शनिबार, जेठ ३०, २०८३

पहरी विकास संघको ५औं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा आत्माराम निर्वाचित

ललितपुर । आदिवासी जनजाति पहरी जातिको प्रतिनिधिमुलक संस्था नेपाल पहरी बिकास संघको ५ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
ललितपुरको बुद्ध पार्टी प्यालेसमा शनिवार सम्पन्न पहरी विकास संघको ५ औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा आत्माराम पहरी `सौगात´को नेतृत्वमा नयाँ पहरी विकास संघको केन्द्रीय कार्य समिति निर्वाचित भएको हो ।
कार्यक्रम उद्घाटनमा पहरी समुदायबाट संविधान सभाका सदस्य शेरबहादुर पहरीको प्रमुख आतिथ्यतामा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष अमृत सुनुवारको विशेष अतिथि रहनु भएको थियो ।
पहरी विकास संघ केन्द्रीय महाधिवेशन आयोजक समितिका संयोजक मुकुन्द पहरीको सभापतित्वमा सम्पन्न महाधिवेशनबाट सिन्धुपाल्चोकका आत्माराम पहरीको अध्यक्षतामा १७ सदस्यीय समिति बनेको छ ।

आदिवासी जनजाति पहरी जातिको प्रतिनिधिमूलक संस्था नेपाल पहरी विकास संघ २०५७ सालमा स्थापना भई समुदायको उत्थान, भाषा-संस्कृतिको पहिचान र अधिकारको लागि संगठित हुँदै आएको छ ।

महाधिवेशनमा १० भन्दा बढ़ी जिल्लाबाट २५० भन्दा बढ़ी प्रतिनिधि, पर्यवेक्षक, समाजसेवी तथा पहरी समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा समुदायको हकहित, पहिचान, भाषा, संस्कृति संरक्षण तथा संगठन सुदृढीकरणका विषयमा व्यापक छलफल गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष आत्माराम पहरी ‘सौगात’ले पहरी समुदायको एकता, अधिकार र सामाजिक विकासका लागि आफू प्रतिबद्ध रहने बताउनु भयो । उनले नयाँ कार्यसमितिले समुदायलाई संगठित गर्दै शिक्षा, रोजगारी, भाषा–संस्कृति संरक्षण तथा युवापुस्ताको नेतृत्व विकासमा विशेष ध्यान दिने उल्लेख गरेका छन् ।
महाधिवेशनले आगामी कार्यकालका लागि विभिन्न योजना तथा कार्यक्रम अघि बढाउने निर्णयसमेत गरेको जनाएको छ ।

नवनिर्वाचित केन्द्रीय कार्यसमिति
१. अध्यक्ष : आत्माराम पहरी ‘सौगात’ -सिन्धुपाल्चोक
२. उपाध्यक्ष : घनश्याम पहरी- रामेछाप
३. उपाध्यक्ष : दिनेश कुमार नगरकोटी
४. उपाध्यक्ष : भेग बहादुर पहरी-उदयपुर
५. उपाध्यक्ष : लक्ष्मी पहरी-रामेछाप
६. महासचिव : बन्दना पहरी – ललितपुर
७. सचिव : जीवन पहरी
८. कोषाध्यक्ष : रिता पहरी- काभ्रे
९. सह-कोषाध्यक्ष : प्रवीण कुमार पहरी
१०. सदस्य : मिलन पहरी
११. सदस्य : अन्जना पहरी
१२. सदस्य : दल बहादुर पहरी
१३. सदस्य : अनिल नगरकोटी पहरी
१४. सदस्य : शंकर बहादुर पहरी
१५. सदस्य : सानू नगरकोटी पहरी
१६. सदस्य : विकि पहरी- मकवानपुर
१७. सदस्य : बिजय पहरी – रामेछाप