बुधबार, बैशाख १९, २०८१

समृद्ध नेपाल निमार्ण गर्नको लागि डा.बाबुरामको उच्च भिजन

धनबहादुर विक

-वर्तमान युग विज्ञान प्रविधिको युग हो । विज्ञान प्रविधिको अदभुत आविस्कार गर्दा आजको विश्वमा हरेक दश वर्षमा विचारको संकटबाट गुज्रिरहेकाे छ । अहिले वैचारिक संकट वैश्वीक रुपमा देखिएको हुँदा विश्वभरीका थिंकट्याकंहरुबीच बहस छ । यतिवेला सगरमाथाको देशबाट डा.बाबुराम भट्टराईले यसको नेतृत्व गरिरहनु भएको छ । त्यसै शिलशिलामा उहाँ नयाँ विचारको विकास गरेर देशलाई हरेक हिसाबले समृद्ध बनाउन नयाँ शक्ति निर्माणमा जुट्नु भएको छ । साथै उहाँले नयाँ विचारको विकासका लागि विश्वका वैज्ञानिक र विद्वानहरुसँग भेटेर गहन अनुसन्धान पनि गर्नु भएको छ । यो हामी युवाहरुको लागि निकै ठूलो गौरवको विषय हो ।

वैकल्पीक राजनीति
हरेक नयाँ कुराको आगमन जटिल हुन्छ तर नयाँ विचार पुरानोसँग पराजित भएको इतिहास कतै भेटिंदैन । ठिक त्यही अवस्थामा नेपालको नयाँ वैचारिक राजनीति उभिएको छ । देशमा कम्युनिष्ट पार्टीको बहुमतीय सरकार छ । कम्युनिष्ट सरकारलाई जनताको हितमा काम गर्ने सरकारको रुपमा बुझ्ने गरिएपनि काम कारवाहि त्यस्तो देखिएको छैन । जनताले समृद्धिका लागि नामधारी कम्युनिष्टको विकल्प खोज्न थालेका छन् । विस्तारै वैकल्पिक राजनीतिको आवश्यकता बढ्दै गएको छ ।

नयाँ राजनीतिक शक्तिहरुको जन्म पुराना राजनीतिक शक्तिले तत्कालिन जनताका आवश्यकताको सम्बोधन गर्न नसकेपछि हुनेगर्दछ । नेपालमा पनि नयाँ शक्तिको जन्म माओवादीको विघटनको जगमा भएको थियो । डा.बाबुराम भट्टराईले अब माओवादीको एजेण्डा सकियो यसले देश र जनताको समृद्धिको सपनालाई सम्बोधन गर्न सक्दैन भन्ने निष्कर्षसहित नयाँ शक्तिको निर्माणको महाअभियानमा लाग्नुभएको थियो । छोटो समयमा नयाँ शक्ति देशको वैकल्पिक राजनीतिक शक्ति बन्न सफल भएको छ । यो परिघटना नेपालको राजनीतिमा नयाँ हो ।

नेपाली समाजको प्रतिविम्ब हरेक पार्टीमाजस्तै नयाँ शक्तिमा पनि देखियो । छोटो समयमा यो शक्तिले टुटफुट पनि वेहोर्नुपर्यो । आजको भोली कर्म विनै बाबुरामको विरासतमा फल पाइन्छ कि भनेर आउनेहरु नयाँ समाज निर्माणको यात्रामा टिक्न सकेनन् । जो जो पूरानै पार्टीभित्र हुँदाका विचार र संस्कार नयाँ पार्टीमा पनि खोजिरहेका थिए तिनीहरु यो यात्राका यात्री हुन संभव थिएन । समयमै नयाँ शक्ति छाडेर अन्यत्रै लागे । तर बाबुरामको वैकल्पीक शक्ति निर्णको अविराम यात्राका कारण नयाँको खोजी गरिरेका हजारौं युवाहरुले उहाँको साथ छोडेको छैन र बढ्दो छ । सरकार जनता लुटिरहेको छ तर बाबुराम वेथिति, भ्रष्टचार, असुक्षा र अविकासको विरुद्धमा जनताको घरआँगन पुग्नु भएको छ । विदेशमा रहनुभएका युवाहरु खोज्दै कहिले कतार, कहिले जापान र कोरिया पुग्नु भएको छ । कहिले अमेरिका र अष्ट्रेलिया पुग्नुभएको छ । र, सवैलाई उहाँले समृद्ध नेपाल निर्माणको लागि योगदान गर्न आह्वान गर्नु भएको छ । नेपालका समकालिन नेताहरुमा उहाँ अब्बल भिजन भएको नेता हो । त्यसकारण हामीजस्ता युवाहरुले यतिवेला उहाँलाई साथ दिनु जरुरी छ ।

राजनीतिको वर्तमान कार्यभार
मेरो करिव दुई दशकको राजनीतिक यात्राले पनि भनिरहेको छ कि अब पुराना पार्टी र अरु नेताहरुबाट नेपाको भविष्य संभव छैन् । मैले पनि एक दशक माओवादी आन्दोलनमा विताए । त्यसमा गौरव पनि छ । देशलाई आजको यो व्यवस्था ल्याउनमा माओवादी आन्दोलनले मुख्य भूमिका रह्यो । तर, अबको मुख्य मुद्दा देशको समृद्धी हो । पुराना पार्टीहरुले जस्तो राजनीतिलाई पेशा बनाएर समृद्धिको सपना पुरा गर्न सकिंदैन । नयाँ शक्तिे दिएको समृद्धिको राजनीति ओली सरकारलेसमेत बोकेर हिडेकै छ । नयाँ शक्तिले लिएको राजनीतिक एजेण्डा नेपालको रानजनीतिमा मूलधार बनेको छ । तर अरुले यसको बोक्रो मात्रै बुझेका छन् । गुदीविना बोक्राले मात्रै परिणाम निकाल्न सक्दैन । यतिवेला त्यहि भइरहेको छ ।

भिजन भएका नेता राष्ट्र बनाउने ठाउँमा नपुगेसम्म देश बनेको इतिहास कतै भेटिंदैन । त्यसको गतिलो उदाहरण हो सिंगापुर बनाउने लि क्वान युज, सले आफ्नै कार्यकालमा सिंगापुरलाई कायपलट गरिदिए । जनताले कम्तिमा एक दशक देशको नेतृत्व गर्न बाबुरामलाई दिने हो भने नेपालको कायापलट हुनसक्छ । यसका लागि आम युवाहरु बाबुरामको नेतृत्मा गोलबन्द हुन जरुरी छ ।

जापानको विकास अनुभव
विकास कसरी हुन्छ ? मेरो केहि वर्षको जापान बसाइ र भोगाइमा के दिेखियो भने हरेक काम समयमै गर्न सकियो भने विकास हुन्छ । समृद्धिले गति लिन्छ । जापानमा हरेक काम तोकिएको समयभन्दा एक घण्टा ढिला नगरी पुरा हुन्छ । त्यसैगरी जापानीहरु असाध्यै मिहेनती छन् । अनावश्यक कुरा गरेर उनीहरु समय खेर फाल्दैनन् । काम गर्ने थलोमा को मालिक हो र काे कामदार हो भन्ने कुनै भेद नै हुँदैन । सबै उस्तै र उतिकै जोतिएर काम गरिरहेका हुन्छन् । जापान जांँगरिला जापानीहरुको पसिना, सीप र प्रविधिले सिंगारिएको छ । मैले कतै पनि त्यस्तो दृश्य देख्न पाइन कि नेताहरुका भाषण सुनेर जापानी जनताले समय विताएका होउन ।

अर्काे कुरा जापानका नेताहरुमा इमान्दारीता छ आफु र राष्ट्रप्रतिकाे । उनीहरु हरेक काम जिम्मेवारपूर्वक पुरा गर्छन् । भ्रष्टचार गर्दैनन् । कुनै पनि काम राम्राेसँग याेजना बनाएर गर्छन् । यहाँ नेपालमा जस्ताे नातावाद र कृपावाद चल्दैन । सिस्टमभन्दा बाहिर गएर नेताले पनि केहि गर्न सक्दैनन् । नेपालकाे राजनीति नेतामुखी छ तर जापानकाे राजनीति नीतिमुखी छ । जापानमा कानुनी राज छ । नेपालकाे राजनीति सफा गर्ने हाे भने यी कुराहरुमा राजनीति गर्नेहरु गम्भिर हुनुपर्छ ।

नेपाल नबन्नुको थुप्रै कारणमध्ये एउटा महत्वपूर्ण कारण कुनै काम समयमा पुरा नगर्नु हो । समयमा काम किन पुरा हुनसक्दैन भन्ने कुरासँग भने धेरै पक्ष जोडिएको छ । समय नेपालको समृद्धिसँग जोडिएको विषय हो । यहाँ कुनै काम तोकेको समयमा हुँदैन । यसको दोष सबैभन्दा धेरै राजनीतिलाई नै जान्छ ।

अहिलेको तातो बहस हो हाम्रै पालामा समृद्धि सम्भव छ त ? ओली सरकारले जस्तो जनताका आधारभूत आवश्यकतालाई वेवास्था गरेर पानी जहाजको कार्यलय खोलेर आफ्नाहरुलाई जागिर दिने हतारो देशमा समृद्धि आउँदैन । त्यसका लागि राजनीतिलाई नै पहिला फेर्नुपर्छ । पहिलो कुरा देश विदेशमा रहेका युवाहरुले वैकल्पीक राजनीतिमा संगठिन हुने हिम्मत गर्नुै पर्छ । यदि विश्वभरी फैलिएर रहेका युवाहरु आफ्नो भोगाइ, आर्जन गरेको ज्ञान र सीपलाई स्वदेशमा फर्केर उपयोग गर्ने र राजनीतिले त्यसका लागि वातावरण निर्माण गरिदिने हाे भने देश बन्न कतिपनि लाग्दैन ।

यदि विश्वभरी फैलिएर रहेका युवाहरु आफ्नो भोगाइ, आर्जन गरेको ज्ञान र सीपलाई स्वदेशमा फर्केर उपयोग गर्ने र राजनीतिले त्यसका लागि वातावरण निर्माण गरिदिने हाे भने देश बन्न कतिपनि लाग्दैन ।
नेपालको राजनीतिको वर्तमान कार्यभार बदलिएको छ । बाबुराम भट्टराई यो कार्यभार पुरा गर्न सक्ने ऐतिहासिक पात्र हुनुहुन्छ । यहाँको गिदीमा नेपालको समग्र समृद्धिको सफा चित्र छ । नेपाली जनताले यो कुरा बुझ्न ढिला गरिरहेका छन् । अब पनि यस्तै ढिला गरिरहने हो भने देशको दुख उस्तै रहने छ । युवाहरुको नेतृत्व गर्नसक्ने नेता बाबुराम नै हो । उहाँले नेतृत्व गरेको वैकल्पीक शक्ति नयाँ शक्ति नेपालले अगाडि सारेको समृद्धि सम्भव छ हाम्रै पालामा भन्ने नारा नेपालको राजनीतिको मुख्य एजेण्डा बनेको छ । आम नागरिकले एक पटक छातिमा हात राखेर विचार गरौं र एक पटक नयाँ र समृद्ध नेपाल निर्माणका लागि बाबुराम भट्टराईलाई साथ दिऊ । सफा गर्नुपर्ने धेरै कुरा छन् तर पहिला सफा गर्ने राजनीति नै हो । देश बदल्ने हिम्मतमा हामी सबै जुटाैं । हामी सबैले देश बनाएरै छाड्ने दृढ संकल्प गरौं ।

@ लेखक :- नयाँ शक्ति पार्टी नेपालका युवा नेता हुनुहुन्छ ।