नन्दा गुरुङ,
-जापानको केही वर्षको वसाँईअनुभव मेरा लागि लोभलाग्दो,आश्चर्यमिश्रित अनि रुमानी खालका छन् । नेपालको एउटा पहाडी जिल्लाबाट शहर छिरेको परिवारको छोरी म । त्यहीँ शहरमा हुर्किएँ, बाल्यकालको पढाई सकाएँ । मेरो परिवारको सँस्कार, भाषा, परम्परा, रितीथितिले र विद्यालयको शिक्षाले मलाई जिवनको मूल्य सिकायो । उच्च शिक्षा अध्ययनका म हाम्रो देश नेपालको राजधानी काठमाडौ पुगें । केही वर्ष त्यतै विताएँ ।
अध्ययनकै सिलसिलामा नेपालका पहाड, तराईका फाँटहरुमा पुगेँ । नेपाली माटोको सुगन्ध छोएर हिड्नु मेरो सपना हो । त्यो सपना कुनै दिन साकार हुने नै छ । अध्ययन पश्चात् म केही वर्षलाई जापान पुगेको हुँ । नेपालमा मैले जेजति सिकेँ, जापानमा पनि सिक्दैछु । भोग्दैछु । यहाँ आएपछि जापानीहरुका लोभलाग्दो कर्मले उद्देलित वनाउँछ हरपल । र, त जीवनलाई सार्थक वनाउन हौंसाइरहन्छ । जिन्दगीको उर्वर उमेर अध्ययनमै नेपालमा वस्दा नेपालको समाज, राजनीति, व्यवस्था नजिकबाट भोगिएकाले जापान वसाँईपछि जापान र नेपालको तुलनात्म भोगाई तराजुले तौलन पुग्दोरहेछु । आजको आलेखमा मैले जापानमा देखेको केही रोचक पाटापक्षका बारेमा यस आलेखमा चर्चा गर्दैछु ।
पछिल्लो समय नेपाली युवाका लागि रोजगारीको गन्तव्य वन्दैछ जापान । कतिपयको सपनाको संसार हो जापान । पछिल्लो आंकडामा करिव ८० हजार नेपाली रोजगारीका लागि जापानमा छन् भनिन्छ । ति मध्ये ७० प्रतिशत युवाकै जमात छ । म जस्तै जापान वस्ने नेपालीका व्यक्तिगत अनुभव पक्कै छन् । यि मैले वटुलेका अनुभव र मेरा मनमा लागेका जापानका रोचक आयाम पस्किएको छु ।
हामी नेपालीहरुको निम्ति आर्थिक गन्तब्य र सपनाको संसार जापान पनि एक हो । यसै शिलशिलामा करिब ८५ हजार नेपालीहरु यहाँ बैदेशिक रोजगारको क्रममा बसोबास गर्दै आएका छन । जसमध्य ७० प्रतिशत युवाहरु नै छन् । यहाँको बिकासमा देखेको केहि मेरो मनमा लागेका रोचक प्रस्तुत गरेकी छु ।
अनुशासन
जापान प्रवेश गरेको शुरुवातको समयमा मलाई सबै भन्द मन परेको र रोचक यहाँको जापानीहरुको अनुशासन हो । हरेक व्यक्तिमा हुनु पर्ने यो पहिलो गुण नै हो तर यहाँ हरेक नागरिकले ब्यबहारमा लागु गरिरहेका हुन्छन । यस सन्दर्भलाई जोड्दा हरेक बाटो मा जेब्रा क्रेसिंग गर्दा उनीहरुले अपनाएको सिस्टम , ट्रेन मा चड्ने समय लाइनमा बस्नु, यदि कसैको व्यक्तिगत सामान भेटाएको छ भने तुरुन्त पोलिस ओफ़िस मा जानकारी दिएर सम्बन्धित व्यक्तिलाई पुर्याउनु ,बोल्दा हिड्दा सानो गल्ति भएमा माफी माग्ने,सम्मान गर्नु र सानो सानो कुरा एकदम धन्यबादी हुने उनीहरुको दैनिकी आदत नै हो । हजारौ नेपाली युवाहरु यहाँ प्रवेश गरेका छन् यसै बाट पनि हामीले धरै ज्ञान प्राप्त गर्न सक्छौ बिकाशको खुट्किलाहरु यसरि बढेका रहेछन । यहाँ भएका नेपालीहरुको बिचमा पनि स्पस्ट देखिन्छ कि उनीहरु यहाँ को सिस्टम केहि मात्रामा मात्र लागु गर्छन तर तेही आफ्ना आचरण नेपालीहरुका बिचमा नै असहज बनाइरहेका हुन्छन ,यहाँका मानिसहरुका बिचमा पनि आफ्नो सिस्टम लागु गरिरहेका छन् तेसैले सोच बदलौ विचार बदलौ सकारात्मक सोचाईलाइ प्रोत्सान गरौ । नेपालको सन्दर्भलाई जोडिरहद हामी नेपालीहरु धेरै पछाडी छौं नियम पालना को कुरा मा पनि यहि अनुशासन को सिस्टम मात्र पालना गर्न सके र लागु गरे पनि नेपाल धेरै अगाडी जाने प्रबल सम्भावना छ ।
फोहोरमैला व्यवस्थापन
नेपालमा अध्ययनको शिलशिलामा करिब ६ वर्ष मैले नेपालको केन्द्र बिन्दु ९राजधनि ० काठमाडौ मा बिताए राजधानीको बाटोमा हिदिरहदको त्यो समय सम्झिदा कहिले पनि मुखमा मस्क नछुटाएको अनुभव याद आयो अनि ति फोहोरका थुप्रो ,गनाएका बागमतीको त्यो गन्ध ,मिक्रो बसमा चड्दा आएको त्यो हस्को कस्तो पीडादायी र असहज थिए साथै अध्ययनको क्रममा फिल्डको लागी ति सुकुम्बासी स्थानहरुमा धुलो मैला संगै हिडेका पलहरु लाइ केलाउदा यहाको फोहोरमैला व्यवस्थापन प्रणाली अति रोचक लग्यो । जुन हरेक ट्रेन स्टेशन ,घुम्ने पार्क ,कम गर्ने हरेक कम्पनी , बाटोका बीच बिचमा फोहोरमैला व्यवस्थापनका लागि राखिएका ति भाडाहरू क्यान बोत्तोल , प्लास्टिक बोत्तोल ,कुहिने र नकुहिने गरि चार भागमा छुट्टाएर राखिएको लोभलाग्दो,आश्चर्य चकित जापानका रोचक पक्ष अचम्म लाग्यॊ । यहि साना साना कुराहरुले ल्याएको बिकाशको खुड्किलो मा बिकशित मुलुक कहाँ पुगेका छन् तर हाम्रो नेपाल कति पछाडी रहेछ भन्ने कुरा मैले महसुस गरे । हजारौ नेपाली हरु यहाँ आएका छन् उनीहरुले आर्थिक मात्र हैन यहाको बिकाशका सिस्टम लाइ पनि लिएर नेपालमा लागु गर्न सकुन यहि मेरो आग्रह छ । नेपाल सरकारलाई पनि चुनौती दिनु यहाँ आएका हजारौ युवाहरु को दायित्व हो ।
हुलाक सेवा
नेपालमा हुलाक सेवा बि स १८७८ पहिलो पटक स्थापना भएको थियो जुन बेला नेपाल मा संचारको प्रमुख माध्यम नै हुलाक थियो । बैदेशिक रोजगार मा रहेका नेपालीहरुले पत्र मार्फत हुलाक बाट खबर आउथ्यो र सरकारी निकायहरुमा पनि पत्र मार्फत खबर आदानप्रदान हुन्थे । नेपालमा त्यो बेला कति महत्व थियो हुलाक सेवाको अहिले घाम तापेर बस्ने र पूर्ण रुपमा बन्द हुने अवस्थामा छ । सायद २०६१ साल तिर को समय हो मलाई पनि केहि लेखहरु लेख्ने इच्छ हुन्थे जुन बेला गुरुङ समुदायको ू तमु संसार ूभन्ने मासिक पत्रिकामा मैले आफ्नो लेख हरु पठाउने गर्थे कति पटक मेरो लेख नै आएन ,एउटा लेख करिब एक वर्ष पछिको अन्तरालमा छपियॊ यहि बाट पनि स्पस्ट हुन्छ कि हाम्रो नेपालको हुलाक सेवा कति प्रभावशाली छ । यसै सन्धर्वमा जापान को हुलाक सेवा बि स १८७१ मा स्थापना भएको करिब ६ वर्षको अन्तर मात्र छ नेपाल संग बिकाशको खुड्किलो लगभग उस्तै दौडानमा रहेको जापान अहिले विश्वको बिकशित मुलुकको रुपमा परिचित छ । अहिले पनि जापानमा हुलाक सेवा संचारको प्रमुख र भरपर्दो माध्यामको रुपमा परिचित छ । हरेक सरकारी निकाय बाट प्रभाह हुने कागजातहरु सबै हुलाक सेवाबाट नै प्रबाह हुन्छन ,महत्वपुर्ण कागजात मान्छेलाई नै भेटेर दिन्छन कतै नभेटिएको खण्डमा सम्बंदित निकायमा गएर आफै लिनु भनेर फेरी पत्र पठाऊछन् ।कस्तो अचम्म लाग्छ कि कुनै दिन नेपाल पनि यहि माध्यम कस्तो भरपर्दो थियो अहिले कुन मोड लिरहेको छ तेसैले नेपालका सरकारी निकाय कति सम्म अव्यवस्थित र हस्किदै गएको छ र जापान कसरि भरपर्दो र बिकशित भएको छ यो हामी नेपाली ले मुल्यांकन गरि नेपाल सरकारलाई चुनौतिको बिसय बनेको छ ।
सडक निर्माण
हामी सबैलाई थाहा भएकै कुरा हो नेपालमा सडक निर्माणको लागि कति परियोजना परेका हुन्छन ।बिशेष गरि मुग्लिङ्ग सडक खण्ड प्रत्येक वर्ष एकदम दुखको सामाना गर्नुपरेको छ , कति पटक मुग्लिङ्ग सडक खण्डको जाममा घन्टौ समय बिताएको त्यो पल याद आउछ , जुन रुपमा निर्माण हुनु पर्ने हो त्यो पुर्ण लगानी नगर्ने ,समयमा नगर्ने , भ्रस्टचार गरि आलटाल गर्ने आदतले गर्दा पटक ९पटक त्यो सडकमा लगानी गर्नु पर्ने देखिन्छ । यसै संधर्वालाई जापान संग मुल्यांकन गर्दा यहाँ सडक केहि भएको हुदैन तर सकिने म्याद वा समय भित्र उनीहरुले भत्काएर एकदिन भित्रमा नै के रात के दिन छिनमा नै निर्माण गरिहाल्छन केहि समयमा पनि जनतालाई हिड्नमा बाधा भयो कि भनेर कस्तो क्षमा माग्छन तर उनीहरुले सडकमा चल्ने कुनै पनि साधनलाई असर नपर्ने गरि काम गरिरहेका हुन्छन । कस्तो रोचक र अचम्म लग्छ यहाका बिकाशका सिस्टम देखेर तेसैले यो नेपाल सरकारलाई धेरै सुधार गर्नु पर्ने स्पष्टता यहि सानो उदाहरण बाट पनि देख्न सक्छौ । कति नेताहरु विदेश भ्रमण मा आउछन के हेर्छन र के लागु गरिरहेकाछन प्रश्न चिन्ह ले मलाई धेरै पोलिरहन्छ ।
काम र श्रमको सम्मान
नेपालमा बिसं १८५४ मा जंगबहादुर राणाले जाति अनुसार कामको बिभाजन गरेका थिए । तेही जात अनुसारको कामको बिभाजनले केहि वर्गका जात धेरै अगाडी गए केहि बर्गका जात धेरै पछाडी गए यो सरकारले बनाएको सिस्टम ले गर्दा बिकाशको खुड्किलोमा झन् झन् खस्किदै गयो तर २००७ र २०४६ सालको जनआन्दोलन ले श्रम विभागमा धेरै परिवर्तन र स्वतन्त्र ल्यायो । यसै गरि २०६२ र६३ को जनाआन्दोलनले जनतामा वास्तविक सचेतना ल्यायॊ। सबै क्षेत्रमा समाबेशी र सहभागिता गराए । कुनै एउटा कम्पनी मा पिउन देखि लिएर हाकिम सम्म हुन्छन तर कहिले त्यो हाकिम ले भाडा धुदैन तर यहाँ जापानको संधवालाई मा जोड्न चाहे यिनीहरुमा न जातीय बिभाजन छ न जातीय अनुसारको काम को बिभाजन नै मात्र यिनीहरु हरेक काम लाई सम्मान सहित काम गर्छन । र हरेक कम्पनी मा सबै कामदार हुन्छन आफुले खाएको भाडा आफै मज्छंन यदि आफ्नो आफ्नो डिपार्ट्मेण्ट कम गर्दै छन् गारो भएको अवस्थामा हाकिम पनि भाडा मोल्न आउछन । हरेक पार्क हरु सफा गर्ने देखि लिएर हर क्षेत्रमा सबै कामलाई समान ढंगले गरिरहका हुन्छन । यो छैन कि यो काम सानो यो ठुलो उनीहरु समान रुपले मेहनत का साथ गरिरहका हुन्छन । तेसैले जापान विश्वको बिकसित मुलुकको रुपमा परिचित छ । यहाँ बाट मैले पनि हरेक कामलाई सहज र सम्मान का साथ गर्न सिके । यहाँ आएका हजारौ नेपाली यहाँ जुन काम गरिरहेका हुन्छन त्यहि काम नेपाल मा गर्न लजाउने आफु गिरेको अनुभब गर्ने प्रवृति ले गर्दा नेपाल परिवर्तन हुन नसकेको हो । यहि सिस्टम लै नेपाल मा हरेकले आफ्नो परिवार देखि लिएर छिमेकि बाट शुरु गर्नुस बिकाश हुन लाइ केहि समय लाग्दैन ।
सभ्य कपडा लगाई
अध्ययन को क्रममा कलेज बाट असल सामाजिक कार्यकर्ता हुनको लागि साधारण कुर्ता सर्वाल पुरा घाटी छोपिने गरि लगाउनको लागि हामीलाई अनुरोध गर्दथे र साधारण पोशाक लगाएर फिल्ड र कोलेज जाने गर्थ्यौ र मलाइ साधारण पोशाक मा हिड्न एकदम मन पनि पर्थ्यो । बैदेशिक रोजगारको क्रममा यहाँ आउदा काममा मेरो कपडाको गला दुइ पटक सम्म हल्का खुल्ला देखेकोमा मलाई राम्रो संग कपडा लगाउनु भनेर मेनेजरले बोलाएर सल्लाह दिएको यो सानो घटनाले मलाई साचिकै चकित बनायो । यहाका जापानिजहरु को कपडा लगाई एकदम सभ्य र भद्र लाग्छ ,उनीहरु जति नै युवा होस् कपडा लगाई एकदम राम्रो र सभ्य तरिकाले पहिरिएर हिड्ने गर्छन । तेसैले हामी नेपालीहरु पश्चिमेली सस्कृतिलाई पछ्यौदा धेरै बिकृतिहरु ल्याएका छन् तर जापान आफैमा बिकशित मुलुक हो तर कपडा लगाई धेरै सभ्य छ एसले यहाको अनुशासनलाई झल्कउदछ ।
शौचालयको बनावट
कुनै समय नेपालगन्ज र कपिलबस्तु तराईका थारु केहि बस्ती मा सर्बेक्षणमा जादा कति घर परिवारमा शौचालय नभएको र बाहिर खेतको डिलमा गर्ने धेरैको जन आवाज थियो आज त्यो दोन सम्घिदा यहाँ को उच्छ स्तरको शौचालय देख्दा यो संदर्वालाई गास्दै छु यहाँ शौचालयको बनावट आश्चर्य लाग्दो छ जुन दिसा वा पिसाब गर्दा अटोमेटिक बटन दबौदा आफै धुलाउछ जसले पानि कम संचय गरि समय को सदुपयोग संगै सहज बनाएको छ । र हाम्रो नेपाल मा जबकि शौचालय अझै पुर्ण रुपमा सबैको घरमा बन्न सकेको छैन वातवरन मा कति असर गरिहरेको छ त्यो हामीले यता बिकाशको पनि अचम्मको खुट्किलो मा जादै गर्दा हामी अझै कुन स्थानमा छौ भन्ने कुरा स्पष्टता आउछ ।यी स९ साना कुराहरु जोद्द्दै गर्दा बिकाशका आधारहरुलाइ जनाउदै छु ।
मानसिक स्वस्थ
नेपालमा हुदा करिब दुइ वर्ष मैले मानसिक स्वस्थ संग सम्बन्धित संस्थाहरु संग आबदा भएर भोलुण्टेर गर्दाको अनुभव यहाँ आएका नेपालि युवाहरु लाइ तुलना गर्दा मानसिक तनाब को सिकार बनेको देखिन्छ । युवाहरु सोचेको भन्दा धेरै नै फरक यहाको माहोल भएकाले बिचालन मा परेका पनि छन् । अर्को तर्फ कुक भिषामा आउने हरुको पिडा पनि आफ्नै ठाउमा छ कति कमाउने उद्देश्यले आउछन १३ र१४ लाख तिरेर तर यहाँ नेपाली कम्पनी हरुले आफ्नो मुनाफाको हिसाबले तलब नदिने ,थोरै दिने यस्ता कम्पनी धेरै छन् । जसको कारण तनाब आत्महत्या सम्म पुर्याउन एउटा मध्यम जस्तै बनेको छ । अर्को तर्फ छोराछोरी नेपाल छोडेका आउने परिवारले पारिवारिक सामिप्यातालाई टाडा बनाएको छ साथै अभिभावकको मानसिक तनाब बढिरहेको छ ।भने अर्को तर्फ १८ भन्दा माथिको बालबालिकालाई ल्याउन सकिने हुनाले पढाई छुटाएर ल्याए पछी उनीहरुलाई काम काम तेस्मा पनि युवा नै होमिरहेको सहज देख्न सक्छौ । नेपाल को दक्ष नागरिक त विदेशको भूमिमा बिकाश गरिरहेको स्पष्टता हुन्छ।सपनाको संसार बुनेर यहाँ धेरै नेपालीहरु भित्रिएका छन् तर त्यो सपना पुरा गर्न धेरै संघर्ष र उताब चाडब संग लड्दै गर्दा कति युवाहरु आत्महत्या का शिकार बनेका छन् । तसर्थ , सपनाको गन्तब्य हामी जापान हैन नेपाल मा नै बनाउ हरेक कामलाई सम्मान गर्न सिकौ जसले देश निर्वाण मा अहम भूमिका खेल्दछ ।

