राजन पौडेल ।
– रबिन्द्र दाइको दुर्घटना होइन सुनियोजित ढंगले गराइको घटना हुन सक्छ । यो दुर्घटना नहुन सक्छ।
कारण हरु यी यी हुन सक्छन ।
1. लुम्बिनीमा अन्तराष्ट्रिय बिमानस्थल बनाएकोले गर्दा इण्डियाको उत्तर प्रदेश र बिहारका हवाइ सफार हरूलाई इण्डियाको अन्तराष्ट्रिय बिमानस्थल भन्दा नेपालको लुम्बिनी बिमानस्थल प्रयोग ग्रन सहज हुने हुँदा इण्डियाको राजस्व खस्किने भएकोले इण्डियालाई यो कुरा पहिल्यै देखि नै मन परेको थिएन।
इण्डियाको चलखेल ले काम रोकिरहेको थियो । अहिले यो काम सुचारू भएकोले यही कारणले कतै यसमा इण्डियाको हात त होइन भन्ने लाग्छ।
2. वाइडबडी खरीदमा रबिन्द्रले आफ्नो सफाई दिँदै गर्दा रबिन्द्र निर्दोष देखिदै आएकोले यसका सच्चा दोषिहरू आफू त्यो काण्डमा फँसिने डरले रबिन्द्रको अस्तित्व मेटाउन भित्री खेल खेलेको हुन सक्ने ।
3. नेपालमा विकाशको तिब्रता र चाइना सँग को बिबिध सम्झौताहरुमा रबिन्द्रको ठूलो हात भएको हुँदा इण्डियाले नेपाल माथि आफ्नो रबाफ मच्चाउन नसक्ने देखी अत्तालिएर रबिन्द्र माथि इण्डियाले गिद्दे नजर लगाएको हुन सक्ने ।
4. हवाई माफियाहरूको षडयन्त्र मुलक ग्राइण्ड डिजाइन हुन सक्ने । नेपालको हवाई मार्ग असुरक्षित देखाउने अर्को एउटा चलखेल हुन सक्ने ।
5. बिपरित पार्टी, आफ्नै पार्टी भित्रकै केहि दक्षीणपन्थी दलालहरू (विपरित गुटहरू) को षडयन्त्र हुन सक्ने ।
6. दाश ढुङ्गा जस्तै अर्को एउटा षडयन्त्रकारी डिजाइन हुन सक्ने । तत्कालिन सरकार प्रतिपक्षको भएपनि त्यसपछि नेपालमा कम्युनिष्ट सरकार पटक पटक हुँदा किन दाष ढूङ्गा घटनालाई अहिलेसम्म छान बिन गरेको छैन ?? नेपालको घटिया राजनिती बुझि नस्क्नु छ । यी कुराहरूले गर्दा दाश ढुङ्गा जस्तै रबिन्द्र घटना छानबिन पनि यसरी नै बिलाइदिनेछन कि भन्ने लाग्छ ।
7. दरबार हत्याकाण्डलाई ग्राइण्ड डिजाइन हो भन्नेले मर्नेबेला सम्म किन चुप लागेर बसे ?? बुझि नसक्नु को राजनिती अनि धम्की र गुण्डागर्दी शासन । यो घटनामा पनि धम्की र गुण्डागर्दि कारण साक्षीहरू तै चुप मै चुप भएका पनि हुन सक्छन । किनकी जुन पार्टीको सरकार आएपनि आफूलाई चाहिएको बेलामा प्रयोग गर्नको लागि गुण्डागर्दि र डनहरूलाई संरक्षण दिएर राखेको कुरा त सर्वबिधितै कुरा हो।
घटनास्थलका संकास्पद दृश्यहरू
1. हेलिकप्टर राखिएको ठाउँमा किन सुरक्षाकर्मिले हेलिकप्टरको निगरानी गरी बसेनन ? त्यही बेलामा टाइम बम राखिएको पनि हुन सक्छ ।
2. योङ्ग र अबिबाहित पाइलटलाई हेलिकप्टरको पाइलट किन छानियो ? जबकि उनले चलाउने गरेको हेलिकप्टर त्यो थिएन ।
3. देशको माननिय मन्त्रीजस्तो ब्यक्ती सरकारी कामले जाँदा सामान्य ब्यापारीको प्राइबेट हेलिकप्टरमा किन चढाइयो ? के सरकारी हेलिकप्टर थिएन र ?
4. सुरक्षाकर्मीले बोकेको हतियार (राइफल) किन घटनास्थलमा भेटिएको छैन ?
5. बिमानस्थलको फिल्ड अबजरभेसनको लागि बिशेषज्ञ टिमलाई पठाउनु पर्नेमा टेक्निकल कुरामा अनभिज्ञ मन्त्री, त्यो पनि भोलिपल्ट जर्मन भ्रमण भएकालाई किन पठाइयो ? के मन्त्रीज्यू लगायत टिम मेम्बर एयरपोर्टको लागि भौगोलिक स्थान अवलोकनमा बिशेषज्ञ थिए र ? किन बिशेषज्ञहरू १ जना पनि सामेल गराइएन ?
6. टिमले खाएको खानामा केहि लागु औषध मिसिएको थियो कि भनी के चेक गरियो ?
7. अनुसन्धान टिमले केहि न केही रिपोर्ट त ल्यायो होला !! अहिले सम्म किन सार्बजनिक गरिएको छैन ??
8. के हेरेर बसेको छ नेपालको गुप्तचर संस्था ?? किन चुप छ राष्ट्रिय अनुसन्धान शाखा ?
9. दाश ढुङ्गा, दरबार र ताप्लेजुङ घटनाको लागि नेपालको अनुसन्धान ब्यूरोले गर्न नसकेमा अनुसन्धान मा प्रख्यात विदेशी संस्था लाई किन गुहार गरिएको छैन ?
10. कतै अन्तराष्ट्रिय माफिया हरू त संलग्न छैनन ?
कडा छानबिन गरियोस ।
राजन पौडेल
टोकियो, जापान

