टोकियो । नेपालमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले हार्दिक श्रद्धाञ्जली तथा सामूहिक समवेदना कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमबारे उक्त कार्यकर्मका सयोजक कामना भण्डारीले जानकारी दिनुभयो।
स्वदेशमा बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता र समवेदना प्रकट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
एनआरएनए एनसीसी जापानको समन्वयमा सेप्टेम्बर ५, २०२६ शनिबार साँझ ४ बजेबाट सोलमारी मुरा हलमा कार्यक्रम आयोजना हुनेछ।
एनआरएनए जापानले जापानमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा विपत्तिमा प्रभावित परिवारप्रति एकता र समवेदना प्रकट गर्न आग्रह गरेको अध्यक्ष सुवास लामिछानेले बनाउनुभयो ।
‘दुःखको यस घडीमा हामी सबै एकसाथ उभिऔँ’ भन्ने सन्देशसहित आयोजना हुने कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ।

