बिहिबार, बैशाख ०३, २०८३

५ लाख धनराशीको टोकियोमा दोस्रो हिमालय गोल्डकप हुँदै

टोकियो,२५ पुस । ‘फुटबल फर फ्रेनसीप’ भन्ने नाराका साथ आगामी फेब्रुवरी महिनामा दोस्रो हिमालय गोल्डकप फुटसल प्रतियोगिता हुने भएको छ ।

हाइजिमा युथ क्लबको आयोजनामा जापानको टोक्योमा हुने प्रतियोगिता यही फेब्रुवरी ११ तारीखमा सन्चालन गर्ने तयारी छ । प्रतियोगिताका लागि अहिले टीम दर्ता खुला गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिता जनाउन इच्छुक फुटबल क्लबले यही जनवरी ३१ तारीखसम्ममा टीम दर्ता गराउन सक्ने क्लबका अध्यक्ष अखिल तामाङले जानकारी दिएका छन् । टीम दर्ताका लागि शुल्क ४० हजार जापानी येन तोकिएको छ ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख येन नगद पुरस्कारका साथै ट्रफी हात पार्नेछन् भने उपविजेता टोलीका लागि २ लाख येन पुरस्कार तोकिएको छ । प्रतियोगिताका लागि सिमित क्लबलाई मात्र लिन सकिने भएकाले समयमै टीम दर्ता गराइ आफ्नो सहभागिता सुनिश्चित गर्न क्लबका महासचिव मनोज श्रेष्ठले आग्रह गरेका छन् ।