बिहिबार, बैशाख ३१, २०८३

मेरो कम्युनिष्टप्रतिको मोह र चिन्तन

रमण पहाडी,
जहाँ अन्याय ,अत्यचार अनि शोषणले दिनानुदिन क्रमिकरुपमा वृद्धि हुँदै चरम उत्सर्गमा पुग्छ , त्यहा क्रान्तिको सुरुवात हुन्छ अनि क्रान्ति र बर्गिय सोचको बिकास लाई हामी सहजै कम्युनिस्ट प्रतीको आकर्षण भन्न पुग्छौ !
साधारणतया : कम्युनिस्ट भन्नाले सर्बहरा , मजदुर , किसान र उत्पीडित बर्गको जनआस्था भएको संगठन हो भन्ने बुझिन्छ ! जहाँ कम्युनिस्टको उदय एबम बाहुल्यता हुन्छ त्यहा विभेद , अन्याय र अत्याचार कल्पना गर्न सकिदैन अर्थात हरेकको सोच, बिचार र भावना क्रान्तिकारी हुन्छ !

यस्ता यस्तै आमूल सोच अनि परिवर्तनकारी बिचार , योजनाले हुनसक्छ मलाई बाल्यकालदेखि नै कम्युनिस्टप्रती निकटता एबम सामिप्यताको गहिराईले नजिकता बनायो ! समय र देशको समसान्दर्भिकताको बिकासले झन झन मायाले लिप्त बनायो ! बर्गिय सोच अनुरुप नै म पनि बिद्रोहि स्वभावको हुनपगे ! रातो अनि तातो रगत भएर हुनसक्छ सामन्ती र शोषक बर्गले मजदुर , किसान निमुखा बर्गलाइ गरेको अन्याय मलाइ सहय हुदैन्थ्यो ! अनि सामान्य समाज भन्दा भिन्न सोच र ब्यबहारिकता मैले दिनप्रतिदिन कार्यनयनमा लगे क्रमशः ! क्रान्तिकारी बिचारको सामिप्यताले होला सायद – मसग निकट मित्रहरु पनि पिछडिएका , दमनमा परेका समाजबाट अपेहेलित एबम बिभेदबाट ग्रसित भएका बर्गिय सोचका थिए ! तर हाम्रो समाजले उपमा दिएको एबम नामाकरण गरिएका दलित एबम गरिब ती मेरा सारथिहरुलाइ समाज हैन मेरै परिवारले तिरस्कार र अपमान गर्थ्यो ! अनि म सोचमग्न हुन्थे उहि मानिस – मानिस बिच यति धेरै खाडलता !
यसैबीच कमरेड हरुसग चिनजान सम्पर्क निरन्तर भैरह्यो !!यहि छुवाछूत , दमन शोषन एबम अत्यचार विरुद्धको व्यबहार कमरेडमा पाउने गर्थे ! त्यही भएर हुन सक्छ कमरेडका बिकासप्रेमी , न्यायप्रेमी स्वाभिमानयुक्त स्वाधिन सोच लगायत हरेक कुरा मन पर्थ्यो ! तर समयको पाबदी र कमरेडका योजना र कार्यन्वयन पक्ष बिचको मतान्तरले गर्दा खै किन हो कुन्नी सन्का लाग्छ कमरेड आजभोलि के तपाईं सच्चा कम्युनिस्ट नै हो ? के नेपालको सन्दर्भमा कम्युनिस्टको परिभाषा परिबर्तन भएको हो कमरेड ? त्यसैले आजभोली तपाईंको ब्याबहारिकता एबम शैलीले हामी बिचको मायामा कतै ह्रास आएको हो कि जस्तो आभास भैरहेको छ कमरेड ? कमरेड , तपाई ले नै भन्नू भएको हैन नेपालको शिक्षा बुर्जुवा भनेको , आफै नै उक्त कुर्सिमा आसिन हुदा खोइ त शिक्षामा आमूल परिवर्तन अर्थात गुणस्तरयिय जनबादी शिक्षा ? पुजीवादी कट्टर बिरोधि हुन कम्युनिस्ट भनेको हैन कमरेड ? निजीकरणको विरुद्ध आन्दोलन गर्नु पर्छ भनेको हैन? कमरेड तपाईंले गरेको क्रान्ति र बिद्रोह पुजीवादीको धन सरकारिकण गर्ने , निजीकरण शिक्षा , स्वास्थलाई सरकारिकरन गर्ने ,छुवाछूत एबम लैङ्िगक जातिय बिभेदलाइ निर्मुल पार्ने ,साथमा शासन ब्यबस्थानै राजसस्था बाट गणतन्त्रमा बिकास गरियो ! तर कमरेड योजना र शैली फरक भैदिए आजकल एशआरामयुक्त जिबनशैली , पुजीवादी व्यवहार , आफन्त र परिवारलाई निजि क्षेत्रमा आबद्ध गराउनु भयो कमरेड ! मात्र शासन फेरियो चेतनामा जनस्तरमा परिवर्तन भएन ! त्यसैले कमरेड खै किन यो मनले अनेक सोच्न पुग्छ कतै तपाई कम्युनिस्ट बाट कम्याउनिस्ट तिर लिप्त त हुदैहुन्न्न ?

अनेक शकाका बाबजुद आशा छ कमरेड कुनै दिन मैले गरेको सन्का प्रती आत्मग्यालिन होस अनि मैले गर्बका साथ भन्न सकौ कमरेड सच्चा कम्युनिस्ट नै हुनुहुदोरैछ अनि म कमरेड कै अनुयायी रैछु !!

@फिक्कल ,सिन्धुली