Nepali date


शुक्रबार, भदौ ६, २०७६

जापान-जापान नभन्नुहाेस मेहनत गर्न सके कमाइ नेपालमैं छ ।

फुर्वा शेर्पा,जापान ।
दिनहु कामकाे थकानले शरीर प्रायजसाे थकित हुन्छु । बल्लबल्ल हप्ताकाे एक दिन बिदा हुन्छ ।बिदाकाे सदुपयाेग गर्दै कहिले काहि नेपालमा रहनुभएका साथीभाइ अनि आफन्तजनसंग फाेनमा कुरा गर्छु । कुराकानीकाे क्रममा उहाँहरुले जापानमा ओर्किङ भिषा खुल्याे भन्छन के हाे बास्ताबिकता भनी साेध्नुहुन्छ ।अधिकांशले भिषा प्रकृया ,तलब ,लाग्ने खर्चबारे साेध्नुहुन्छ ।उहाँहरुले यसरी साेधपुछ गर्नु स्वभाविक ठान्दछु ।
किनकि नेपालमा धेरैजसाे बेराेजगारीकाे चपेटामा परेकायुवाहरु धेरै छन । उहाहरुकाे बुझाइ अनुसार जापानमा जसलेपनि मासिक २ लाख रुपैया कमाइन्छ रृणपान गरेर जापान गएपनि दुख गरे १ बर्षभित्र उकास्न सकिहाल्छ भन्ने छ ।बास्ताबिकता उहाहरुकाे बुझाइभन्दा धेरै फ़रक छ ।बास्ताबिकता बुझ्ने काेसिस नगन्यले मात्र गरेकाे पाइन्छ ।जापान बिश्वकै महँगी देशकाे सुचीमा पर्छ ।यहाँ बिशेषगरी काेठा भाडा ,माेबाइल ,रेल भाँडा महँगाे छ ।काम गर्न थालिएकाे एक बर्षपछि जापान सरकारकाे नीति नियमानुसार यहाकै नागारिक साेसरह बिभिन्न थरिका कर र बिमा सुबिधाका लागि पैसा तिर्नुपर्ने हुन्छ ।

हामी सानाे देशबाट आएर सिधै यहाकाे नियम पालना गर्न गाह्राे हुन्छ ।आफ्नाे भबिस्यकाेसुरक्षाकाे लागि बिमा र कर नतिरि हुदैन ।हामी धेरै नेपालीकाे बाध्यता पैसा कमाएर नेपाल पठाउनै पर्याे। जापानमा केही बर्ष अगाडिसम्म २८ धण्टा भन्दा बढी काम गरेपनि भिषामा खासै समस्या आउदैनथ्याे तर आजभेलि जापानबासी नेपालीहरु जापान इमिग्रेशनकाे निगारानीमा परेकाे छ ।भिषा र कामकाे समस्याका कारण धेरै नेपालीहरुकाे आेठमा हाँसाे छाएकाे पाइदैन ।२८ घण्टामात्रै काम गरे एक जनाकाे पेट पाल्न बाहेक केही गर्न नसकिने अधिकांशकाे गुनासाे रहेकाे पाइन्छ ।
आेभरटाइम धेरै गर्ने नेपालीहरुलाइ इमिग्रेसनले बारम्बर चेतावानी दिने र अन्तत्वाेगत्व नेपाल फर्कन बाध्य गराउदै आएका छन ।
जापानमा कामगर्ने ठाउँमा ,रेल,बिभिन्न नेपाली कार्यक्रम हरुमा भेटघाट हुने साथीभाइहरुसंग भेटघाट हुदा बिशेषत काम र भिषाकाे समस्याबारे गफगाफ गर्ने गरेकाे पाइन्छ ।जापानमा अधिकांशले भाेग्दै आइरहेका यी समस्याहरु समाधान गर्ने बारे नगन्यले मात्र ध्यान दिंएकाे पाइन्छ । पीडितहरु उचित समन्वयकाे अभाव,सही समयमा सही सुचना प्राप्त हुन नसक्दा कुहिराे भित्र हराएकाे काँग झै भएकाे पाइन्छ । हुन त बिदेशमा आफ्नाे भन्ने हुदैनभन्ने हुदैन भनिन्छ तर नेपालीहरुकाे समस्या नेपालीहरुले नै समाधान गर्न हेल्पडेक्स र सुचनापरामर्श केन्द्र खाेलिनु दर्जनाै संघसंस्थाका जिम्मेवार ब्यक्तिहरुले मुख्य जिम्मेवारी बहन गर्न सक्नुपर्दछ ।
नेपालकाे शन्दर्भमा हेर्ने हाे भने अहिले कैयाै युवाहरु बिभिन्न अनर्गल प्रचार ,एजेन्टहरुकाे प्रलाेभन र बिझापनहरुले लाेभिएर जापान जान लाखाै रुपैया ख़र्च गर्न तयार देखिन्छन ।कतिपय साथीहरुले सहजै जापानमा ओर्किङ खुल्याे भन्छन भिषा पठाइदिनु आउन पर्याे नेपालमा बसेर के गर्नुभन्छन ।कसैले जापानमा नेपाली रेस्टुरेन्ट र केयरगिभरमा मान्छे मागिरहेकाे छ बुझ्नु भन्छन त कसैले टुरिस्ट भिषामा आएर काम गर्छु भन्नुहुन्छ । उहाँहरुले आफ्नाे चाहना ब्यक्त गर्नु स्वाभाभिक हाे किनकि म पनि अर्काे कुनै दुनिया बाट जापान आएकाे हाेइन एउटै धरातल र माटाेमा हुर्किएर केही सिकिन्छ अनि आफ्नाे र घरपरिवारकाे भबिस्य सुन्दर बनाउन घरदेश त्यागेकाे एक सैनिक जस्तै हु नेपाल हुदा मैले पनि बिदेशमा रहेका साथी आफन्तहरुसंग यस्तै चाहना अनि अनुराेध नगरेकाे कदापि हाेइन ।
जापानमा बल्लतल्ल आएका बिध्यार्थी डिपेन्डेन्ट लगायत अन्य केही नेपालीहरु भिषा रिन्यु गर्न नपाउदै फर्कनुपर्ने दुखद अवस्था सिर्जना भएकाे छ ।अत २ लाख कमाउने साेचले मात्र आतुर नहुनुहाेस ।जापानमा पाइला टेकेपछि पालना गर्नुपर्ने नीति नियम ,बिभिन्न कर ,बिमा ,दैनिक हुने खर्च ,कलेज खर्च र यहाकाे संस्कार संस्कृति र जीवनशैली अध्ययन गर्नुहाेस ।जापानमा आएर जाेखिम लिन सकिएन ,दुख र धैर्यता गर्न सकिएन भने पुर्पुराेमा हात राखेर बस्नुकाे बिकल्प छैन ।अत तपाइसंग तन मन धन छ केही गर्छु भन्ने जाेश र जागर छ भने जापानमै आउनुपर्छ भन्ने छैन हाम्राे देशमा प्रचुर सम्भावना छ ।देशमै संघर्ष गरी बाँच्न सिक्नुहाेस ।बिदेश आएर राम्राे काम गर्न पाइन्छ घेरै कमाइन्छ भन्ने साेच त्याग्नुहाेस ।२ लाख कमाउन के कति दुख भाेग्नुपर्छ बुझ्नुहाेस यसरी नै कामकाे सम्भावना पहिल्याएर देशमै दुख गर्न सके तपाइकाे भबिस्य नेपालमै छ धन्याबाद ।

लेखक : फोनिज जापानको सचिव हुन ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया