शुक्रबार, बैशाख ०७, २०८१

किन तरङ्ग लियो सिके राउतसंगको ११ बुँदेले ? आखिर सिके चलाख भएकै हुन् त ?

बिनोद खड्का,
-नेपाली राजनीतिमा भरखरै एउटा तरङ्ग पैदा भयो तरङ्ग पैदा हुनुको कारण थियो नेपाल सरकारका गृहमन्त्रीले पृथकवादी सोच राख्ने सिके राउतसँग गरेको ११ बुदे सहमति ।

आखिर के थियोे त ११ बुदे सहमतिमा ?के अईले हल्ला गरेजस्तो स्वतन्त्र मदेशको मुद्दामा सरकार झुक्या हो त? भन्ने धेरै संख्या पैदा भएको छ। भने सामाजिक संजालमा विभिन्न दृष्टिकोण हरू बुझेर वा नबुझेर राख्ने हो हल्ला गर्ने काम ब्याप्त छ। आखिर अईलेनै हामी सिके सँग डराईहाल्नु र सरकार सँग संसकित हुनु पर्ने बेला आएको हो त? त्यो किमार्थ हैन किन भने पृथकवादी सोच राख्ने सिकेलाई पनि मुलधारमा लियाउनु सरकारको कर्तव्य थियोे । छिटपुट जे परिघटना भएनि सरकार सँग सहमति पत्रमा जुन हस्ताक्षर सिकेले गरे र राष्ट्रिय सभाबाट जुन सम्बोधन गरे त्यो साच्चै एउटा उपलब्धिको रूपमा लिनुपर्छ , हामी मानौं या नमानौ तराईमा सिकेको विचारलाई समर्थन गर्ने लाखौं छन् र अन्य शक्ति भन्दा तराईमा उसको उपस्थित बलियो देखिन्छ , त्यसैले त्यो शक्ति वा उसका एजेन्डा बिफल बनाई पृथकवादी सोचलाई परास्त गरि एक सार्वभौम नेपाल अखण्ड नेपाल संविधानमा बाधिएको नेपाललाई सिकेले मान्छु एन कानुनलाई मध्यनजर गर्दै आफ्ना गतिविधि गर्छु भन्ने ठाउँमा सिकेलाई पुर्याउन सरकारको चानचुने कुराचई मान्न सकिन्न । तर फेरि सरकार सँग जुन सम्झौता गरियो त्यसको भोलिपल्ट जनकपुरमा जे देखियो त्यो सच्चा नेपालीको लागि सैह्य किमार्थ हुनै सक्दैन् । तथापि सिकेकै कुरालाई वा उसको पछिल्लो स्टाटर्सलाई हेर्ने हो भने महिले कार्यकर्तालाई बुझाउन नसकेको र अबका दिनमा यस्ता कार्य हुनेछैन म सहमति प्रति प्रतिबद्ध छु भन्दाचई यतिबेला हामी धेरै संसकित हुनु पर्ने ठाउँमा पनि छैनौं । अर्को कुरा सरकारले जे निर्णय गर्नु पर्ने थियो त्यो गरेको छ दिर्घकालिन खत्रा हरूलाई निस्तेज पार्ने काम यो सरकार बाट भएको छ यसलाई जतिसक्दो छिटो कार्यनयन गरे नेपाली जनताको हितमै छ । तथापि कतिपयले सरकार जनमत सङ्ग्रह गर्न तयार भयो भनेर हल्ला फिजाउने अपुष्ट खबर हरूको हबैया फैलाएर नेपाललाई फेरि अस्थिरता पटी धकेल्ने जमर्को जसरी हुँदै छ। त्यो स्वाभिमानी नेपाली र समृद्ध पक्षधर हरूको लागि खत्रा पैद भएको महसुस सजिलोसँग गर्न सकिन्छ ।

अईले कतिपय गिरोह हरू नेपाललाई कसरी पहिलेकै ठाउँमा राख्न सकिन्छ कसरी कमिसन खोरीलाई नै प्रथामिकतामा राख्न सकिन्छ भनेर घुडा धसेर लागि रहेको तथ्य लुकाईयो र यो हामीले बुझेनौ भन्ने सबैभन्दा दुखदायी छेन् हुने छ । सिकेको नाउमा खेल्ने हरू सिकेलाई बुईचडाएर गोलि पड्काउने सिकेलाई देखाएर अस्थिरता पैदा गरिरहने केही तराईमा गिरोह नभएका हैनन् । त्यो गिरोह यतिबेला छिर्नभिन्न अबस्थामा छ र सिकेमार्फत सिकेका गतिविधि मार्फत देशलाई अन्योल तिर धकेल्न कमर कसेरै लागि रहेको पनि छ । महिले यति भनी रहदा धेरैले यो त सिकेको बाईहटनै भएछ भनेर आरोप पनि लगाउलान् तर पनि सिकेका गतिविधि पछिल्लोपटक देख्दा जतिसुकै खेद प्रकट गरेनि कमै हुन्छ , तथापि मलाई के बिश्वास छ भन्ने सिके अब खुल्ला राजनीतिमा आउछन् र तराई छुटै देश हो भन्ने छैनन् भन्यमा अलि नजिक छु । यति ई कुरा र यस्ता कुरामा सिकेले खेलवाड गरेभने स्वयंम सिके सकिन्छ सिकेका हजारौं कार्यकर्ता सकिन्छन् र सक्दिनु पनि पर्छ भलै उनी सहमतिमा फर्किछन् जे कुरामा अथवा आवाधिक निर्वाचनमा भाग लिन्छु जनताको विचबाट आफ्नो हैसियत स्थापित गर्छु भनेर जसरी सहमति पत्रमा हस्ताक्षर गरेका छन् त्यो सिकेले पूरा गर्नुको विकल्प किमार्थ छैन् । र सिकेले भनेको जस्तो जनमत सङ्ग्रह त्यस्ता मुद्दामा किमार्थ हुन्न यसमा तपाईं हामी झुकिनु पर्ने ठाउँ नै छैन् ।

यति त्यस्तो ठाउँ फेरि आएमा हामी पनि जाई लागुला तर अईलेको बर्तमान सरकार जुन रेसियोमा हिड्या छ त्यो रेसियो निरन्तरता भयो भने उसको पाँच बर्षे कार्यकालमा तपाईं हामीले देखिने परिवर्तन अबस्य हुन्छ ।एउटा समृद्ध नेपालको परिकल्पना सहित उपस्थित भएको नेपाली जनमनको सरकार माथि तपाईं हामीलेनै धावा बोल्न औला उठाउन हामी लागेयौ भन्ने हामी मात्र हैन हाम्रो पुस्ता सम्मले फेरि पहिलेको कल्चर जताततै भष्टचार उमुख समाज दलाली हरूको बिगबिगी मय समाज अशान्ति असुरक्षा अस्वत्रन्त्रा महसुस गर्ने छौ ,त्यसैले पहिला सतहमा गएर बुझौं र अनि आफ्नो धारणा हरू सार्वजनिक गरू अईले सरकारले जे गर्नु पर्ने थियोे त्यो गरेको छ जुन रेसियोमा जुन अन्योल ग्रस्त बेलामा सत्ता हात पारेको थियोे त्यसलाई चिर्दै छ र चिर्छ पनि भन्यमा सबै ढुक्क हुँ ।