बिहिबार, बैशाख १०, २०८३

जन समर्थन गुमाउँदै डा.गोविन्द केसी अनशन

निर केसी
-बिगत लामो समयदेखि चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनबरत सत्याग्रह मार्फत आन्दोलन गरिरहेका एक सादगी जिबनशैलीका ब्यक्ति हुन डा.गोबिन्द केसी । त्रिबि शिक्षण अस्पतालको हाडजोर्नी बिभागमा कार्यरत डा.केसि भ्रष्टाचार विरुद्ध कठोर आवाज , देशमा आपतबिपत पर्दा स्वास्थ क्षेत्र बाट लिने अग्रसरता एबम पिछडिएका ,गरिब निमुका जनताप्रति निजि स्वास्थ शिबिर सन्चालानले उनी जनतामाझ लोकपि्रय भए र छन पनि । उनी जन एबम राष्ट्र हितको आवाज मात्र हैन दबाब दिइ नितिगत कार्यनयन गर्नुपर्छ भन्ने सन्देशका साथ शान्तिपुर्ण आन्दोलन सत्याग्रह मार्फत सुरु गरे । सुरुवाती अनशनमा डा.गोबिन्द केसिले आफ्नो सस्थालाई भ्रष्टाचारमुक्त अर्थात सुशासन र पार्दशिताको लागि थियो । त्यसपछि क्रमशः उनले स्वास्थ्य शिक्षा क्षेत्रमा रहेका सबै बेथिति विरुद्ध आफ्नो अनशनको दायरा फैलाए। स्वास्थ क्षेत्रमा बिकृती ल्याउने हरेक ब्यक्तिलाइ उपचार लगाए । डा. केसिको चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन बिधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अबधि बाहेक बाकी बुदामा कुनै परिवर्तन नगरी यथावत रुपमा पारीत गरियोस् भन्ने माग , कर्णालीमा अबिलम्ब MBBS लगायत स्नातक तहमा बिद्यार्थी भर्ना गरि पुर्बाधार र जनशक्ति कायम गरियोस , लगायत बिकट एबम उपत्यका बाहिर चिकित्सा कलेज खोल्नुपर्छ भन्ने जस्ता माग जनहित एबम राष्ट्रको सर्बोपरी हितका माग राखी निरन्तर आफ्नो सत्याग्रहलाइ जारी राखिरहे । गोबिन्द केसिले सदा जनताका लागि सरकारसग माग्दै आए । हामी सदा सर्बदा उनको समर्थन गरिरहौ ।

डा.केसि को अनशन र सरकारि तबरको बार्ता सम्झौता पटक -पटक दोहोरिरदा संसदको शिक्षा तथा स्वास्थ समितिले आफुसग गरेको सम्झौता बिपरित चिकित्सा शिक्षा बिधेयक अनुमोदन गरि जनताका लागि नभै माफियाहरुको लागि ऐन बनाएको आरोप लगाउदै अहिले संख्यात्मक रुपको १६ औ चरणको अनशन इलामबाट सुरु भइ हाल सम्म जारी छ । बिगतको अनशनमा पाएको जन आस्था र समर्थन १६ औ अनशन सुरुवात अगाबै गरिएको पत्रकार सम्मेलनबाटै चरम बिबादास्पद र आलोचना बन्न पुग्यो । हुन त बिगतको अनशन पनि आलोचना रहित भने थिएन । अस्पतालको डाइरेक्टर, शिक्षण संस्थानको डिन कसलाई बनाउने भनेर अनशन बस्दा ती पूरा भए । उहाँले भनेकै मान्छे डिन र डाइरेक्टर हुँदै आए । ती व्यक्तिले चिकित्सा क्षेत्रको सुधारमा, चिकित्सा शिक्षाको सुधारमा के–कति काम गरे भनेर कहिल्यै समीक्षा भएन । आफु कार्यरत हाडजोर्नी बिभाग अबस्था दयनीय हुदा चासोबिहिन बन्नु ,एउटा सरकारि कर्मचारी आफ्नो जिम्मेवारीलाई बेवास्ता गरि बिरामिको उपचार गर्न छोडेर कथित सत्याग्रहको मन्चन गर्नु साथै चिकित्सा शिक्षालाई पुर्णरुपमा राष्ट्रियकरण बनाउने एजेन्डा मागमा बेखबर हुनुले समर्थकमा धेरै हदको नैराश्यता उत्पन्न गराएको थियो ।
चरम बिबादमा राजनीतिक एजेन्डामा आधारित १६ औ अनशनको ५ नम्बर बुदामा भनिएको द्वन्द्व कालमा जघन्य तथा मानबताबिरोधी अपराधका दोषीलाई अन्तर्राष्ट्रिय कानुन अनुसार दण्डित गरियोस , द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालिन न्याय शिघ्र टुंगोमा पुर्याइयोस साथमा निर्मलाको बलात्कारपछि भएको हत्यारा सार्बजनिक गर्नुपर्ने माग हाडजोर्नी बिज्ञ डा. केसिको चिकित्सा शिक्षा सम्बन्धि मागमा तालमेल भएन ।
यसैबिच सरकारले उनका बिगतका चिकित्सा सम्बन्धि माग लगभग समेटिएको संसदबाट बहुमतले चिकित्सा शिक्षा बिधेयक पारित गरेसगै डा. केसि नैतिक अप्ठ्यारोमा परे पनि केही राजनीतिक दलको समर्थनमा अक्षरन्क पालना गर्नुपर्यो भन्दै अनशन जारी राखिरहेका छन । यसबाट डा. केसिले सार्बभौमसत्ता सम्पन्न संसदको सर्बोच्चता र गरिमालाइ खिल्ली उडाइ धावा बोलेको स्पष्ट हुन्छ ।
अन्त्यमा स्वास्थ शिक्षा र प्राबिधिक शिक्षाबारे डा.केसिले जे बिषय उत्थान गरेका छन , ती हिजो पनि शतप्रतिशत सहि थिए र अहिले पनि छन । तर एउटा सरकारि कर्मचारी आफ्नो जिम्मेवारीलाई बेवास्ता गर्नु , अभियन्ताको रुपमा परिचीत सत्यगार्ही राजनीतिक झुन्डमा मोलिनु , पुर्बागर्हि रुपले बहस एबम छ्लपलमा सहभागी नहुने ,एक सत्यागर्हिको बोलिमा देखिएको दम्भयुक्त अराजकता , राजनीतिक नेतृत्वको नामै किटान गरि प्रतिपक्षीलाई मुक्तकण्ठले प्रसंशा र सत्तारूढलाई तथानाम गालिगलोज , सार्बभौमसत्ता संसदमाथी धावा बोल्नु जननिर्वाचित प्रधानमन्त्री जस्तो मानिसलाई स्वास्थ एबम मानसिकता माथी प्रश्न गरि तल्लो स्तरको टिप्पणी गर्नुका साथ राजिनामा एउटा सरकरी कर्मचारीले प्रधानमन्त्रीको माग्नु , सरकारले दिएको तलब खाएर , बिरामीको उपचार गर्न छाडेर कथित सत्याग्रहको चटक देखाउनाले उनले उठाएका स्वास्थ्य शिक्षा क्षेत्रका गम्भीर र जायज मागलाई खण्डित गरि बिबादित भए । बिगतमा जुन तबरले समर्थन गरियो , त्यसरी नै समर्थन गर्न नसकिने स्थितिमा उनको शैलीको रबैया र थपिएको राजनीतिक माग र प्रस्तुतिले पुर्यायो ।
@ गेलु,रामेछाप