Nepali date


आइतवार, कार्तिक ३, २०७६

एनआरएनएको एशिया प्यासिफिक संयोजकमा अजिव गुरुङ ‘ओम’को उम्मेद्धारी

जापान ।  गैरआवसीय नेपाली संघ एनआरएनए जापानका पूर्व अध्यक्ष  अजिव गुरुङ ‘ओम’ले एनआरएनए एशिया प्यासिफिक संयोजक पदमा उम्मेदवारी दिनुहुने भएको छन् ।

पर्वत ज़िल्ला फलेवास नगरपालिका ८ ठानामौलाको खाल्टेमा जन्मीनूभएका गुरुङ बिगत लामो समयदेखी जापानमा स्थापित ब्यवसायी हुनूहुन्छ।३ पटक आइसीसी को ज़िम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएका गुरुङ जापानको पहिलो पूर्ण नेपाली लगानीमा संचालित रेमिटान्स कम्पनी जापान मनी एक्सप्रेसका सीईओ समेत हुनुहुन्छ।व्यक्तिगत स्वभावले निकै शान्त र मिजासिलो देखीनूहुने उहाँको वैचारिक पाटो भने अत्यंतै अटल र अडिक छ।देशको आर्थिक अवस्थालाई हेर्दा ग़ैरआवासीय नेपालीको प्रत्यक्ष सहयोगले भन्दा लगानीले देशलाई दीर्घकालीन सहायता प्रदानहुने उहाँको प्रस्ट बिचार छ।हरेक कुराको गहन विश्लेषण गरेर मात्रै प्रतिक्रिया दिने स्वभावको स्वयं अहिलेको नेतृत्वतहमा रहनुहुने साथीहरूले बताऊनूहुन्छ।निकै उदार मनोवृत्तिका उहाँले अघिल्ला अधिवेशनमा स्वयंको समर्थनमा साथीहरूलाई अघि सार्नू भएको थियो यध्यपि गुरुङले ग़ैरआवासिय नेपालीहरूको समुचित विकाशका लागी आफ्नो अपरिहार्यता महसूस गर्नुभएको छ ।

आदिवासी जनजाति महासंघ जापानका संस्थापक अध्यक्षसमेत रहनुभएका उहाँ अन्य थूप्रै सामाजिक संघ संस्थाहरूमा आवद्द हुनूहुन्छ।नेपालीका लागी नेपाली,एकपटकको नेपाली संधैको लागी नेपाली भन्ने ग़ैर आवासीय नेपाली संघको मूल नारालाई सार्थकता दिन आफ़ूले एसीया प्यासीफ़िकको संयोजकमा उमेद्दवारी दिन लागेको बताउनु भयो ।

ग़ैरआवासीय नेपाली आन्दोलन र अभियानको अगुवामा चिरपरिचित नाम हो ओम् गुरुङ ।ग़ैर आवासीय नेपाली संघको परिकल्पना,स्थापना र विकासका साथै एनसीसी र आइसीसी मा उहाँको अतुलनीय भूमिका रहेको सर्वबिधित नै छ ।

गुरुङ हाल नेपाल आदिवासी जनजाति महासंघ जापान,पर्वत समाज जापान,चितवन समाज जापान, तमु ह्युल छों धीं नेपालको अन्तर्राष्ट्रिय परिषद् सल्लाहकार लगाएत विभिन्न संस्थामा आवद्ध गुरुङ समसामयिक विषयमा कलमसमेत चलाउनु हुन्छ। जापानमा वृद्धि हूँदै गईरहेको बिध्यर्थी संख्यालाई भोली नेपालको बौद्धिक जनशक्ति भएकाले यसलाई सकारात्मक तरीक़ाले लिंदै बिध्यर्थीलाई आइपर्ने हरेक समस्याको पछाड़ी आफूले सक्दो  साथ र सहयोग  गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नु भयो ।

एनआरएनए एसिया प्यासिफिक संयोजक पदमा उम्मेद्धार गुरुङले गैरआवासीय नेपालीहरुको हक अधिकार र विदेशमा निधन भएक नेपालीहरुको सरकारी तवर वाट नेपाल शव र विदेशीभूमिमा अलपत्र नेपालीहरुको उद्धारमा आफु जोडदारसंग लाग्ने बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया