बिहिबार, बैशाख ३१, २०८३

श्रमिकको शब प्याक भएर आएको बक्स पनि लिलामीमा राख सरकार

बैदेशिक रोजगारको सिलसिलामा बिभिन्न मुलुकमा गएर परिश्रम गरेर केही कमाएको पैसाले झिटिगुन्टा लिएर मातृभूमि घर फर्किदा श्रमिक जनताको छोरा छोरीले आफ्नो र परिवार उपभोगको लागी ल्याएको सामान सरकारले भन्सारमा जफत गरेर लिलामी गरेको समाचारले विदेशमा बस्ने धेरै नेपालीको मुटु भक्कानिएको छ यतिबेला ।

दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार जो श्रमिकमुखी रहेको भन्न पछि पर्दैन । तर, तिनै श्रमिकले ल्याएको झिटि गुन्टा एयरपोर्टमा खोसेर अहिले लिलामीमा राखेको छ । बिदेशमा जुनसुकै कामका लागि गएका भए पनि धेरै त कुशल शिक्षित अनि दक्ष जनशक्ति हुन् । यसमा दुईमत छैन नेपालमा सिमित रोजगारी, सिमित श्रोत र साधनमा रमाउन नसकेर आफ्नो र आफ्नो परिवार, देशको लागी केही गरेर सम्बृद्द बनौ र बनाऊ भन्ने ऊद्धेश्य बोकेर बाध्यतावश बिदेश पलाएन भएका हुन् ।

जुन युवाहरूको परिश्रमको रेमिट्यान्सले देशको अर्थतन्त्र चलेको छ । जसले कमाएको पैसाले देश धनी भएको छ देशको आर्थिक बृद्धिदर माथी ऊठेको छ । तिनै परिश्रमि युबायुवतीलाई ऊर्जा हौसला दिनु त कता हो कता, उनीहरुले आफ्नो र परिवारको प्रयोजनका लागि ल्याएको समानमा सरकारको ऊल्टै गिद्धेदृष्टी किन ?
तस्कर ब्यापारीहरूले ल्याएको ३०–४० किलो सुन अनि मालवाहक ट्रकको ट्रक सामान चाही एरपोर्ट भन्सारबाट चेक जाँच नभई बाहिर पास हुने अवस्था रहेको हाम्रो एयरपोर्टमा परिश्रम गरेर घरेलु प्रयोजनका लागि ल्याएको समानमा चाही सरकार किन यति निष्ठुर ।

तस्करले सुन र सामान ल्याऊदा आँखामा पट्टी बाधेर कानमा तेल हालेर बस्ने नेपाल सरकारको भन्सार बिभागका कर्मचारी र प्रहरी श्रमिकको झिट्टीगुन्टामा नजर र निगरानी किन ?

नेपालको एयरपोर्टबाट अबैध धन्दा गरेर अबैधानिक गÞैरकÞानूनी तरिकाबाट मुर्ती, बिणा, कस्तूरी लागुपदार्थ, गाँजा चरेस, अफिम जस्ता पदार्थ बाहिरिदा आँखा नदेख्ने प्रहरीहरू बैधानिक तरिकाबाट श्रमिकको लागि बिदेशिन लागेको युवालाई आमाले पठाएको नेपालको गुन्द्रुक १ बट्टा घिउ नेपाल सुकुटी चिऊरा रोटीमा चाही किन प्रतिबन्ध ?

सरकार, सक्छौ भने रोजगारीमा जानेले ल्याएको ४–५ वटा घडी २–३ वटा मोवाईल फोन, एउटा ल्यापटप, २–३ बोत्तल ह्वीस्की १–२ वटा बलाङकेटमा मात्र आखा लाउनु भन्दा, त्यो श्रमिकहरू प्याक भएर आएको कफिन बक्स झन मूल्यवान हुन्छ । नेपालमा ठूला–ठूला आल्मरी पलङ महत्वपूर्ण सामान बन्ने तिनै बाकस हुन त्यो पनी जफत गर र भोलीको दिनहरूमा लिलाम बिक्री गर मनग्गे आम्दानी हुन्छ ।

देशमा प्रत्येक ५–५ बर्षमा जनगणना हुन्छ । सरकारलाई थाहा होला, सामान्यतया ५–७ जनाको एउटा परिवार हुन्छ । २–३ बर्षमा जादा सबैलाई एक–एक वटा समान लिएर जाँदा पनी ५–७ वटा चाहियो । सामान्य परिवारमा पनि ४–५ तोला सुन चाहिन्छ भने, कुन बिचार कुन दृष्टी गोचरले भन्सारका प्रमुख हाकिम महोदयले रोजगारीको सिलसिलामा बाहिर गएर फर्किनेहरूले ल्याएको झिट्टी गुन्टाको यसरी नियम कार्यान्वयन गरेको ?

श्रमिकको शब बोकेको रातो कफिन (बाकस)मा तपाइको आँखा किन गएन महोदय ? बिदेशबाट आऊने कफिन रातो बाकस पनी यसरी नै जफत गरेर यही परिश्रामिकको समान सरह लिलाम बिक्रीको लागी बोलपत्र आवहान गर सरकार!

हाल मकाउ चीन