Nepali date


बुधबार, बैशाख ११, २०७६

जापान जस्तो कहिले उपभोक्तामुखी बन्ने नेपाल ?

नन्द गुरुङ ।
-हरेक व्यक्ति उपभोक्ता हो । प्राकृतिक हुन् या कृतिम सामानहरु वा चिजवस्तुहरु मानव जातिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उपभोग गरिरहेका हुन्छन् ।
वातावरणमा पाइने प्राकृतिक सजिव वा निर्जिव वस्तु निःशुल्क प्रयोग गरिरहेका हुन्छौं । तर बजारमा पाइने कृतिम मालसामानहरु क्रय वा विक्रयको रुपमा सशुल्क मूल्य तिरेर उपभोग गरिरहेका हुन्छौं, जुन हरेक मानव जातिको लागि अपरिहार्य हो ।

नेपालमा बि. स. १९९८ उपभोक्ता अधिकारको लागि रणनीति बन्यो जसले केही नयाँ आयाम उपभोक्ताहरुको लागि राम्रो बन्यो । जापानमा सन् १९६८ मा उपभोक्ता प्रणाली बनेको थियो । अहिले विश्वको भरपर्दो उपपभोक्तामुखि विकसित मुलुकको रुपमा परिचित छ । नेपालमा धेरै राम्रा रणनीति बनेका छन् । तर, प्रभावकारी प्रयोग हुन सकिरहेको छैन । जसले गर्दा भ्रस्टाचार र दुरुप्रयोगको बिगबिगी बढिरहेको छ । यसले गर्दा प्रतक्ष्य रुपमा उपभोक्ताहरु मारमा परिरहेकाछन् । कुनै सामान न त गुणस्तरको सवाल छ न त मूल्य सूचिको कुरा छ । केही पनि मापदण्ड छैन । तर जापानको उपभोक्ताहरुको अति नै मुल्य छ । जापानमा हरेक उपभोक्तालाइ धेरै सम्मान गर्छन । म पनि काम गर्ने भएकोले उपभोक्ताप्रतिको संवेदनशिलता थाहा पाएकी हुँ । उपभोक्तालाई कसरी राम्रो सेवा वा खाना दिने भनेर कम्पनीद्वारा हामीलाई प्रशिक्षण दिएर काममा प्रवेश गराएको हुन्छ ।
खानाको परिकारहरु कै कुरालाई जोड गरुँ, रेस्टुरेन्ट र डिपार्टमेन्ट स्टोरमा आवद्ध भएकीले कतिसम्म प्रयोग गर्न सकिने भनेर बनाएको मिति र सकिने समयलाई विशेष ध्यानमा राखेर काम गरिरहेका हुन्छौं । कतै खानामा समस्या वा मिति सकिएको प्रयोग भयो कि भनेर धेरै डराउनुपर्ने हुन्छ । विशेष डिपार्टमेन्ट स्टोरमा काम गर्दा हरेक घण्टा मिति हेर्नु पर्ने हुन्छ । यदि समानको मिति गुज्रिएकोे प्रयोगमा आएमा पैसा तिर्ने समयमा स्वतः आफै कराएर सुचना दिने गर्छ । जुन सिस्टम तल्लो स्तर देखि उच्च स्तरसम्म थाहा पाउने गरि मिलाएको हुन्छ । तेसैले धेरै डराउनुपर्ने हुन्छ । र मिति गुज्रिएको खान वा सामान प्रयोगमा आएको उपभोक्ताले पाएमा थाहा केस हाल्न सक्छ । त्यसले धेरै हानी सहनु पर्ने भएकाले यहाँ हरेक काम अनुशासन र नीति नियमलाई अनुशरण र पालना गर्छन ।
हरेक पसल वा डिपार्टमेन्ट स्टोरमा सामान बनाएको र सकिने मिति स्पष्ट लेखिएको हुन्छ । खानामा एकदम सजग र पौष्टिक आहारा खाएका कारण जापानिजहरुको औसात आयु पनि बढी छ । स्वस्थ र पोषणयुक्त खानामा यहाँ कुनै कम्परमाईज हुँदैन् । हेर्दा सानो तर शरीरलाई समस्या र खतरामा पुर्याउने स–सानो कुरालाई नेपालमा कहिले ध्यान दिईदैन ।

नेपालीहरु विशेष गरी पसल राख्नेहरु पनि गुणस्तर भन्दा सस्तो चिजलाई ध्यान दिन्छन । फाईदालाई मात्र बढी महत्व दिन्छन । अर्कोतर्फ, सरकारले नीति बनाउछन तर कहिलै पालना र प्रयोगमा नल्याउनुले अराजकता देखिन्छ । उपभोक्तामाथि गम्भिर खेलवाद हुँदापनि राज्यको ध्यान जादैन । यसको कारण उपभोकता मारमा पर्छन । परिरहेकाछन् ।
त्यति मात्र होईन खानामा विषादी हाल्ने, अखाद्य रंग लगाएत विभिन्न मिसावट गरिएको पाईन्छ । अखाद्य चिजहरु हालेर बिक्रि बितरणले प्रत्यक्ष रुपमा हरेक व्यक्तिको गुणस्तरीय जीवनमा असर परिरहेको छ । पिउने पानीमा धनि राष्ट्र नेपालमा अझै शुद्ध खाने पानि सबैलाई पुर्याउन सकिरहेको अवस्था छैन । नेपालीले उपभोग गरिरहेको चाहे ति प्राकृतिक हुन् या कृतिम सबै वस्तुको गुणस्तरहिन उपभोग भईरहेको छ । यसले मानव जिवनमा गम्भिर असर परिरहेको छ ।
आज विश्व कहाँ देखि कहाँसम्म पुगिरहेको छ । उपभोक्ताको हितमा क्यौं राष्ट्रले निकै फड्को मारिसकेका छन् ।

जापान त्यस मध्यको एक हो । जहाँ गुणस्तरीय खान र जीवनलाई विशेष महत्व दिन्छन । र, हरेक नीति, नियममा रहेर उपभोक्तालाई पूर्ण महत्वका साथ सेवा गरिरहेका छन् । नेपाल मा धेरै सुधार आउनु जरुरी छ । जसको निम्ति उपभोतहरुले पनि सचेतता अपनाउन आवश्यक छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया