Nepali date


शनिबार, अशोज ४, २०७६

तरकारीमा पनि सरकारसँग रोईलो गर्ने ठाउँमा हामी किन पुग्यौं ?

बिनोद खड्का,काठमाडौं ।
-केही दिन यताबाट तरकारीले नेपाली बजारमा हलचल नै लियाईदिएको छ,त्यसको कारण पनि नेपाल सरकार नै हो । किनकि यहीँ असारको पहिलो हप्ता बाट भारत बाट आउने तरकारीलाई सरकारले चेकजाँच गर्ने र खान्न योग्य छ छैन्भ नेर परिक्षण गरेर मात्र नेपाली बजारमा छिर्न दिने निर्णय गर्यो तर त्यो निर्णय दुई हप्ताको रनिङमै फेरबदल भएको छ ।
कारण नेपाल सरकारले सबै नाप तौल र प्राविधिक औजार हरू सबै तयार पारेपछि फेरि सबै जाच गरिन्छ भनिरहेको छ । भलै होला पनि हामीले कयौं बर्ष देखि भारत बाट आउने हरेक सामान न नाप तौल गरेम न खान योग्य छ छैन् परिक्षण गरेउ । कम्सेकम बर्तमान सरकारले यतिसम्म हुन्छ यस्तो हुन्छ यस्तो गर्नु पर्छ भनेर आँखा खोल्दिने काम त गरेको छनि , यो निर्णय फिर्ता गरेर सरकारले राम्रो काम गर्यो त म भन्दिनँ तर पनि नेपाली तपाईं हामी क्रेता हरूलाई र आफुले आफैलाई नेपाल कृषि प्रधान देश हो भनेर हिड्ने हरूको लागि भन्ने यो बहस र यो तरकारी सन्दर्भले राम्रोसँग आँखा खोल्दिएको छ ,भन्ने आफै अर्गानिक खाने हरूको र आत्मनिर्भर बन्न ईछुक नेपाली हरूको लागि पनि नेपाल सरकारले राम्रोसँग आँखा खोल्दिएको छ । हरेक चिज र हरेक एजेन्डाको पछाडि बिकल्व पनि हुन्छन् नै नेपाली कृर्षक हरूको र आत्मनिर्भर हुन अर्गानिक खान ईछुक हरूको लागि यो अत्यन्तै फराकिलो गरि आँखा खोल्दिएको छ । गर्ने नगर्ने फलाउने नफलाउने आफ्नो घर बारिमा लगाएको तरकारी खान सक्ने नसक्ने आज यो चई महत्त्वपूर्ण पाटो बन्दिएको छ भने,नेपाली कृर्षक हरूलाई आफ्नो उत्पादन बजारमा बेच्न सेल्स गर्न एउटा राम्रो एजेन्डा पनि बन्दिएको छ ।
नेपालकै उत्पादन न यसमा बिषादी छ न बिषादी हालिन्छ आफ्नै नेपालमा नेपाली माटोमा फलेको चिज खानुस् यस्तै उस्ता एजेन्डा ब्यापारिको लागि राम्रो एजेन्डा बन्ने छन् ,राम्रोसँग सदुपयोग गरेमा। अनि के हामी सदै बिरोध मात्र गर्न कै लागि नेपाल मा जन्मेका हुँ त? हैनउँ भने अब हरेक नेपाली ले आफ्नै ठाउँमा आफ्नो करेसा बारीमा आफुलाई चाहिने तरकारी आफै रोप्न फलाउन लागु न? किन यसो र उसो भनेर बिरोध मात्र गर्नु पर्यो र? सरकारको काम आँखा खोल्दिने हो त्यो हामीले छोटो अबधिमा आँखा छ्याङ् खोलेका छम यहाँ बर्षौ देखिका सरकारले बिषादी खुवाई राखेका रहेछन् यो कम्युनिस्ट सरकारले चई यतिसम्म गर्दियो हामीलाई आँखा खोल्दियो भनेर धन्यवाद चई दिउँ,किनकि हिजो त तपाईं बिषादी नै मिसिएर आएको तरकारी भएनि खानु भएको रहेछ नि हैन् र ? त्यसैले तरकारी रोईलो मात्र हैन तरकारी आफ्नै माटोमा फलाएर अर्गानिक बनाएर खाने हिम्मत पहिला गर्नुस् त्यसपछि न तपाईं ले बिषादी युक्त खानु पर्छ न भारत निर्भर हुनुपर्छ , तपाईं पहिला आत्म निर्भर हुनुस् ,तपाईंलाई यस्ता सानातिना बिषयको पछाडि लागेर रोईलो गरि रहनु पर्दैन , नत्र आफू आफ्नो लागि माखो नमार्ने अलिकति रोपेर खान सक्ने नेपाली माटोमा फलेको तरकारी खोजेर खान नसक्ने हरूले भारतबाट यो आयो रे यस्तो आयो र सरकारले यस्तो गर्यो रे भन्नुको कुनै तुक रहदैन् प्रिय मनहरू,राम्रो अबसर र राम्रोसँग सरकारले आँखा चई खोल्दिएको छ ।
तपाईंआजैबाट लाग्ने नलाग्ने त्यो कुराचई तपाईंको हो है बिरोध मात्र गरेर समृद्ध छुन पुगिन्न ।

फेसबुकबाट तपाइको प्रतिक्रिया