बिनोद खड्का,
यतिबेला फेरि प्रमुख प्रतिपक्ष दलले विभिन्न बाहानामा बर्तमान कम्युनिस्ट सरकारलाई विभिन्न आक्षेप लालछना हरू लगाई रहेको देख्दा साच्चै लोकतन्त्र प्रेमी प्रजातन्त्र प्रेमी गणतन्त्र पक्षेधर हरूलाई अचम्म लागेको हुनुपर्छ ।
बिशेष गरेर काङ्ग्रेस यतिबेला सडक र सदनमा दोहोरी खेल्ने सरकार सँग भिड्ने देखाईदिने भनेर आक्रमक बनिरहेको छ। खासमा काङ्ग्रेस यतिसम्म किन तल झर्न खोज्दै छ भनेर काङ्ग्रेसलाई आफ्नो जनमत दिने मतदाता हरू पनि आफैले आफैलाई प्रश्न गरि रहनु भएको होला । यतिबेला कम्युनिस्ट सरकार नेपालको ईतिहासमै बहुमत प्राप्त अथवा दुई तिहाइ सहित सरकार र सदनमा छ । तर काङ्ग्रेसले बुझ्नु पर्ने कुरा के हो भने यतिबेला जनताको आपार माया बिश्वास र आफ्नो अमुल्य जनमत कम्युनिस्टलाई दिएका छन् सायद काङ्ग्रेसले यसलाई हेक्का राख्न आवश्यक छ । उसले यो कुरा अझ राम्रोसँग बुझ्न झन् आवश्यक छ । यति बुझ्दाबुझ्दै पनि काङ्ग्रेसले सरकार अधिनायकवाद तिर गयो भन्दै छ भने हामीले बुझ्दा हुन्छ काङ्ग्रेस आफै अधिनायकवाद तर्फ गयो । तपाईं हामीले देख्ने र जानिने केही कारण यस्ता पनि छन् ।
काङ्ग्रेसले एकलौटी रूपमा २५ बर्ष यो देशको नेर्तृत्व गर्यो तर जनताले देखिने उसले यो गरे यतिकाम जनताको हितमा गरियो भन्ने सम्म बनाउन नसकि उसले त्यो २५ बर्षे लामो अनुभव लामै लुटतन्त्र भद्रगोल रबैया अब जनतालाई सह्य भएन । र देश यतान उताको हुनबाट नेपाली जनताले आफ्नो मतबाट कम्युनिस्टलाई छान्ने निर्णय गरे ।र गोप्य मतदान बाट सजिलोसँग जनताले यो पटक कम्युनिस्टहरूलाई स्वीकार गरे । यसमा काङ्ग्रेसले आपति मान्नु पर्ने आग्रह पुर्वग्राही राख्नु पर्ने कुनै कारण नै छैन् । तरपनी काङ्ग्रेस आज जालझेलको राजनीति किन गर्न खोज्दै छ ? आखा देख्ने कान सुन्ने सबै नेपाली जनतालाई छर्लङ्ग छ जनता यसमा जानकार छन् । किनकि कम्युनिस्ट सरकारले यो देशमा थिती बसाल्न खोज्यो सुशासन लियाउन खोज्यो ओरालो लागेको देश अब उक्कालो लाउन खोज्यो खुट्टा दर्हो टेक्न लाग्यो समृद्धि र सुखीका नारा मात्र हैन् केही दिन अगाडि सरकारका ११ महिनामा २९ काम भनेर सारा पत्रपत्रिका टिभी अनलाइन मा छ्यापछ्याप भएपछि झन् काङ्ग्रेस अतालिन पुग्यो अस्तित्व सकिने भयो भन्ने ठाउँमा काङ्ग्रेस पुग्यो र लोकतान्त्रिक प्रणालीलाई समेत स्वीकार गर्न नसक्ने ठाउँमा काङ्ग्रेस पुग्यो । त्यसको उदाहरण हो भरखरै जनताको सर्वभम संसद बाट चिकित्सा बिधेकको फाईल जब टेबलमा पुग्यो काङ्ग्रेस झन् अतालियो अतालियो मात्र हैन नेपालको ईतिहासमा आफुलाई लोकतन्त्रको ठेक्का र प्रजातान्त्रिक अभ्यासको मसिया ठान्ने काङ्ग्रेस लोकतन्त्र र प्रजातन्त्रकै खिल्ली उडाएर बिश्व चकित पार्यो ।
त्यसमा पनि एकजना कर्मचारी अथवा डाक्टर को लागि संसदीय मर्यादा ख्याल नगरी काङ्ग्रेसले यो हर्षत गर्नु आफ्ना सण्डुमण्डु हरूलाई उचाल्नु जनताको दुईतिहाई जनमत बाट निर्वाचित बर्तमान सरकारलाई आक्षेप लगाउनु अरू केही नभएर काङ्ग्रेसको सत्ता मोह हो भनेर नबुझ्ने जनता बिरलै होलान् । जबजब देश समृद्धि उमुख हुन्छ काङ्ग्रेस लाई तब नित्र बल्ने पुरानै रोग हो किनकि उ यथास्थितिमा नै रमाउन चाहान्छ र कम्युनिस्ट अग्रगामी परिवर्तन र समृद्धि सहितको सुखि नेपाली चाहान्छ । त्यसैले अईले जतिसुकै काङ्ग्रेस ले बाहाना बाजि गरेनि खास भएको यहीँ हो । यतिबेला जनताको बिचमा गलत र हुँदै नभएका हल्ला फिजाएर जनता आफ्नो पक्षमा पार्छु भन्ने काङ्ग्रेसको रणनीति नबुझ्ने सायदै बिरालै भेटिएलान् । त्यसअर्थ काङ्ग्रेसले यतिबेला कहिले कर्मचारी उचाल्ने कहिले मानवअधिकार वाद गुहार्ने त कहिले अन्तर्राष्ट्रियलाई गुहार्ने काम जुन ढंग बाट भएको छ त्यो नै नेपालको लोकतान्त्रिक पदती प्रजातान्त्रिक अभ्यासको लागि खत्रा छ । त्यसमानेमा सचेत र बौद्धिक बर्गले त बुझ्या नै छन् तर अब यो तल्लो तहसम्म पनि बुझाउन ढिला गर्न हुन्न । यो देशमा लोकतन्त्र धरापमा पर्छ भने काङ्ग्रेस कै कारणले पर्छ । प्रजातन्त्र धरापमा पर्छ भने पनि काङ्ग्रेस कै कारणले पर्छ काङ्ग्रेसका ई सब देखाउने दाँत मात्र हुन भित्री चपाउने दाँत अर्कै छन् भनेर नबुझ्ने कोही पनि छैनन् ।
त्यसले काङ्ग्रेसले बर्तमान कम्युनिस्ट सरकार प्रति जुन अधिनायकवादको हबैया फिजाएर समृद्धि नेपाल र सुखि नेपाली भन्ने एजेन्डा ओझेलमा पार्न उसका सुण्डमुण्ड हरूलाई गोटी बनाई राखेको छ ।त्यस्ता सुण्डमुण्ड हरूलाई बेलैमा चिनेर ती सुण्ड मुण्ड हरूलाई प्रतिवाद साथसाथै दण्डित दिन अब ढिला गर्नु हुन्न ।

