बिहिबार, बैशाख १०, २०८३

भ्यालेन्टाइन डे विशेष : प्रेम गर्नको लागि कुनै दिन कुरिरहनु पर्दैन

प्रकाश बुढ़ाथोकी !
हिजोआज नेपाली समुदायमा चहलपहल अलि निकैबढेको देखिदैछ ।जताततै प्रेमको प्रतिक मानिने गुलाबका फूलहरुको गुच्छाले बजारमा रंगिचंगि देखिएको छ ।

बिशेष त पश्चिमी संस्कृति यतिबेला नेपाली समुदाय भित्र पनि प्रबेश गरिसकेको छ ।
प्रेम शब्दको बयान गरिरहनु त्यति पर्दैन यहॉ हरेक बस्तुको प्रेम गर्ने तरिका आ आफ्नै किसिमको छन। चाहे ति जनावर नै किन नहुन हामी त सर्बश्रेष्ठ प्राणी मानब तर आजभोलि प्रेमको नाममा देखावटी,बनावटी प्रेम गरेर प्रेम शब्दकै उपहास भैरहेको छ पछिल्लो समयमा ।प्रेम गर्न कुनै तिथिमिति कुरिरहनु पर्दैन यदि सच्चा मनैदेखि गरेको हो भने तर यहॉ त्यस्तो छैन ।

झुट लुट र स्वार्थमा गरिने प्रेम फस्टाएको छ।मन परेको फुल टिप्नुलाई मात्र कहाँ प्रेम भनिन्छ र त्यति सजिलो पनि छैन मन परेको फूल टिप्नलाई सबै सहि अर्थमा प्रेम त त्यो हो जहाँ मन परेको फुलमा गोड्मेल गरेर पानी हालिन्छ अनि त्यस्लाई अझै सुन्दर बनाईन्छ निखारिन्छ तिखारिन्छ यो पनि त प्रेम नै त होनि! सच्चा प्रेमी जोडिहरुको लागि प्रेम प्रस्ताव राख्नको लागि/प्रेम गर्नको लागि कुनै प्रेम दिवसको दिन कुरेर बस्नुपर्ने आवश्यक हुदैन त्यसको लागि चोखो मन अनि सच्चा प्रेम भए पुग्छ।एउटा फुल दिदैमा माया बढ्ने हो भने म पनि दिनहु एकभारि फूल बाढ्दै बजार परिक्रमा गर्थे ।माया हुन दुई मन र आत्मा एकआपसमा मिल्नु पर्छ एकले अर्काले भावना बुझ्नुपर्छ।सुख दुखमा साथ दिन सक्ने क्षमता एकअर्कामा हुनपर्छ तब मात्र माया केहो थाहा पाइन्छ ।असली प्रेम गर्नेहरुका लागि हरेक दिन प्रेमदिवस भन्दा कम छैन । प्रेम त भगवानको लागि त्यो समयमा पनि सहज थिएन।शिवलाई पाउन तपस्या पार्वतीले गरेकि हुन भने प्रतिक्षा त शिव भगवानले पनि गरेका थिए होलान नि ??शिवले पार्वतीको माया जॉचेका पनि थिए ।रामले सिता पाउन धनुष भॉचेका थिए नै फेरि सुनै सुनको लंका भएर पनि सीता कहॉ खुशी थिइन र? झन हामी त स्वार्थी मानव यहॉ औक़ात हेरेर प्रेम हुन्।यदि सॉच्चै प्रेम गर्छौ भने कसैको भावना माथि खेलबाड नगर्नु खेलौना नसम्झनु बरु बेलैमा सोचबिचार गरेर निर्णय गर्नु उत्तम हुन्छ।

जब मान्छेलाई चोट पर्छ मार्छ, मर्छ ,रेट्छ ,रेटिन्छ यसको कारण हो हलुका रुपमा प्रेमलाई बुझ्दाको परिणाम नराम्रो हुन्छ।भन्छन नि समुन्द्रमा फसे निस्केला तर प्रेममा फसे भन्न सकिन्न ।मानिसको मन न हो कुन बेला कुन मोडमा पुगेर मोडिन्छ के थाहा र यहॉ ? सुख सबैलाई चाहिएको छ दुख गर्न कोहि मन पराउदैनन।आजकालको प्रेम भनेको गाला चाट्ने,घरमा ढाट्ने,हात काट्ने जवानी साट्नेनै हुन।सम्बन्ध त धनदौलत संग तुलना गरिन थालिएको छ। शहरमा यदि कसैको धन सम्पति र रुप देखेर सम्बन्ध जोडिन्छ भने त्यो भन्दा ठूलो महाभुल केहि हुन्न । झुठो बाचा गर्नु भन्दा विनम्रतापुर्वक ईन्कार गर्नु नै सच्चा प्रेमीको परिचय हो ।प्रेम त दुई लिङ्ग प्रतिको आकर्षण भन्छन खै स्वार्थमा डुबेर माया लाउनेहरुलाई के थाहा माया शब्द कति निश्चल र पबित्र छ भन्ने कुरा ।एक आपसमा प्रेमको अर्थ समयमानै बुझ्न र बुझाउन सकिएन भने ठूलो क्षति हुनेछ।छटपटाउदै रोईरहेको कति देखेको छु।

प्रेम गर्नुभन्दा पहिला धेरै पैसा कमाउनुस नत्र गरीबको प्रेम त बजारमा लिलाम र किनबेच हुने गर्छ ।तसर्थ हतारमा प्रेम गरेर फूर्सदमा पछुताउन नपरोस। “प्रेम गर्नको लागि कुनै दिन कुरिरहनु पर्दैन”