Nepali date


आइतवार, कार्तिक ३, २०७६

एनआरएनएको अमेरिकाज् क्षेत्रिय उप-संयाेजकमा अभिमन्य बस्नेतको घोषणा

क्यानेडा । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद एनआरएनए आइसीसीको आगामी २०१९-२०२१ कार्यकालमा अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक क्यानेडाबाट अभिमन्य बस्नेतले उपसंयोजकको लागि उम्मेद्वार हुने घोषणा गरेका छन् ।

हाल आईसिसि सदस्य बस्नेतले गैरआवासीय नेपाली संघ एनआरएनए०को आगामी नवौ बिश्व सम्मेलनमा अमेरिकाज् क्षेत्रिय उपसंयोजकमा उम्मेद्वारी घोषणा गरेका हुन् । बस्नेत यसअघि एनआरएनए राष्ट्रीय समन्वय परिषद क्यानेडाबाट नेतृत्व गरिसकेका बस्नेतले संघको स्थापना कालदेखी नै यसको गतिविधिमा सक्रिय रूपमा लागी परेका व्यक्ति हुन्  ।

बस्नेतले भुकम्पको राहत, बाढि पीडितलाई राहत होस् एनआएनए लार्पाकमा बनाउदै गरेको लार्पाक वस्तिमा समेत श्रम दान गरेका काम गरेका छन् । एनआरएनएलाई सबै बिचार, जात, बर्ग, समुदाय सहितको समाबेशी निर्माण गर्दै देशलाई आर्थिक उन्नति र समृद्धितर्फ लैजाने प्रमुख उदेश्यका साथ आफ्नो उमेद्वारि आयको बस्नेतले बताउछन् ।अमेरिकाज् क्षेत्रमा आसिसि नेतृत्व जसरिपनि एनआरएनए नेतृत्वमा ल्याउन लागि परिरहेको बताए ।

सिंगो अमेरिकाज् क्षेत्रमा समस्यालाई लड्ने एनआएनए सबल नेतृत्व ल्याउन लागि पर्ने उनले बताए ।  केही दिनभित्र नै आफ्नो घोषणापत्रका साथ अमेरिकाज् क्षेत्रमा सबै एनएनएनए माझ जाने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया