बिषयमा मन्त्री पुनसंग धारणा लिन खोज्दा यस्ता कुराहरु सामान्य भएको भन्दै बिदेशमा भएका कुटनितिक नियोगहरुले उल्लेख्य काम नगर्दा सुधारको आवश्यक रहेको बताउनुभएको छ ।

करिब ९० हजार नेपाली रहेको जापानमा राजदुतको असहयोगका कारण धेरै नेपालीले दुख पाएको गुनासो समेत बढेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया