Nepali date


आइतवार, अशोज ५, २०७६

धेरै देशमा एनआरएनएको नेतृत्व चयन सहमतिमैं भैरहेको छ : अध्यक्ष भट्ट

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको ९ महाधिवेशन उद्घाटन सम्पन्न भएको छ ।

आज शुक्रवार टोकियोस्थित नाकानो जेरो हलमा महाधिवेशन उद्घाटन सम्पन्न भएको हो ।
उद्घाटनको अवसरमा एनआरएनए आईसीसी अध्यक्ष भबन भट्टले संसारमा रहेका गैरआवासीय नेपालीहरु एकजुट हुदैं गएको बताउनु भयो ।
अिहले धेरै देशमा एनआरएनएको नेतृत्व चयन सहमतिमैं भैरहेको बताउदै अध्यक्ष भट्टले एक्आपसमा जुटेर देशको विकासमा सहयोग गर्न अपिल गर्नु भयो ।

कार्यक्रमा एनआरएनए अध्यक्ष भट्टसहित उपाध्यक्ष कुल आचार्य,प्रवक्ता भुषण घिमिरे,युवा संयोजक सुदन थापा,एसिया संयोजक किरणविक्रम थापा, आईसीसी सदस्याहरु ओम गुरुङ,दिनेश गुरुङ,कपिलदेव थापा ,नायक राजेश हमाल लगाएतको आथिथ्यता रहेका थियो ।
सोहि कार्यक्रमको अवसरमा जापानको २०१७ २०१९ को कार्यकालमा उत्कृष्ट कार्य गरेको भन्दै कार्य समिति सदस्य सृजना पाण्डेलाई उत्कृष्ट सक्रिय सदस्यमा रूपमा सम्मान गरेको छ । साथै कान्तो क्षेत्रका निवर्तमान संयोजक नबिन निउरे र क्युसु क्षेत्रिया संयोजक लक्ष्मन बानियालाई पनि उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेका थिए ।

अधिवेशन उदघाटनको अवसरमा जापानमा सक्रिय पत्रकारिता गर्ने नेपालन्युजपोस्ट डट कमका सम्पादक राजन गौतम् तथा नेपालजापान डट कमका सम्पादक आनन्द कोईरालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अथिति जापानका लागि नेपाली राजदूत प्रतिभा राणा,एनआरएनए आईसीसी अध्यक्ष भबन भट्ट र एनआरएनए जापानका अध्यक्ष टासी वान्दी लामाले सम्मान गरेको थियो ।

कार्यक्रम एनआरएनए जापानका अध्यक्ष टासी वान्दी लामाको सभापतित्वमा महासचिव वुद्धिराज घिमिरेले संचालन गरि सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया