बुधबार, भदौ १७, २०८३

एनआरएनए जापानद्वारा पहिलो किस्तामा १० लाख राहत कोषमा हस्तान्तरण

टोकियो । नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले पहिलो किस्तामा १० लाख रुपैयाँ सहयोग गरेको छ।

एनआरएनए जापानले संकलन गरेको उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो।

बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम हस्तान्तरण गरिएको एनआरएनए जापानका अध्यक्ष सुबास लामिछानेले बताउनुभयो ।
अध्यक्ष लामिछानेका अनुसार संघले जापानबाट नगद सहित जिंसी सामान पनी पठाएको र आगामी दिनमा पनि प्रभावित नागरिकको आवश्यकताअनुसार थप सहयोग र राहत अभियानलाई निरन्तरता दिने जनाएको छ।

यस्तै राहत कोष समितिका संयोजक एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष टिकाराम खरेलले राहत संकलन गर्नु मात्रै ठूलो कुरा होइन, संकलित राहतको पारदर्शी हिसाब सार्वजनिक गर्नु अझ ठूलो जिम्मेवारी रहेको भन्दै आफुहरु सचेतना मुलक रुपमा लागेको बताउदै साथ सहयोग गर्नु हुनेलाई धन्यवाद दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया