मङ्गलबार, बैशाख ०८, २०८३

पशुपति शर्माले भन्नै नहुने चार कुरा : यस कारण त्यस गितले गलत सन्देश दियो

बिनोद खड्का,
लोकगायक पशुपति शर्माकै चर्चा छ यतिबेला अलिकति बोल्नै पर्ने देखियो । हिजो गित सुने आलोचनात्मक रूपले समर्थन पनि गरे जब गहिराईमा पुग्दै पटकपटक भिडियो हेरे निम्न कुराले पटकपटक चस्कायो ।
१, म वा हामी पनि कार्यकर्ता नै हो मलाई वा हामीलाई कुकुर भनियो यसको हिसाबकिताब हुन आवश्यक छ ।
२, पत्रिकामा आको कुरालाई लिएर हुँदै नभएको राष्टपतीले चढ्दै नचढेको हेलिकप्टर को बारेमा जे बोले त्यो एकदमै गलत छ ।
३, वाईडबढी काण्डमा कम्युनिस्ट सरकारलाई मात्र देखाउने मुख्य दोषी अथवा काङ्ग्रेस सभापति शेर बहादुर देउवाको पालामा भएको यो अभिनय नदेखाउनु खेद जनक छ।
४, पटकपटक भष्टचारी भनी रहदा कम्युनिस्ट हरूको गौरव मय झण्डालाई भिडियोमा देखाउन कम्युनिस्ट हरू भष्टचारी हुन भन्ने खालको आचर्य जे छ त्यो खेदजनक आपत्तिजनक छ ।
हो यो लोकतन्त्र नै हो यो प्रजातन्त्र नै हो यो संघिय गणतन्त्र नेपाल हो यसमा आफ्ना बिमती हरू राम्रोसँग राख्न पाईन्छ तर जसरी कुकुर सँग कम्युनिस्ट झण्डा र कार्यकर्ता लाई देखाईयो यसले साच्चै लोकतन्त्र माथिनै खत्रा पैदा गर्न खोज्या छ । लोकतन्त्रमा आफ्नो सँगसँगै अरूको पनि समान अरूको पनि ईज्जत् हुन्छ पशुपति शर्माले यति बुझेर आफ्नो भिडियो आफै पटकपटक हेरेर बाहिर लियाउनु पर्थ्यो त्यो गलत थियो गलत हो ।