Nepali date


शनिबार, कार्तिक २, २०७६

जापानमा नेपाली पत्रकारिता : विगत र वर्तमान

शान्त पहरी ।
-समयमा दुःख गरे उमेर ढल्केपछी सुखको जीवन जिउन सकिन्छ भनेर समृद्ध नेपालको सपना बोकेको लाखौ युवाहरूले गह भरि आँसू र मन भरि आस बोकेर नेपाल छोड़नु २१ औ शताब्दीको अन्तिमअन्तिममा आइपुग्दा पनि रोकिएन १ बाध्यताले होस या रहर जे भएता पनि आखिर विदेशिनु कसैको मन हुन्न
आमा वुवाको काँख र छोराछोरीको साथ छोडी झोला वोकेर हामी जो कोहि नेपालीको दिनचर्या जस्तै भएको छ । गाउँघर देखी शहर जहाँ जाऔं विदेश नजाने त घरनै हुन्न आजभोली गाउँघरमा मर्दा मलामी र पर्दा जन्ती जाने त पराई जाओस ढलेको आम्फारो उठाउने युवाहरू छैन भन्दा फरक पर्दैन किनकी गाउघर उदास लाग्दो छ ।
पछिल्लो समय राज्यको चौथों अंगको दर्जा पाएको पत्रकार पनी वाग्लो संख्यामा देश छाड्न बिवस छन । चाहेर होस वा चाहना नभैनभै आफ्नो पेशालाई मनभित्र राखेर परदेशिनु पत्रकारिता गर्ने व्यक्तिको पनि वाध्यता छ । हुनत पत्रकार कुनै तेस्रो ग्रहको मान्छे हैन उ विदेश जानु हुन्न भनेर तर पनि समाजमा अरुलाई आफनै देशमा केहि गरेर देशकै लागि योगदान दिनुपर्छ भनिरहँदा आँफै विदेशिनु अस्वाविक नै हुन्छ तर पनि समाजलाई उज्यालो बनाउने शिक्षक र सहि मार्गको सुचनाको पहरेदार पत्रकार पनि प्रवास नधार्इ समाजमा इज्जत राख्न पनी विदेशिनु परेको छ । समृद्ध र स्वाभिमान नेपाल ठुला स्वरले रेडियो,टिभी र ठुला अक्षरले पत्रिकामा आर्दशको कुरा मात्र छाटेर हुन्न रहेछ भनेर पैसा कमाउनकै लागि विदेश धाउनु परेको छ । नेपालमैं मिडिया हाउस चलाएका पत्रकार पनी इज्जतको लागि भए पनी नेपालको पेशाले केहि नलागेर हामी परदेश छौ भन्दा मलाई पछुतो लाग्दैन किनकी यहाँ समाजका प्रतिष्ठित व्यक्तिदेखि सरकारी जागीरेसमेत यो पंन्तिमा छन् ।
नेपाली युवाहरूको रोजाईंमा परेको देश जापानको हकमा कुरा गर्दा पछिल्लो समय नेपाली पत्रकारिता क्षेत्रमा दख्खल ब्यक्तित्वहरू पनी जापानमा आएका छन । पेशा,व्यवसाय, अध्ययन होस या अन्य सिलशिलामा किन नहोस जापानमा नेपाली संचारकर्मीहरूको उपस्थिति बक्लिदै गएको अर्थाथ छ । नेपालमा छदाँ व्यवसायी रूपमैं पत्रकारिता गरेका जमात जापानमा आएपछि पनी फुर्सदको पत्रकारिता निरन्तर दिनु नेपाली समुदायको लागी सुखद कुरा हो ।
आफ्नै देशको लागि मात्र हैन विदेशमा पनी नेपाली समुदायलाई सहिमार्गमा मार्ग निर्देशित गर्ने कार्य नेपाली मिडियाहरूले गरिरहेको छ र गर्छ नै पछिल्ले समय जापानमा नेपालीको संख्या बढ़ेसगै नेपालीहरू आपराधिक गतिविधिमा बढिरहेको अवस्थामा यस्ता गतिविधिलाई निरुत्साहित गर्नु नेपाली पत्रकारिताको कर्तब्य पनि हुन आउछ ।
हुन त पत्रकारले विदेशमा बसेर नराम्रा खबर संप्रेषण गर्दा विचार पूर्याएर आफ्नो देशको स्वाभिमानलाई आँच आउने र नेपालको गरिमामा चोट लाग्ने गरी खवर संप्रेषण गर्नु पनि रोक्नु पर्दछ । पछिल्लो तथ्याकअनुसार जापानमा ८० हजारको हाराहारीमा नेपाली छन् भने ५ दर्जन नेपाली पत्रकार छन् । यसमा पनी निरन्तर कलम चलाउने पत्रकार मुस्किलाले २ दर्जन पुग्लान तुलनात्मक रूपले हेर्ने हो भने त नेपाली पत्रकारहरू निकै कम संख्यामा छन । एक जना पत्रकारको भागमा २ देखि ३ हजारको हाराहारी नेपालीलाई सूचना पूर्याउनु पर्ने देखिन्छ । त्यसैले जापानमा नेपाली पत्रकारको भूमिका अहम छ र जिम्मेवार भएर काम गर्नु आवश्यक देखिन्छ ।

पत्रकारिताको सुरुवात
पत्रकारिताको विश्वको इतिहास हेर्ने हो भने पत्रकारिताको ५ सय वर्ष पुरानो इतिहास पढ़न पाइन्छ । विश्वमा १६ औं शताब्दीमा पत्रकारिताको सुरुवात भएको पाइन्छ । अमेरिकामा १६९० मा पब्लिक अकुरेंस सर्वप्रथम बोस्टनबाट निकालिएको पत्रिका नै पहिलो पत्रिका भएको मानिन्छ ।
मानव प्राण्ीको जगतमा आम संचार झनै अति आवश्यक चिज हो आजको समाज निर्माणमा पनि संञ्चारको महत्वपूर्ण भूमिका रहेको छ । अहिले २१ औं शताब्दी चलिरहेछ । आज हामीले कल्पना गर्दा अनौठो मान्न सकिन्छ,आमसञ्चार विनाको त्यो वेलाको समाज कस्तो थियो होला सायद अर्कल गर्न सकिन्छ असाधारण नै थियो होला तर ।

पत्रकारिताको कुरा गरिरहँदा नेपालमा सन् १८५१ तिर जंगबहादुर राणा बेलायत भम्रणबाट फर्कदा फलामे हाते प्रेस ल्यायपछि मात्र विधिवत् रूपले प्रवेश पाएको इृतिहास पढ्न सकिछ ,यसलाई गिद्धेप्रेस भनिन्छ। गिद्धको जस्तो पँखेटा र सो अंकित लोगो भएकोले गिद्धे प्रेस भनिदै आएको हो । नेपाली मुद्रणकार्यमा नेपाली पत्रकारिताको प्रारम्भ भने मोतिराम भट्टद्वारा भएको हो । साहित्यको माध्यमबाट नेपाली भाषाको सेवा गर्ने भट्टले विस १९५० ताका सुधासागरको प्रकाशन गर्ने प्रयत्न थालेर १९५५ मा सुधासागर प्रकाशित गरे जुन नेपालबाट प्रकाशित पहिलो पत्रिका हो । यसअघि विसं १९४२ मा “गोर्खा भारत जीवन” नामको पत्रिका मोतिराम भट्टले नै बनारसबाट प्रकाशन गरेका थिए । यस लगत्तै नेपाली पत्रकारिता सुरुवात र यस्को विकासक्रम भएको देखिन्छ ।
हालको गोरखापत्र दैनिक विसं १९५८ साल बैशाख २४ गतेदेखि नेपालको जेठो समाचारपत्रको साप्ताहिक रुपमा प्रकाशित भएके हो यो नै समाचार मूलक नेपालको जेठो पत्रिका हो । गोरखापत्र २०१७ साल फागुन ७ गतेबाट भने दैनिक रुपमा प्रकाशित हुँदै आएके छ ।

जापानमा नेपाली पत्रकारिता
जापानमा जब नेपालीहरूको आगमन भयो तव नेपाली संचार माध्यमको पनि खोजी सुरु हुन थाल्यो । जापानमा नेपाली पत्रकारहरूको आगमन बढ़दै गएपछि सन १९९० को अन्तिमतीर नेपाली पत्रकारिता विषयमा बहस सुरु भई १९९९ फेब्रअरी २८ बाट जापानमा प्रकाशन गर्ने गरी नेपाली समाचार साप्ताहिक हाल पाक्षिक पत्रिका हालसम्म प्रकाशन हुँदै आएको छ ।
जापानमा नेपालीहरूको संख्या बढ्ने क्रमसगै सन २००२ बाट नेपाल जापान डट कम र २००६ वाट समुद्रापारी डट कम न्यूज़ पोर्टल सुरु भएको पाइन्छ ।
जापानबाट नेपाली मूलको समाचार संप्रेषण गर्दै जानेक्रममा नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ जापान २०११ मार्च १३ तारीख़ आधिकारी रूपमा गठन भएको पाइन्छ । वरिष्ठ पत्रकार भूषण घिमिरेको संयोजनमा पहिलो भेला गरी पत्रकार तिलक मल्लको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन भएको थियो ।
त्यस्तै २०१४ अप्रिल ६ मा पत्रकार महासंघ जापानको द्रोस्रो अधिवेशन भयो उक्त अधिवेशनले पुन दोस्रो कार्यकालको लागि तिलक मल्ललाई नै जिम्मेदारी दियो ।
सन २०१७ अप्रिल १० तारीख नेपाल पत्रकार महासंघ जापानको तेस्रो अधिवेशन पश्चात मोहन घलेको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्वाचित भएको थियो ।
त्यसै गरी समावेशी संचारको मुद्दा उठाउदै आएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज जापानमा रहेका जनजाति संचारकर्मीहरुको सकृयतामा २०७२ साल बैशाख १ अथवा सन २०१५ अप्रिल १४ तारिखको फोनिज जापान शान्त पहरीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेका पाईन्छ । फोनिजको पहिलो अधिवेशनवाट पहरीकै अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो भने सन २०१८ अप्रिल १ मा सम्पन्न दोस्रो अधिवेशनवाट चसिला वाईवा तामाङको अध्यक्षता ११ सदस्यीय कार्यसमिति सर्वसहमति चयन गरेको थियो ।
जापानबाट अहिले अपडेट हुने नेपाली मिडिया पोर्टलहरू
नेपाल जापान डट कम,समुद्रपारि डट कम,सेतोपरेवा डट कम ,नेपाल सन्देश डट कम,मातृसन्देश डट कम ,नेपालन्यूज़पोस्ट डट कम,सहयात्री डट कम ,एभेरेष्टफुजिन्यूज़ डट कम,टोटलसेवा डट कम ,फुजीनेपाल डट कम,जापानसमाचार डट कम दिब्यदृष्टि डट कम

