
मोनिका नगरकोटी,
हो म बेश्या हुँ ।
आउ न मलाइ मूल्य तोका,
आउ न मलाइ एक रात बोका,
हो म बेश्या हुँ ।
आउ न मलाइ लुछा ।
म हर रात यहि गल्ली मा हिड्छु।।
छोटा जामा मा सजिएर,
ओठ मा राता लाली दलेर,
सबै सिजन बद्लेर,समर पलाउछ
तर म यहि उहीँ अनि तेइ रात मा
अनि तेइ हात मा,उहीँ कण्डम का
प्याक बोकेर ग्राहक खोज्न हिड्छु।
हो म बेश्या हु !
आउ न मलाइ लैजाउ
आउ न आफ्नो प्यास मेटाउ।
अह सोच्दै होलाउ,
म आफै लाई किन यस्तो भन्दै छु ?
म आफैलाइ किन चिनारी गराउदै छु ?
म भित्र नि प्रश्न आकै थिए ।
म भित्र नि ज्वाला जलेकै थिए ।
मात्र थिएनन् जवाफ को हिसाब ।
मात्र थिएनन् हुलाक को किताब ।
नत्र म पत्र कोर्थे,
उह माथी बसेका लाई सोध्थे ।
आखिर मलाइ जन्म देकै किन ?
आखिर मलाइ बेश्या बनाकै किन ?
म आफ्नो सिकारी आफै खोज्दैछु ।
गिद्दे हरु को प्यास मेट्दै छु ।
नजाउ मेरो निदोर्ष बचेरा मर्ने छन ।
जुन प्रेम बीउ रोपि कोइ बिलिन भएका थिए ।
एकादेश को राजा अनि म रानी थिए।।
खैर कोइ आउ न मलाइ लुटा
मलाइ रेट लगाउ
मेरो बाजि लगाउ ।
हो पक्कै मलाइ छुदा पाप लाग्छ भन्नेहरु
बिहान मन्दिर मा पुजारी हुन्छ्न ।
मलाइ बेश्या भन्ने हरुकै
घर कि छोरी चेली हुन्छे ।
खैर म बेश्या हु,
मलाइ लुटिनु छ,..जल्नु छ
अनि यहि मर्नु छ।
ए हजुर म बेश्या हु ।
आउ न आउ कोइ लुटा मलाइ ।
आउ न आउ मूल्य तोका मलाइ
फेसबुकबाट तपाइको प्रतिक्रिया