बुधबार, असार २४, २०८३

एनआरएनए जापानको गुन्मा क्षेत्रीय समितिको वार्षिक साधारण सभा सम्पन्न

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको गुन्मा क्षेत्रीय समितिको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार माएबाशीस्थित सभाहलमा आयोजित वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।
कार्यक्रममा गुन्मामा सक्रिय नेपाली संघ–संस्था, बुद्धिजीवी, समाजसेवी, पत्रकार, व्यवसायी, विद्यार्थी तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
एनआरएनए जापानका अध्यक्ष सुवास लामिछानेको प्रमुख आतिथ्यतामा क्षेत्रीय अध्यक्ष रामलाल तामाङको अध्यक्षमा कार्यकम सम्पन्न भएको थियो ।
प्रमुख अतिथि लामिछानेले प्रवासमा रहेका नेपाली समुदायको हितका लागि सबै संघ–संस्थाबीच आपसी एकता, समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै साझा उद्देश्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा समितिको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।
साधारण सभापछि आयोजित खुला अन्तरक्रिया कार्यक्रममा गुन्मामा सक्रिय शेर्पा संघ, नेपाल मगर संघ, तामाङ समाज, किराँत राई यायोक्खा, विभिन्न नेपाली संघ–संस्था, व्यवसायी, पत्रकार, बुद्धिजीवी तथा समाजसेवीहरू बीच समुदायको हित, आपसी समन्वय, सहकार्य तथा आगामी साझा कार्यक्रमहरूका विषयमा विस्तृत छलफल भएको थियो।

यसमा तपाईको प्रतिक्रिया