छापा माध्यम एक नेपाली समाचार पाक्षिक पत्रिका
जापानबाट हालसम्म कान्तिपुर दैनिक,नागरिक दैनिक,सौर्य दैनिक ,अनलाईनखबर डट कम,समाचार दैनिक डट कम,नयाँपेज डट कम, टप नेपाल न्यूज डट कम ,अभिन्युज टिभि,एबीसी टिभी लगाएत न्यूजहरूमा समाचार संप्रेषण हुँदै आएको छ ।
प्रबिधी र विकासमा अग्रस्थानमा रहेको जापानबाट नेपाली पत्रकार र मिडियाले यहाँको विकास,प्रबिधी र जापानको संस्कार पनी नेपालमा कसरी भित्राउन सकिन्छ भन्ने कुरामा कोशे डुंगाको काम गरिरहेको छ । नेपाली मिडियाले नेपाल र जापानविचको झन गहिरो रूपमा पारस्परिक सम्बन्ध कायम राखिरहने काममा सहयोग पूर्याईरहेको छ ।

निष्कर्ष
जापानमा पछिल्लो समय नेपालीहरूको आगमन बढ़ेसगै पत्रकारितामा रुची राख्ने पत्रकारको पनी संख्या बढ़ेको छ । त्यससगै नेपाली न्यूज़ साईट अनलाईन पोर्टल पनी बढ़ेको छ र बढ़नेक्रम पनी जारी छ । जापानमा अध्ययन,पेशा, व्यवसाय तथा पार्ट टाईम काम गरेर बचत समयको सदुपयोग गर्दै नेपाली भाषी पत्रकारिता बढ़ेको छ । पछिल्लो २(३ वर्ष यता नेपाली समुदायलाई लक्ष्य गरेर नेपाली न्यूज़ पोर्टल खुल्ने क्रम बढ़ेको छ ।
हामी आफ्नो जन्मभूमि नेपालमा पत्रकारिता पेशाले हात मुख जोड़न पुगेन अब विदेश नै नगइ जीवन र परिवार पाल्न सकिदैन भनेर कुम्लो बोकेर विदेश आएका छौं तर यहाँ आएर नी त्यो भारी बोक्नै किन परो नि यो सोचनीय भन्दा नि व्यवहारिक कुरा हो । हामी संसारमा दान गरेर पुण्य कमाउन एक नम्बरमा पर्ने नेपालीले जहाँ जता जाउ तर जे भए पनी आफ्नो धर्म मूल्यमान्यता कदापि बिर्सदैन त्यसैको सार रूपनै पत्रकारितामा आज लागू भएको छ,नेपालबाट संसारका जुन सुकै देश गए पनी कोही नेपाली मातृभूमिबाट टाढा भएको अनुभव नै हुन पाउदैन किनकी नेपालको समाचार एकैछिनमा विश्वसामू पुगेको हुन्छ के हो पत्रकार बिना सम्भव थियो अवश्य थिएन त्यसैले राज्यको चौथों अंग पत्रकारले जो जहाँ छौ त्यहीबाट आफ्नो पत्रकारिताको सेवा,धर्म ,मर्म र पधकारिताको आचारसंहिता रहि जुन देशमा छौं सोही देशको कानुनको पालन गरी कसैको ज्वाइ नबनी स्वच्छ निष्पक्ष समाचार दिन आवश्यक जरुरी देखिन्छ ।
(लेखकको यस लेख नेपाल पत्रकार महासंघ,जापानको स्मारिका प्रवास पत्रकारिता-२ मा पनी प्रकाशन भएको छ ।)

फेसबुकबाट तपाइको प्रतिक्रिया